[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी १५६ - Summer Special

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 224354 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 08-17-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५६ *~

Summer Special

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

Running since 7 Sept 2005 in a total of 156 editions.

Last edited: 18-Aug-09 09:40 AM

 
Posted on 08-24-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ राजु मास्टर पुरे अनी हर्के दाई


निकै हल्ला खल्ला पो गरिराको रहेछ त


ठुल्दाइ लाई बिदा चाहियो रे सुन ए गाउले हरु


कही नभा जात्रा हाँडिगाउँमा भन्या जस्तै


जो मान्छे चिया एक कप बनाउन भाउजु लाई किचकिच गर्छ अहिले आएर पत्नी सेवा रे


घर मा भाको सिन्का यता बाट उता सर्न त भाउजु नभै हुन्न


रिल्याक्स गरेर सेवा गर्ने रे - अब ठुल्दाइ आँफै रिल्याक्स गरेर भउजु बाट सेवा लिए मात्रै हो -


बिहान बिहान देखी जोक गर्ने ठुल्दाइ


अरुलाई थाहा छैन भन्दै मा गफ दिने - थाहा भाको मान्छे नि छ यहाँ चौतारी मा भनेर बुझ्नु पर्‍यो


अब एही कुरा थाहा भाको मान्छे ले भाउजु को कान सम्म पुर्‍याइदियो भने भरे ठुल्दाइ को के हालत होला > सोचनीय कुरा छ


 
Posted on 08-24-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के हन्तकाली अनी लहरे बौचा ।



आयो फेरी थाहा भाको मान्छे , कार्तिक मा झ्याइ गर्नु अनी थाहा हुन्छ ।


 पत्नी सेवाही परमो धर्म।


सिन्का जस्तो हल्का चिज पनि यताबाट उता सार्नु पर्छ र लहरे ? हावाको के काम?


सेवा गर्नु भनेको काम हैन भाव हो औरेजिमा फिलिङ हो। माया हो लोप हो।


खै कुरा बुझेको ?? 
 


 
Posted on 08-24-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि त्यही नै भनेको हो ठुल्दाइ -


माया भनेको फीलिङ हो ठुल्दाइ को लागि भनेर


त्यही भएर बिहान उठ्ने बित्तिकै चिया देखी लिएर राती सुत्नु भन्दा अगाडि को खाना समेत


भाउजुले तयार गरिदिन्छ - ठुल्दाइ त फीलिङ मात्र देखाउनु हुन्छ नि हैन र - कसरी भन्दा एसरी


चिया खान मन लाग्यो


भात पाकेन


तरकारी के आज -


अझै सम्म भाँडा माझ्न सकेको छैन -


भाँडा माझ्न सकेन भने भोली माझ - मलाई डिस्टर्ब भो - सुत्नै सकिन


आदी इत्यादी 

Last edited: 24-Aug-09 10:06 AM

 
Posted on 08-24-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरेमाम हर्क दाई र लहरे दाईलाई।
ठुल्दाई कतै गम्ले ले जोइटिङरे भन्लाई है।
तर जे होस् म चै भन्दिन।

 
Posted on 08-24-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


सोमबारे ऋषिपञ्चमीमय जदौ ।


बौचा ले हसाउछ , यदी कुरा सत्य हो भने ठुल्दाइ अङ्रेजी मा भने झै - यू आर वेरी लक्की , अरु लाई के थाहा ठुल्दाइ बिहे पछी के हुन्छ ताल भनेर , मखुला ठुल्दाइ ?


ठुल्दाइ ले पत्नी सेवा नै परम सेवा भन्न मा नि राज छ , भाउजु ले थाहा पाउनु भयो भने मलामी कता जाने सोच्नु पर्ने हुन्छ , कसो ??


हर्के ब्रो ले भन्या झै आफु नि बुद्ध प्रेमी , जे भने नि एस डियर ।  


पुरे पाट बौचा राजु माड्साप समय मै झ्याइ गर्नु है फेरी , बुढी ले बुढेस्काल मा च्याइ च्याइ गरे सि थाहा होला , मखुला ठुल्दाइ


 
Posted on 08-24-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै माहारथीहरुलाई यो सोझो रिट्ठे को नमस्ते !


बैरे, राजु, पुरे, लहरे, ठुल्दाइ र हर्केलाई सोमबारिय जदौ !


हर्के को त अब धेरै दिन छैन होला स्वदेश यात्रा को लागि ! ल ल मोज गर, भोज गर सकेसम्म रोज गर !


ठुल्दाइ, तारेमाम हिजो बुलावा पछाडि फर्काउन सकिन अब मिलाएर फर्काउला है दाई?


अनी सबैको विकेन्ड कस्तो भयो रे? 


 
Posted on 08-24-09 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम, हर्के दाई, लहरे, बैरे

हैन यो चौतारीमा यो लहरेको (कार्तिक १५ गतेको) ब्याको कुरो चलेदेखीन् ब्यामय भएछ खै किन हो? याँ कामले र्याइँ-र्याइँ पारिरा बेला, झ्याइ-झ्याइको मात्र कुरो गर्छन् बाSSSSSSS

 
Posted on 08-24-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम रिट्ठे काइला ।


राती राती भट्टि जाने बानी बसे जस्तो छ रिट्ठे लाई। अस्ती दिउसै घरेलु जुस पिएको देखे सि शंका झन गाढा भो।


 
Posted on 08-24-09 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बनको बाघले नखाए नि मनको बाघले खाला
रोजी खोजी हिंड्यौ भने ज्योवन खेर जाला
अनि रुनु पर्ला कुना पसेर
बुढो पोइको जुम्रा हेर्न बसेर


सोमबारे जदौ सबै गाम्लेहरुलाई।
बाउचालाई बिहेको बधाई छ। बिहेमा जानेहरुले monkey-proof लुगा लगाउन नभुल्नु होला, नत्र चिथर्लान् बाँदरहरुले।
रिट्ठे, १५६ नम्बर को चौतारी बनाएछौ, राम्रो लाग्यो है फोटाहरु। समुद्री किनार देखी फेवाताल सबै समेटेछौ। चित्त नबुझेको कुरो चाँही त्यो आईसक्रीमको है। यस्तो गर्मिमा त चिसो बियर खान पो मजा त, कसो?
क्रेजी परमात्मालाई पनि नमस्कार।
पूरे मार्साब, बाउचाको बिहेको निम्तो त टाँस्यौ, आफ्नो निम्तो चाँही कहिले दिने हो?
ठुल्दाइ, अनि छुट्टी दियो त तपाईंको साहूले?
राजु १६१, नयाँ अनुहार देखिएछ, स्वागतम् ।
बैरे के छ? झर्ने होइन हाम्रो तिर?
अनि हर्के फेरि नेपाल जान लागेको? भाग्यमानी बर्षै पिच्छे जान पाउँदो रहेछ। नजाओस् पनि किन, सँधै यातायात बन्द अनि खेती त रिक्सा चलाउनेकै हुने भयो। अनि कहिले जान लागेको, कति बस्न लागेको? मौका परे त्यतै भेट्नु पर्‍यो है।
                    


 
Posted on 08-24-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<मौका परे त्यतै भेट्नु पर्‍यो है। >>>

भनेछी चिप्ले पनि नेपाल सवारी हुन ला?

हैन अनी कता हराको यार तिमी? सब कुसलम्-मंगलम् त छ नि?

<<<पूरे मार्साब, बाउचाको बिहेको निम्तो त टाँस्यौ, आफ्नो निम्तो चाँही कहिले दिने हो?>>>
मेरा निम्तो त पख न, अलिक् बेला जो भा छैन, बेला भएछी त घर घर मै आएर कार्ड बाधुम्ला नि, के नै ठुलो कुरो भो र, कि कस्सो?

ल प्रणाम स्विकारम् केरे

 
Posted on 08-24-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ,


भट्टि नगको त एक युग भईसक्यो ठुल्दाइ ! अस्ती तेइ ठुल्दाइ कबिता भन्न आको दिन मात्र हो नि !


ओहो चिप्ले माट्साप'


धेरै पछी दर्शन पाइयो नि, गाथमा आरामै छ? चौतारी को फोटो मा चिसो बियर पनि राखेको हो तर खै त्यो बैरे ले सबै सक्कायो बियर चाँही ! तेइ भएर आईस क्रीम, बरफ र लस्सी मात्र छ ! त्यो पनि महिला साथी हरु न आएर बाँकी रहेको हो, नत्र उहिले सक्किन्थ्यो !


अनी नयाँ नौलो के छ त सर?


भने पछी नेपाल जाने भईयो? अनी १६ बर्शे बर्षा गाँठ को लागि बधाई छ है ! नेपाल बाट आउँदा को फ्लाईट नम्बर समेत् अझै याद छ है? हैन कती गिग को र्याम छ दिमाग मा? 


 
Posted on 08-24-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहो रिट्थे दाई साह्रै ढिलो गर्नु भयो आज चै, दर्शन।
सायद् ठुल् दाईले भनेको झै सोमरस म त मस्त त होइन हजुर। चिप्ले ढुङ्गा दाई, तपाईं लाई पनि धन्यवाद स्वागत को लागि।

 
Posted on 08-24-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूरे मार्साब, छन त यतै छु काम चोर्ने अवसर नपाएको मात्रै हो। 
रिट्ठे सर, नौलो त केही छैन। फोन नहानेको धेरै भएछ सरसँग पनि। हिंजो धेरै पछी ठुल्दाइसँग कुरा भएको थियो।
राजु १६१ पनि बाउचाको अर्को मकुन्डो पर्‍यो कि के हो?????    
 
Posted on 08-24-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी दोष लगायो -


चिप्ले मार्ट्साब एसरी दोष लगाउन भएन है भन्द्याछु


अनी पुरे को बिहा चाँही कुकुर तिहार मै पर्या छ


बिहान पूजा गर्ने रे अनी राती बिहा गर्ने रे पुरे को पुरी सँग


 
Posted on 08-24-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजु बनगया जेन्टल्म्यान, म त अघिनै आको नि भाई, तिमी पो बेपत्ता थियौ नि, मैले 'राजु भाई खोइ?' भनेर पुरै गाउ नै  थर्किने गरी चिच्याइसके ! अनी तिम्रो के छ नयाँ? तिमीले भने जस्तो आज त सोमबार सोम रस मै मस्त हुने दिन ! शिव नि खुशी हुन्थे क्यारे ! तर यो काम भन्ने जिनिस ले सबै बिगार्छ के !


अनी चिप्ले सर, हन कस्तो खाल्को फोन हो त्यो जती हाने नि नबिग्रिने? हाम्लाई नि भन्नु पर्‍यो हामी नि त्यस्तै फोन किन्छम ! कुरो नि एउटा !


पुरे के छ तिम्रो आजको मेनु?


पुरुशोत्तम भोजनालय


यहाँ ताजा खसीको मासु र भातको राम्रो प्रबन्ध छ !


प्रती प्लेट रु. २५|-
प्रती पेट रु. ५५|-


पुनस्च: माथिको मुल्यमा बैरे र हर्के लाई प्रती पेटको दर लागु हुने छैन !

Last edited: 24-Aug-09 01:29 PM

 
Posted on 08-24-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले सर,



आज बल्ल काम चोराइ को अबसर प्राप्त गर्नु भए जस्तो छ । बधाई छ ।


धेरै दिन पछी काम चोर्दा अली अप्ठेरो महसुस भएन र सर ?


बिहे को कुरा ले पुरे र लहरे को खुट्टा भुइमा नि छैन आकाश मा नि छैन ।


बल्ल सुध्रिने भए चौतारीका दुई औतारी ।


 
Posted on 08-24-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोर्न पाएको होइन ठुल्दाइ, अरुले चोर्ने समयमा आफूले चियो गरेको मात्रै हो।
 
Posted on 08-24-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aajako dosro jadau hai sappailaai........
 
Posted on 08-24-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुरे के छ तिम्रो आजको मेनु?>>>


रिट्ठे सान, आज त मेरो मेनुमा, दाल भात अनी इस्कुस छ, खाँदै छु! अरुले हुसुरी सक्या होलान केरे भन्ने मान्या छु

 
Posted on 08-24-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्कूल जाने कान्छा को स्कूस तरकारी ?


खास हुनु पर्ने चाँही पुरी एन्ड तरकारी ।


मखुला ??


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters