[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVIII

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 106317 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-11-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।


 
Posted on 07-19-06 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल # ६ ठुलि
हाजिर मिस्

masterni didi thanks for giving me his ID. :D
 
Posted on 07-19-06 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल # ८ चित्रे
हजिर मास्टर्नी दिदी

ठुल्नानी, के छ ? :)
कस्को ID भनेको तिमीले ?
 
Posted on 07-19-06 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मलाई ठिकै छ । अनि तपाईंलाई नि । मैले तपाईं को ID भनेको । मैले तपाईंलाई Add गरिसके को छु । if u want u can add me too.
 
Posted on 07-19-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, मैले नि एड गरे, तर तिमी त अफ लाइन देखिन्छौ नि
 
Posted on 07-19-06 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्रहरु जदौ!
चौतारीमा आत्म-कथा, नियात्रा चलिराख्या रैछ। अब, म पनि मेरो सानो नियात्रा सुनाइहालम्।

चिम्सेको जन्ती जाँदा - १

चिम्से। यो संसारमा चित्त बुझ्दो नाम कसैको थियो भने त्यो थियो चिम्से। मैले उसलाई पहिलोचोटि देख्दा उसलाई त्यो नाम दिने मान्छेलाई मनमनै खुब तारिफ गरें। उसको बास्तविक नाम रामबहादुर हो कि कृष्णबहादुर हो, के थियो मलाई हेक्का भएन र अहिलेसम्म थाहा पनि छैन। घर वरिपरि सबैले उसलाई चिम्से भन्छन्, स्वयं उसको भाइले पनि चिम्से भनेर बोलाउँछ क्यारे। चिम्से एकदम लम्बु थियो, आकासै छुने खालको, बाँसको घना जस्तो। के गर्नु, कसैलाई त उचाइ बढाउन पनि हर्लिक्स् सर्लिक्स् खानै नपर्ने। मैले पनि अग्लो हुने ध्येयले कहिल्यै हर्लिक्स, क्यालसियम केही खाइन (बास्तबिक कुरा भन्नुपर्दा - खुवाइएन), तर पनि चिम्सेको उचाइ सम्झिंदा एक किसिमको डाह लागेर आउँछ। र, छाला चाहिं महिना बिराई नुहाउँदा पनि गहुँ गोरो। हुन त, पासपोर्ट बनाउँन जाँदा जिल्ला प्रशासन कार्यालयमा थाहा पाइयो, अनुहार जस्तै भए पनि पासपोर्ट अनुसार नेपालीहरुको रंग "गहुँ गोरो" नै हुँदो रहेछ, तर चिम्से चाहिं साँच्चिकै गहुँगोरो नै थियो है, कालिकामाईले सकुन्! उसको सबभन्दा ठुलो विशेषता चाहिं, नामबाटै सहज अनुमान लगाउनुभयो होला, चिम्सो परेका उसका आँखा नै हुन। त्यत्रो मान्छे भएर पनि आँखा साना थिए। उसको आँखा साँच्चै सानो हो या उसको हेराइ नै त्यस्तो भएर हो, उसको आँखा अलिक सानै देख्ने चाहिं ममात्रै भने अवस्य थिइन। टन्टलापुर घाम लागेको बेलामा अँध्यारो कोठाबाट एक्कासि बाहिर निस्कँदा तपाईंको आँखा कस्तो हुन्छ? चिम्सेको हेराइ त्यस्तै हुन्थ्यो, आफैं अनुमान लगाउनुहोस्। हुन त ऊ मभन्दा २-३ वर्ष जेठो हो क्यारे तर मभन्दा २-३ कक्षा कममा पढ्थ्यो। ८ वर्षमा स्कूल भर्ना, अनि वर्ष बिराई कक्षा उक्लियो, त्यही त होला नि चाल। खैर! शरीर-बनोट, उमेर र पढाइको कुरा परै राखौं क्यारे!

म नौ कक्षाको अन्तीम परीक्षा सकेर ५ हप्ताको बिदा मनाउन गाउँमा फर्किएको थिएँ। सधैंको बिदामा काठमान्डौंतिर पढ्न गएका अरु ३ जना साथीहरु पनि फर्किएका हुन्थे। ५ हप्ता बिताउन खासै केही मुस्किल हुँदैन थियो। जाडो याम भएपनि बुढीगण्डकीतिर पौडी खेल्न गइन्थ्यो र बगरको कुनै झाडीको छेल परेर कलब्रेक, म्यारिज खेलिन्थ्यो। यसचोटि ३ जनै डाँकाहरु के-के पर्यो भनेर नआएकोले मलाई दिन काट्न हम्मेसी परेको थियो।

माघको महिना, बिहे र ब्रतबन्धको लहर चलेको थियो। तर खै, जन्ती जाने खालका बिहे चाहिं एउटा पनि नपरेका। त्यस्तैमा हल्ला आयो, चिम्सेको बिहे छ रे। हामी त्यस्तो मिल्ने साथी पनि थिएनौं, टोल पनि अलि टाढा‍-टाढा नै पर्ने, र मूख्य कुरा त हामी फरक जातिका थियौं; निम्तो आउने त कुरै थिएन। मेरो लागि चिम्सेको बिहे र अरु कोहीको बिहेमा खास फरक थिएन। तर उसले लेकतिर बिहे गर्न लागेको भन्ने सुनेर चाहिं "किन त्यति टाढा बिहे गर्या होला?" जस्तो लागेको थियो। गाउँको नाम "थुमी" - दुर्गम क्षेत्र नै हो। मेरो नातेदार (जसलाई म ठुलाबा भन्ने गर्छु) ले पनि कुनै बेला त्यहीं पढाउनु हुन्थ्यो, त्यसैले त्यो नाम सम्झिरहेको थिएँ।

चिम्सेको बिहेको दिनमा म र मेरो साथी राजु घर नजीकैको खोलामा त्यसै बरालिंदै हिंड्दै थियौं। चिम्सेको टोलतिरबाट बाजाको आवाज सुनेर सजिलै अनुमान गर्न सकिन्थ्यो - चिम्सेलाई अन्माएछन्। बाजा भन्दा पनि क्यासेट प्लेयर बजेको हो, बाजा-गाजा सहितका बिहे त देखिन छोडिइसकेका थिए।
"चिम्सेलाई किन त्यति टाढा दिएछन्?" मैले आफ्नो कौतुहलता राजुमा पोखें।
राजुलाई पो के थाहा र, "खै! खोज्दै जाँदा पर्यो होला नि। उसको मामाघर-सामाघर कतै न कतैतिरबाट साइनो लाग्छ होला नि थुमीमा" अनुमानको भरमा जबाफ आयो।
"तँ थुमी गा'छस्?" मैले अर्को प्रश्न बजारें।
"त्यस्तो लेक ठाउँमा कैले जाने नि? के सोध्दो हो यो!"
"हैन, तेरो मामाघर पनि त्यतै हो नि"
"हैन टाढा पर्छ" राजुको जबाफ आयो। मैले पनि पछि थाहा पाएँ राजुको मामाघर र चिम्सेको हुनेवाला ससुराली मैले कल्पना गरेभन्दा निकै टाढा पर्दो रहेछ।
"तर थुमीतिर एक पल्ट जान चाहिं पर्ने हो। लेकतिर जाने मौका सितिमिति मिल्दैन।" उसले आफूमा रहेको यात्री-भावना पोखिटोपल्यो।
"चिम्सेको जन्ती जाने हो त?" मैले ठट्टैमा सोधें।
"जाने भए जाऊँ, के कुरा भयो र? नआइज भन्न सक्दैनन् क्यारे तिनीहरुले!" उसले पनि हाँस्दै उत्तर दियो।
"साँच्ची नै कि?" मैले पनि सजिलै जबाफ फर्काइदिएँ। बोलीले पनि के गरीब हुनु जस्तो लाग्यो।
"ल हिंड् त!" राजु पनि के कम!
यस्तै भनाभन २-४ पटक दोहोर्याएपछि हामी दुवैजनामा बिस्तार बिस्तार एक किसिमको रोमाञ्चकता बढ्दै आयो। ख्याल-ख्यालमा शुरु भएको हाम्रो गफ अन्तत साँच्चिकै जन्त जाने निर्णयमा टुंगियो। गाउँको पल्लो पट्टिको खोला तरेपछि आउने राङ्दीको चौतारोमा जन्तीसँग मिस्सिने योजना बनाएर घरतिर हुइँकियौं। क्यासेट प्लेयरको बाजाबाट थाहा हुन्थ्यो, जन्ती अँझै १५-२० मिनेट नभई हाम्रो टोलमा आउँदैन। यद्यपि, हाम्रो घरतिर मान्छेहरु दुलाहा भएको चिम्सेलाई हेर्न आतुर थिए। के लोग्ने के आईमाई, के केटाकेटी के बुढा-बुढी आ-आफ्ना तगारो र पर्खालमा बसेर ब्यग्रतका साथ उतैतिर मुख लगाउँदै थिए। "उतैतिर" अर्थात् जन्ती भएतिर।

क्रमश:
 
Posted on 07-19-06 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिम्सेको जन्ती जाँदा - २

घरमा हजुरआमा मात्रै हुनुहुँदो रहेछ। मैले म र राजु चिम्सेको जन्तीसँगै थुमी गएर आउने कुरा बताएँ। वहाँले मलाई यसो हेर्नु भयो र खिसिक्क हाँसेर भन्नु भयो "जा न त"।
हाम्रो घर नजीकैकी ठुल्दिदी पनि नजिकै रहिछिन्, ठुल्ठुलो स्वरमा भनिन् - "तँ र राजु चिम्सेको जन्ती जान लाग्या हो?"
मैले केही उत्तर दिन दिइन, एक किसिमको पक्डिएको चोर झैं चुप लागेर बसें। ठुल्दिदीको स्वर चर्को, निकै टाढासम्म सुनिने। त्यसमाथि पनि साना-साना कुरालाई बढाइ-चढाइ गरेर बोल्ने बानी छ - मलाई उनको उत्तर दिन सान्दर्भक पनि लागेन। हजुरआमाले मेरो तर्फबाट वकालत गरेझैं गरी भनिदिनुभयो - "के भयो त? जान्छन्। नयाँ ठाउँ देख्छन्। बाटोमा आफ्ना मामाघर पस्छन्। यहाँ घरमै बसेर पो के गर्छन् र यी केटाहरुले?" मेरो मन हलुँगो भयो।
म मेरो कोठामा गएँ र कपडा फेरेर ५ मिनेटमा नै तयार भएँ। लेकमा जानु छ भनेर टाटेपाङ्ग्रे रंगको बाक्लो स्वीटर पनि भिरें। एकछिन पछि गल्लीबाट ठुल्दिदीको आवाज मेरो घरसम्मै टड्कारै सुनिने गरी आयो "राजु र गालब सार्कीको जन्त जान लाग्याछन्"।
उनले त्यो प्रसंग निकालेर ठुलै गफ ल्याउने बिचार गरेकी थिइन् क्यारे, तर भीडको हल्लाको बिचमा उनको स्वर त्यसै बिलायो। उनी आफैं पनि दुलाहा हेर्न उत्सुक थिइन्। बिचमा भट्ट बुढाले "सँगै पढेको साथीको बिहे, निम्ता आयो होला, जान्छन् नि! जातले के गर्छ र?" भनिदिएपछि एक किसिमको राहत त आयो नै, तर बिना निम्तो नै कसरी जन्तीसँग मिस्सिने भन्ने पीरले चाहिं पोल्न थाल्यो। एकछिनमा राजु पनि आइपुग्यो। मुर्दारलाई के-के सुर चढेछ, सेतो टिसर्टमाथि बाउको कोट भिरेर आएछ। कोट देखेर म हाँस्न लागें। मेरो "थाहा पाएभने बाउले मार्लान् नि!" भन्ने आशय बुझेर उसले पनि खिस्स ३२ दन्त देखायो।

अन्तत, जन्ती आयो। हाम्रो गाउँलाई छिचोलने तीनवटा समानान्तर बाटाहरु छन् - माथिल्लो बाटो, माझको बाटो, र तल्लो बाटो। घरहरु माझको बाटो आसपासमा अवस्थित भएकोले जन्ती त्यही बाटो गयो। गल्लीतिर सबै छाता ओढेको चिम्से हेर्दै आ-आफ्ना प्रतिकृया दिंदै थिए। हामी सबैका आँखा छल्दै माथिल्लो बाटो लाग्यौं। राङ्दीको चौतारीमा हामीले जन्तीलाई निकै कुर्न पर्यो। हाम्रो घरबाट राड्दीको चौतारोसम्म भनेको २० मिनेटको बाटो हो। तर जन्तीको सारमा ४०-४५ मिनेट त लागिहाल्छ। त्यसमाथि पनि बिचमा खोला पर्ने हुनाले ५-१० मिनेट त्यतै खर्च हुन्छ। प्रतीक्षाको घडी लामो हुन्छ भन्छन्, हामीलाई पनि जन्तीलाई खोलापारि नदेखेउञ्जेल त्यस्तै महसुस भइरह्यो। जन्तीहरुमा चौतारीमा सबभन्दा पहिले आइपुग्ने चाहिं शिरेदाइ थिए। हामीलाई देख्नेबित्तिकै सोधे - "कता हिंड्या बाबुहरु?"
राजुले एकचोटि मुसुक्क हाँस्यो र भन्यो - "तपाईंहरुसँगै जन्त"।
भतिजको बिहेमा २-४ गिलास तीनपाने चढाएर यसो अलिअलि रम्नु भनेको त डिफल्ट अबस्था नै भैहाल्यो। उनी मान्छे पनि अलि रसिक नै हुन्, त्यस्तै उत्तर दिए - "ल ठीक छ। यसचोटि हाम्रो चिम्सेको ससुरालीतिरै तपाईंहरुललाई पनि एक-एक ओटा खोजिदिउँला"।
राजु हाँस्न थाल्यो, मलाई चाहिं अलि लाज लाग्यो, मुन्टो हल्लाएँ मात्र।
त्यो चौतारीमा धेरैबेर अलमल भएन। जन्ती हिंड्न थाल्यो। मलाई चाहिं अँझै पनि राजुले लगाएको कोट देखेर हाँसो लाग्दैथियो। देख्दैमा असहज, बाउको कोट भन्ने त्यसै थाहा हुने। तर त्यतिबेला के थाहा, त्यही कोट नै हाम्रो लागि त्यो रात बरदान साबित हुन्छ भनेर?

क्रमश:
 
Posted on 07-19-06 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे म अहिले काम म छु । काम बाट ओन लिएन आउन मिल्दिन । राती आउछु हुन्छ ।
 
Posted on 07-19-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालबको कथा राम्रो होला जस्तो छ, तर काममा छु, घर गएर पढौला

ठुल्नानि, म नि काममै हो, ल पछि कुरा गरौला :)

गाम्लेहरुलाई नमस्ते है!
 
Posted on 07-19-06 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब, कथा राम्रो गइरहेको छ। कृपया बाँकी अंश पनि छिट्टै लेख्नु होला।

धन्यबाद
 
Posted on 07-19-06 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ चित्रे

:D
 
Posted on 07-19-06 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालबको कथा एकै सास् म पढि सिध्याएँ, सारै राम्रो छ, म पनि एउटा गाउँ मा बिहे खान गएको कुरो याद् आयो, जन्ति नै गएको, कहिले गाउँको बिहे देखेको थिइन मैले अनि एउटा साथिको बिहेमा जन्ति नै गएको , हिँडेर त्यत्रो टाढा जन्ति गएको देखेर अचम्म परेको थिएँ म, सारै रमाइलो भएको थियो त्यो दिन, एउटा नौलो अनुभव पनि। मौका मिलेमा लेख्नु पर्ला म पनि।
अरु चाडैँ लेख्नुस् न है।
 
Posted on 07-19-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब तपाईं को कथा धरै राम्रो लाग्यो। सानानी ले भने जस्तै मैले नि गाउँको जन्ती देखेको थिन । पदा रमाएलो लाग्यो । गालब् येधि तपै नि गाउ मा बिहे गेर्ने भय मलाइ जन्ति मा बोलौनुस् है। :P
 
Posted on 07-19-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँखा बटारिइसकेर पनि यो गालेको कथा नपढी सुत्न सकिन। साह्रै राम्रो छ । चाँड्-चाँडै पस्किम् है प्रभो!
अनि एक ठाऊँमा यो "भतिजको बिहेमा २-४ गिलास तीनपाने चढाएर यसो अलिअलि रम्नु भनेको त डिफल्ट अबस्था नै भैहाल्यो।" मा यो डिफल्ट शब्दको प्रयोग देखेर रमाइलो लाग्यो, प्राविधिक मान्छेको प्रस्तुति जो प-यो!
********************


अनि क्या नाम चौतारीका पात्तेका बूढा उर्फ पुण्टे दादा कता गएछन् अचेल! अस्ति हुँदी दुनियाँ भेला पारेर के के जाति चटक देखार खुब पैसो हात पारे रे! त्यै पैसा धोबिनीकाँ तह लगाएर बस्या होलान्!
 
Posted on 07-19-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि पढे राम्रो लाग्यो:)
तर गालब जी ------

"चिम्सेलाई किन त्यति टाढा दिएछन्?"
"चिम्सेलाई अन्माएछन्। "

----यो चिम्से भन्ने केटाकि केटी?
:D
 
Posted on 07-19-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाठकबर्ग सबैलाई धन्यवाद!

चित्रे -- कमेन्टको आशमा छु।

कुम्ले -- बाँकी अंशको पाण्डुलीपि अहिले केरकार गर्दैछु। त्रितीय अंश भोलितिर तयार हुन्छ होला, त्यहीबेला राखौंला।

पृति सान्नानी -- एकै शासमा पढ्दिया? बाफ्रे! ज्यानमा अक्सिजन नपुग्ला होला है! :) तपाईंको पनि अनुभवहरु पढ्ने आशमा छु।

ठुल्नानी -- म पनि त्यति धेरै जन्त गएको छैन। सानैदेखि बाहिर भएकोले धेरै मौकाहरु गुमाइयो। तर, जे जति जन्त गइयो ती सबै अविस्मरणीय छन्। ल ल, गाउँमा बिहे गरियो भने जन्त लगौंला। आफू चिम्सेको बिहेमा निम्तोबिना त गइयो, तपाईंलाई त अग्रिम निमन्त्रणा छ।

बरु जन्त जाँदा हिंडेको नक्शा पनि हेर्नुहोस्।

 
Posted on 07-19-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेजी -- नीदलाई तिलाञ्जली दिएर कथा पढिदिएकोमा धन्यवाद। त्यो शब्दको सट्टामा अरु राखौं भनेर खुब सोचें तर मनले मानेन।

मिस -- चिम्से केटो हो। तर हाम्रोतिर दुलाहालाई पनि दुलहीलाई पनि "अन्माउने" भन्ने प्रयोग गर्छन्। अनि "चिम्सेलाई कता दिएछन्?" जस्तो केटालाई पनि "दिने" भन्ने गरेको सुनेको जस्तो लाग्छ। सट्टामा "चिम्सेले कता बिहे गरेछ?" भनेको भए अलि प्रष्ट हुन्थ्यो होला। पढाइ र कमेन्टको लागि हार्दिक आभार।
 
Posted on 07-19-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब धन्यवाद अगृम निम्तो को लागि । राजु ले उस्को बुवा को कोट लगयो म चै मेरी आमा को सारी लगौला । अनि नक्स नि राम्रो लाग्यो । सोच्दै छु हिल जुत्ता लगएर कसरी हिंड्ने होला भनि। :P
 
Posted on 07-19-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुनुपनि जिन्दगी हो हासि हासी रोइदिन्छु
हास्नु पनि जिन्दगी हो रुदा रुदै हासि दिन्छु
कोलाहलले भरिएको शुन्यताको सफर् भरि
रमाउनु छ र् त झनै रमाएरै बाचिदिन्छु


kavita lekhna manlayo malai ta
 
Posted on 07-19-06 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i really like that one, simple n sweet. great.
 
Posted on 07-19-06 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी धरै मित्तो कबिता लेख्नु भो ।
मन्सन (मसिने) तपाईं लाई स्वागत छ यो चौतारी मा ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters