[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 180205 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-27-06 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन, दीप ज्योको लेखाइ त्यस्तो छैन। दीप ज्यो त '--' राखेर लेख्नुहुन्छ।

अनि यो गून्टेले नि गीत गाएर हँसायो। :D
 
Posted on 11-27-06 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को त त्यसोभए? जिम्माल् बा नै हो त? चित्रे को जाशूसी नि घच्चि हुन्छ हुनत।
फेरि आस्था नि हराईन्, उता कुम्ले नि गायबै छ खै क्या हो क्या हो?
ए तितौरी अत्ति भो टाउकै दुखिसक्यो अब त, के गर्नी होला?
 
Posted on 11-27-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त यो निश त पून्टे दाई नै जस्तो लाग्छ है, जल्ले जे भने नि
 
Posted on 11-27-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी,
मेरो कुरालाई ठूलीले त समर्थन गरिसकी, हैन त ठूली? :)
तपाईले Dr.Jekyll and Mr.Hyde भन्ने उपन्यास पढ्नुभा' होला, त्यसमा दुइ contrasting characters छन् नि, त्यस्तै यहाँ पनि दुईटा extreme का characters यौटै मान्छे हुन्।

समिधा चैं मास्टर्नी दिदी या शूभ दिदी हैन क्यारे, अरू नै कोही होला। गून्टे नि खै को पर्यो। अब मान्छेहरूले थाहा पाउलान् भनेर झुक्काउने अनेक तरीका निकालिसके, जासूसी गर्न नि गाह्रो हुन थाल्यो। :)
 
Posted on 11-27-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच्! निसे आबु चैं अलि ढुक्क भो है --- गाईहरुले बितायो त झन्नै। चिन्नु आँटी सकेको की दुनियाँले -- भेजा घुमेर पगलाउछ जस्तो भाको नी आम्म्म्माम्मा!

अस्तिन उता कालेबुङ् गा को हो पार्क हुटेलाँ ग्यास् पाउँछ भनोन्त छत्रेले। अन्त योन्जनब्रो लाई सिल्गुढीमा भेट्दा आउन कालेबुङ् आउदा सगै हयाप्स् दिउला भन्थ्यो कि अन्त पुगें नी। आम्बो ग्यास् भनेर छेडेको त रड्डी भो नी --- पेमाको बडीको छोरी र छ कि-- डेड्ली नी -- झन्नै ती च्यान् खनेर गाडे हो।

लु मो चै हिडेको की गान्तोक समीको फुपुको छोरी कुरी बसेको छ कि उता फोदोङ्ग्मा--- निशे सास् फेर्दै बस् है ---
 
Posted on 11-27-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी,
मेरो गेस पून्टे दाई किन होइन भने:-
पून्टेदाई प्राय: घरबाटै लेख्नुहुन्छ, अनि लामो लामो लेख्न भ्याउनुहुन्छ।

जिम्माल बूढा घर अफिस जहाँबाट नि लेख्छन्। अहिले चैं अफिस ट्याम भएकोले अफिसमै होलान्। त्यसैले छोटो लेख्छन्, र कविता चैं हिजो राति लेख्या टाँस्या होलान् नि त। :) मेरो शंका चैं यथावत् छ है।
 
Posted on 11-27-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कन्फ्युजिङ् !कन्फ्युजिङ्! कन्फ्युजिङ्!!

यो दीप को ल्याङ्वेज फेरि कस्तो ३ पल्ट पढ्दा आधा मात्र बुझ्ने उफ्...
सिम् को फुपु को छोरि कुरि बस्या छ रे हाहाहा :D

अनि चित्रे सिम चै शुभ नै हुनु पर्छ पक्का पनि हेर न उता को पोस्ट् हरु , यो निश् चै को हो को हो?
 
Posted on 11-27-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे बाबु तिम्रा शंका उपशंका त्याग
चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग
कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि
बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि
;lol ;P)
 
Posted on 11-27-06 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भए चित्रेले भन्या जस्तै निश चाँही जिम्माल बा नै हुन्, बुढा केही नबुझ्या झैं गरिरा' हुन्छन था पाउलान भनेर


सिम चाँही तितौरिले ठ्याक्कै पार्‍या जस्तो लाग्छ, शुभ नै हुनु पर्छ।
 
Posted on 11-27-06 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि
बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि
:P
 
Posted on 11-27-06 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्टे त यता पो रहेछ ।

 
Posted on 11-27-06 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशे जस्तो हुल्याहा बदमाशलाई नि जिम्माल बाले जस्तो साहित्य मिलाएर कविता लेख्न कसरी आयो? यो सोचनीय विषय हो।:P

समिधा को हो चैं थाहा भएन, शुभ दिदी भने होइन होला।

अब अफिसमा बसेर नि कनि कनि कविता लेख्न चैं भ्याएछन् बूढाले। :D
 
Posted on 11-27-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आङ्ग्नाँ बिस्कुन सरी
फैलार हीन्दीछ निस्ठुरी मोरी
ओछयानाँ उडुस सरी
किचेर मार्लान भन्ने डर छ रे सधै भरी
सिम्स्ले खै के गरी गरी
असान्त छ निसान्त अचेल् भरी
नलुक्नु लुक्यो चोर सरी
चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!
 
Posted on 11-27-06 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि भन्या लुक्नु लुक्यो चोर् सरि
लगाएर मखुन्डो सधै भरि
छ्ड्काउदै छ्म् दिमाग गाम्ले सारा
तर देखाउला जस्तो छ दिउसै तारा। ....... यो निश भेना ले :s
 
Posted on 11-27-06 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!
आँ---च दिप ब्रो पनि!! सिजन खेल्न कालिङ्पोङ् पुग्दो रैछ!! ग्याँसहरु त चिया बगान साइडतिर पो पाइन्च रे त!! (सुनेको हो है मैले, अनुभवी हैन)
अब नहुँदो ठाममा खुट्टा लगाएपछि चिप्लेर लडिंदैन त? लास्टै -याग भ'चन्त सोमलाई त!
 
Posted on 11-27-06 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालव् ग्याँस भनेको के हो? ठुलीले सोध्ली भन्या, ए ठुली तिमि नभएर मैले सोध्नु पर्यो नि।
 
Posted on 11-27-06 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी ग्यास भन्या सिधा रुपमा भन्नुपर्दा साइड दिने केटी हो क्यार (मेरो बुझाइमा)! दीप प्रभो रिसानी माफ है!!!
 
Posted on 11-27-06 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिमुर कति करौचौ लौरो ल'र आम । चटकन खान नपा'का केटकिटिहुर। अब हुदा हुदा त्यो बिचरी शुभ लै पनि नछोड्ने भे । ज भनेनि मलै भन जे गरे नि मलै गर कठे !!च्व ! च्व !!! त्यति ज्ञानी शुभ लै भन्नु भनेछन
 
Posted on 11-27-06 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त साच्चै कत्ति कराउदा रे'चन च्याँउ च्याँउ भगेरा जस्तो चड्कन् खान नपा'का हुर् यिनेरु ,
मिस बाँस् को लौरो ल्याइदिम म ?
 
Posted on 11-27-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्वाँ....क्वाँ...
पुन्ते मामा....

मुलाइ भुकुन्दो चाइयो
म केल्न जान्चु
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters