[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 281111 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-14-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा चतुरे! मैले त कविता भनेरै लेख्या हो, गीत बनाएर गाए नि हुन्छ, लय चैं तिमीले नै राखिदिनुपरो ल।तिम्रो प्यारोडी गीत पनि राम्रो छ, अझै लेखम् न।

राहुलदाइको चिलीम आज कता गयो नि? :P हरि पनि आउँदै होला चिलीम तान्न। :)
 
Posted on 03-14-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले चिलिम भरे सम्म लाई स्थगीत । प्रौढ शिक्षको ट्याम भो । फर्केर आएर चिलिम तान्नु पर्ला ।
 
Posted on 03-14-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति पढछौ ए ठुल्दाइ, यो उमेराँ तेत्रो बाक्लो चश्मा लाई लाई के पढी भो र भन्या, खुरुक्क ह्याँ छेउमा चिलिम सल्का'र गफ हान्न छोडेर। :P
 
Posted on 03-14-07 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यारी, ठीक भन्यौ । यो उमेर पनि के पढ्या जस्तो लाग्छ, मुला खैरेलाइ बुढो भए नि पढ्ने मान्छे चाँहीयो रे । नेपालाँ धाक्रे, भएको ले लौ न क ख पढ्न कत्ती पो गाह्रो हुन्छ भनेर आइयो । नखप्नु दुख पाइयो । चिलिम को सहारा न भेको भए ? ? ? ? ? ? ? ? ? ? ? ? ? ? ? ? चिलिम फर्किसक्थें होला । धन्न चिलिम छ र म छु ।
 
Posted on 03-14-07 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार साझाका सम्पुर्ण आफन्तहरुलाइ,
राहुल दाजु, प्याला रित्तियो, एक सुर्को चिलिम दिनु न आज सार्है दिमाग खराब भाको छ ।
 
Posted on 03-14-07 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार साझाका सम्पुर्ण आफन्तहरुलाइ,
अरु हराएपनि म चाँही हराउदिन है, बिहान बिहान मोर्निन वाक मा त आउछु नि । अरु बेला तेती फुर्सद हुँदैन । अनि राहुलजी को अनुसन्धान कस्तो हो हाम्ले पनि जान्न पाए हुन्थियो ।
हाम्रो निर्देसक नमे कता बेपत्ता हो, बिजी हो कि । लौ है चौतारी का बुडा हरु कता बेपत्ता, रमाइलो गर्न आउन पर्‍यो । नेप्चे नेप्चि, डाउडर्नि नानि पनि देखिन छाडे।

गाले भाइ, स्वस्तानि सकिएपनि चौतारि त छ नि , किन माया मारेको हो येति साह्रो। नेपाल् मा भएका मित्र हरुले अपडेट गर्दै गर्नु, ल चेलिबेटि बिना चौतारि खल्लो भयो रे ल, आउनु पर्यो।
 
Posted on 03-14-07 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हराएका गाम्लेहरू

हाम्रो प्यारो चौतारीबाट हराए धेरै गाम्ले
भरिभराउ हुन्थ्यो पैले रमाइलो गर्थ्यौं हाम्ले


हो हो कता गए सप्पै जना ? झन ५०औ चौतारी मनाउने बेलामा चौतारी भरी भराउहुनु पर्ने सट्टामा कता लाखा पाख लागे ? ल चित्रे सप्पैको खोजी लगाउ ?
 
Posted on 03-14-07 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे नमे, हे राते, मेरो मन को कुरा गरेकोमा यो बुढो खुशी छ । चेली बिना चौतारी सुक्यो । खडेरी पर्‍यो । अनुशासन नै भएन । बेला बेला मास्टर्नी नानीले हपार्थी । बुढा पाका हरु नि हराए । जाडो त सकिन सकिन लाग्यो ।

राते मेरो अनुसन्धान को बिषय् लाइ औरेजीमा भन्यो भने ओसामा बिन् लादेन ले ह्याक् गर्छ रे। त्यसैले नेपालीमा भन्छु।
"जैबिक आतंकबाद्, जोखिमता न्यूनीकरण अध्ययन" ।

बिबस भाई, चिलिम् त सधैं तयार् छ, मिलेर तानुम्, दाजु भाई।
 
Posted on 03-15-07 5:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त म आज सब भन्दा चाडै मर्निङ वाकमा आको । साच्चै मैले रातेको पोस्ट त देखिन, तर कस्तो अचम्म रातेले मेरो नाम पनि लिनी म टुप्लुक्क आइपुग्नि भको । रातेले सबै कुरा पोखेकेरे, मेरो नि तेइ गुनासो छ।
यसो चौतारी रुग्नी त ठुल्दाइ मात्र भो जस्तो छ। ठुल्दाइको काम त किरा धपाउनि रैछ के रे । ल यसो हाम्रा धान खेतका किरा पनि धपाइ दिनु पर्यो, सधै दुख दिन्छन भन्या गुभो खाएर।
अनि बिवस, हरि, चना,ग्वाचे, डल्ली,ठुली सबैलाइ मेरो ठुलो नमस्ते ।
 
Posted on 03-15-07 6:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !!!

बिहिबारे जदौ !!!
 
Posted on 03-15-07 6:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste :)
हेहेहे मलाइ नि त्यो के जाति चिनि रोग लागेर डाक्टर -सापले बिहान बिहानै ४० मिनत जति हिडडुल् गर मिसनानी भनेकोले मोर्निंग वाक् गरि रा'छु है
 
Posted on 03-15-07 7:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे भगवान


मैले के नै पाप गरे र भगवान
म सँग निष्ठूर छौ ।
मैले के नै अपराध गरे र भगवान
म सँग तर्कन्छौ ।।
यो तिम्रो पूण्यभूमीमा मैले
सानो ठाउ माग्नु नै अपराध हो भने
मलाइ आँशुको सजाय देउ ।।
आँशु ले त मलाइ बगाइसक्यो
न त मार्न नै सक्यो न त
जीउदै राख्यो ,म भाव बिवहल छु
तिम्रो आशु पिएर
फेरि जन्मने आशा छ मन मा ज्योति लिएर
फेरि तिम्रो आकाश हेर्ने मन छ यो धर्ती लाइ टेकेर

अस्तित्वशिल बनाएर जन्माइदेउ भगवान
पहिचान दिएर पठाइदेउ भगवान ।।

यो जन्म त यस्तै रहिगयो
आँशु को कथा हाँसो ले लेखे
अर्को जन्म एक पटक देउ भगवान
आँशु को यो कथा मेरै मुख ले तिमी लाइ सुनाउला।
 
Posted on 03-15-07 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

विहिबारे प्रभातकालीन जदौ!
 
Posted on 03-15-07 7:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!
 
Posted on 03-15-07 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sankanchha biraha chale jasto chha ni ?:) nice ganthan re kya .. sahrai manparyo malai ..kahilekahi bhagvanlai pukarda ni yektamasko aananda aaune :D
ani chitre bhai ke chha timro halkhabar . thuli lai namaste hai
 
Posted on 03-15-07 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मर्निङ वाक मा त थुप्रै गाउँले पो भेटिए । नमस्कार् सबैलाई । विहिबारे प्रभातकालीन जदौ!
 
Posted on 03-15-07 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विहिबारे प्रभातकालीन जदौ!

के छ गाम्लेहरु?
 
Posted on 03-15-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलै भए नि म पनि आएं। तारेमाम्, मन्तयक ला?
मर्निङ् वाक् भन्दै चौतारि बाट् वाक् गर्न भएन भन्ने मेरो गुनासो छैन।

नारयणदाइ गीत् एका बिहानै कुन् चाहि लाहुरेले घन्काए छ, आफ्नो त मुटु नै छोएछ।

झरेको पात झैं भयो उजाड् मेरो जिन्दगि
निभेको दीप झैं भयो उदास् मेरो जिन्दगि
 
Posted on 03-15-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्ता अध्याँरा गीत नगाम न साथी हो, दिउसै रात पर्छ के।
 
Posted on 03-15-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त भन्या रामाइलो अर्न छोडि का'ट फेरी के के न भा'होला अस्तो गित ल्याइदिने के राहुलदा ले पुनि ..उसोत मलाई नारायणगोपाल कुनै कुनै गित असाध्यै मनपर्छ तर दादाले भन्या अस्तो यस्ता अध्याँरागित चै हैन है
हैन दादा हजूरकाँ त रात पर्यो होला नि :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters