[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 237673 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 09-29-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी! राम्ररी जाउ है!

घरमा सबैलाई नमस्ते सुनाइदिनु!

शुभयात्रा!

त्यो मैले भनेको कुरो नबिर्सिनु नि! Hand Carryमा बोकेर ल्याउनु Luggageको केहि भर हुन्न, हरिनको सेकुवा देखे भने "बेलुकालाई हुन्छ" भनेर राख्छन् ति कस्टमका मान्छेहरुले।
 
Posted on 09-29-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, ल शुभयात्रा र शुभकामना है!

अब नेपाल जान नपा'सी हाम्रो त दशैं भन्या पनि तेस्तै हो! बरु हाम्रो भाग पनि मनाइदिनु सान्नानीले!
 
Posted on 09-29-06 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिति शुभयात्रा !!!..मैले भनेको कुरो जसरी नि ल्याइदिनु नि फेरि ..ह्या दर्जनै आश अरेर बस्याचन:)

गौतमजी मजाक गर्यानि ..साच्चि भउते देवर काँ'हरौनुभे'च कुन्नि ??!!:D

कुम्ले त्यसरी नतर्साउ है भन्द्या'छु ..फेरि तातो डाडुले...भूतको कथापढेको छ?:)
 
Posted on 09-29-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि,

राम्ररि जाउ ,दशै तिहार् मनाउ मिल्यो ,भने चौतरी मा आउदै गर :D
HAVE A SAFE & WONDERFUL TRIP!!!

चौतरी मा सबैलाइ नमस्ते & Happy Ful-paati :D
 
Posted on 09-29-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी सन्चै छौ?

(आज फुलपातीको मेला घुम्न जान्छिन् कि भनेर सोध्न खोजेको, कसरी सोध्ने होला?) :डि

मिसले के भन्या त्यस्तो डाडुको कुरो? मैले बुझिन नि। कस्तो कथा हो नि त्यो, सुनौँ न बरु।

गोताएँ जी! हे हे हे! ठ्याक्कै मिलाउनु भयो! साँचिकै केटाकेटीहरुको रुवाबासी चल्छ भन्या! के गर्ने होला।

मिस यसो क्रिम स्रिम पाउँदैन अलि हेर्न लायक अनुहार बनाउन?
 
Posted on 09-29-06 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले पख म सिकाइदिन्छु,
बिहान् बिहान् laundry ब्लिच् ले मुख् धुने है अनि डाबर् लाल् दन्त मन्जन् ले दातमाझ्ने गरन, :P
बिचारि ठुल्नानि डराएर् कस्तो सातो गा'थ्यो त्यो दिन्।
 
Posted on 09-29-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किरिम सिरिम दलेर मुन्छे त भईन्च के रे, कुम्ले, तर फेरि पिरेमले सुमसुम्याउन चईं लोउने मुन्छे मत्र आईपर्चन्! मन छ? :p

लौ त नि, पिरती बुईनी, राँरी गएस्, तिहार नि उतै मनाउनी होली के रे, यता परदेसि दाईको खल्तिको एउटा प्वाल टालिने भो!

यो गालउ र ग्वाँचेको जमघट सम्झेर आरिस लाओ त नि! फोटु पनि टाँस्दे त हुरुक्कै भ’र मुटु चुडिन्थ्यो होला त नि!

लु त नि, मास्टर्नी नानी, गोताएँ, तितौरी बुईनी, बाँकी सबैलाई फुलपातीको शुभकामना! तो फुलपातीको बढाईंको नामाँ तै दैत्य शाहको बढाईं त अर्नि होलान् के रे, के हेर्न जानु?

भउते काजीको त कुरै छोडम्! यता साढुलाई त मुया मारि सको, जुरेली पाएसि!
 
Posted on 09-29-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! यता लेखेसि उता समचर पढ्न ग’को त, तो दैत्य शाहलाई आउट अर्देछ यसपालाँ फुलपाती बढाईंआँ! खुच्चिङ्! :D
 
Posted on 09-29-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले तिम्रो लिस्टमा fair n handsome for men थप न त। :D
हेर पुन्टेदाई खुशि भा दक्षिणा जोगियो भनेर, दक्षिणा त कहा छोड्छु र म? :P:P
कुम्ले, गौतम् जी, मिस्, तितौरि, पुन्टेदा सबैलाई धन्यबाद् शुभकामना हरुको लागि। :)
Bye
 
Posted on 09-29-06 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे तितौरी! कम से कम "अनुहार जस्तो भएपनि तिम्रो मन त सार्‍है राम्रो छ नि कुम्ले किन पिर गर्छौ" भन्नु पर्ने ठाउँमा ब्लिच र मन्जनको कुरो निकालेर हेर!!

पून्टे दाई ले पनि हसाँउनु भयो। पुग्यो! पर्दैन! यहि ठिक छ बरु! पिरेमले सुमसुम्याउने त आइमाई मान्छेनै चाँहिन्छ!

सान्नानी! धेरै न थपौँ लिस्टमा, अस्ति भने जत्ति कुरो ल्यायौ भने पुग्यो! अब यस्तै अनुहारमा जिन्दगी बिताउने बिचाराँ छु।
 
Posted on 09-29-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, ल राम्ररी जानुस् है नेपाल।

दशैं र तिहारको तपाईलाई मंगलमय शुभकामना मेरो।
 
Posted on 09-29-06 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-29-06 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोली अष्टमीको दिन गाडीको पुजा पनि गर्नुपर्ने होला नि, हैन त?
 
Posted on 09-29-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle gaadi ta bishwokarma puja ko din pujchhan hoina ra ? lol.astami ma gaadi pujaa re :O
 
Posted on 09-29-06 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुब थारे'छ तिरुलै ? अझ लोल रे !!!?:D

म भागेहै तितौरीले हिर्काउन बेर लाउदिनन्
:)
 
Posted on 09-29-06 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D bholi ta haans, bokaa , kukhuraa ko pujaa garera ani bali chadhaaune hoina kali laai gaadi ko kina pujaa ni ?
 
Posted on 09-29-06 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को काली? :)
 
Posted on 09-29-06 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-29-06 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ! मलाई त नेपालमा पन्डित बा ले अष्टमीको दिन सबै हतियारको पुजा सकिएपछि "अब साइकलको पनि पुजा गर्नुपर्छ, लौ भेटी चडाउनुस्!" भनेर साइकलको त पुजा गराएका थिए। झन गाडी त अझ साइकल भन्दा बडी भेटी चडाएर पुजा गर्नुपर्ने होला नि।

अनि काली, मोटी सबैको पुजा गर्ने होला नि भोली!
:D
 
Posted on 09-29-06 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरू किन हास्या ??

त्यो पण्डित लै नि कुम्ले !..खुबै पैसा कुम्ल्याउन मन लाग्दो रे'छ । नत्र त्यो साइकल ले न चकलेट किनेर खान सक्ने न खोपि खेल्न जान्ने किन पैसा चढाउनु अरे फेरि साइकललाई ..

कुम्लेle कालि‌‍+ मोटीको पुजा गर्ने रे ?!!!!!!!!! किन?? गोरी‌+पातली मनपर्दैन तिमीलै
:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters