[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Chautari XVII

[Please view other pages to see the rest of the postings. Total posts: 307]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 135237 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-30-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा
नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे
तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्


मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए
मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ
खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा
भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
हेर्नुस है त पहिलो भागका केहि अंश हरु
*** *** ***

Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा!
Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ ।
ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्!
Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p

*** *** ***

uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ?
miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)

*** *** ***

gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र?

*** *** ***

Nepal ko chora : कोरियाले जित्यो २-१
हुर्रे।
World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :(

*** *** ***

Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि,
माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु ..........
ल ल मिस् लाई है यो चाँहि-

खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा

*** *** ***

CaMoFLaGeD:
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?

*** *** ***

Poonte:
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर
यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु

pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।


गौतमजीको कविता:

हाम्रा दिन गएछन शेरखाँ


जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ
हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु
आज सजिलै उठ्ने भएछन
उठे मात्र के हुन्थ्यो र शेर खाँ

हामीलाई नै कुट्ने भएछन्।
हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु
आज टक्कर दिने भएछन
चक्कर आउनथाल्यो मलाई शेरखाँ
उनीरहरु पनि ठक्कर दिनेभएछन।
जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ
विदेशतिर भाग्नुपर्छ कि क्याहो अब
हाम्रा दिन गएछन शेर खाँ!


 
Posted on 07-10-06 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखूँ भन्छु कविता,
बिचमै देखिन्छ सबिता र बबिताको रमिता
यस्तो हबिगतमा, के लेख्नु कविता?

----
भौते, तपाईंहेर्को स्याउँजातिर पाइलो नचाल्या पनि ठ्याम्मै १५ हिउँद पुग्न लागेच। दादासँग जति संगत गरे नि त्यो प्रगतिनगर हो कि उन्नतिनगर मैले कसोरी थाहा पाऊँ त गाँठे? ऊ बेलाँ त्यो बजार बस्याथ्यो कि थेन खै? बौदल आको आर्को बर्खतिर गल्याङ्को जलसोरोत केन्द्र हेरेर, वालिङ् हुँदै तानसेनतिर हानिया जस्तो लाग्छ; त्यो प्रगतिनगर काँनिर काटियो हेक्कै भएन।
 
Posted on 07-10-06 4:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले हरु ले त नया चौपारि पनि बनाएछन केरे । धेरै राम्रो भयो । म पनि आउदै गर्छु नि अहिले अल्लि काम ले गर्दा ब्यस्त भयेर चौपारि मा केहि लेख्नु नपाएको तर चौपारि लाइ त जहिले हेर्ने काम गरेको छु नि ।
 
Posted on 07-10-06 5:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होईन होउ गाम्ले हरु ,
असारको मेला बाट घर फर्कदा चौतारीमा एक छिन बसेर दोहोरी गाम भनेको कोइ पनि आएन गाठै तरुनी हरु । लौ म नि जानु परयो ।
 
Posted on 07-10-06 7:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी लौ तपाईं ले त भनु भएननि कस्तो लाग्यो मेरो कबिता भनेर ।
 
Posted on 07-10-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो केके भैसकेछ। धन्न राजिनामा रोकिएछ, मेरो त सातो पुत्लो उडिसकेको। दादाले फेरि सरुवाको कुरो उठाएर तर्साउन लागेका हुन् चाकडि खोजेका हुन् अरु केहि होइन, नडराउँ है साथीहरु, हाम्रो मिस् कहि जानुहुन्न। :D
ठुल्नानी राम्रो छ तिम्रो कविता, ल हराउनु पर्छ है भौते मामालाइ।
सान्कान्छा चौतारीमा गीत घन्काउन किन छोडेको?
गुरुङ् दाइलाइ स्वागत् छ चौतारिमा।
 
Posted on 07-10-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होनी प्रीति यहा के के भैसको तिमि आउन्नौ ।
अनि ठुल्नानि को कबिता कति राम्रो ,अझ सुनाउ न ठुल्नानि ।
ए! ए!तर अब भौतेदाइ को पालो हो क्यारे , लु भौते दाइ म चाइ रेडि भएर बस्या छु है सुन्न लाइ :D
 
Posted on 07-10-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद तितौरी र पिरती (सान्नानी) दुबै लाई ।
 
Posted on 07-10-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि, तिमि ले लेखेको देखेर मैले नि लेखे को के !
खोक्दिहालुम् है त ।

उड्ने हो कि आखै बाट परेलि को प्वाख् हालि
डराएको भाका हाल्दै मन् किन बोलि रह्यो।

लाने हो कि रङ् चोरि जिन्दगी को सबै त्यस्ले
आश् त्राश् कता कता मन भित्रै जेल्लिरह्यो।

गुड्ने हो कि आशु सगै बाध फुटाइ गाजल को
चिस्सिएको मन् आज किन फेरि पोलि रह्यो

लुकाइ रा'छु मुटुभित्र् उड्न खोज्छ आखा बाट
छुट्याउनै सकिन के सपना या बिपना हो ।
 
Posted on 07-10-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी मोरी कस्तो राम्रो कबिता लेखेकी अज स्बाङ्ग पार्छे ।
 
Posted on 07-10-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्है राम्रो। :-)>
 
Posted on 07-10-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो(?) त उल्टोबाट होला है, तर धन्यवाद कुम्ले जि ,अनि ठुल्नानि लाइ राम्रो भन्देकोमा।
 
Posted on 07-10-06 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह! ठूल्नानी र तितौरीको कविता क्या राम्रो! अरू पनि जाओस्!

मलाई पनि कविता लेख्न सिकाइदेऊ न, यस्ता उच्च प्रतिभाहरूसँग कविता लेख्न सिक्न पाउनु त मेरो अहोभाग्य नै हो नि।
 
Posted on 07-10-06 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D :D थुल्ननीले त मुलाई दह्रो झड्का दिइछन गाँठे। :P
तिमीलाई उत्तर थुल्ननी।

तिमी गुलाफको फूल
म त्यसको काँढा
सुरक्षार्थ तिम्रै वरी परी छु, हूँदिन कहिल्यै टाढा।
सँधै केवल हेरीबसेँ,
चिन्ता लागिरहेछ, कतै तिमी यसै ओइलाएर झरी जाने हो कि भनेर। ही ही ही :p :p :p

भान्जीको नि जावस न त एउटा चुटुक्कको कविता। :-)

यो चैँ तितौरीलाई :-) तिम्रा सबै हरफको उत्तर क्रमश: छ है।

आँखा छोडी उड्न खोज्दा, परेलीमा लोलाई रहेँ
छाडी जाँन गार्हो पर्यो, त्यसैले त बोलाई रहेँ।

इन्द्रेणीको रङ्जस्तै सप्त रङ्गी तिम्रो जीवन
चोरी लान नसकेर केवल हेरी टोलाइरहेँ

त्यो मनमा बढ्दो तापले, डढाउँछ कि तिम्लाई भनि
सपनाको शित्तल सानो सुन्दर घर बनाइ रहेँ

सपना र बिपनाको भ्रममा परी ढलमलाउँदा
लड्छेउ भनि, साहारा दिई तिम्रै हात समाई रहेँ।

:p :p :p LOLLLLLLLLLLLLL !!!!!!! आफैलाई हाँसो खप्न गार्हो भो। : D :D :D

:-)
-भउते

अन्त्यमा, थुल्ननी र तितौरी, हजुरहरुको कविता खास्साको छ ल।
 
Posted on 07-10-06 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute daai that was AWESOMEEEEEEE......
I LOVE it . those 2nd two lines made me mesmerized .
 
Posted on 07-10-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D भौतेकाजी त आशू कवि हुन थाल्नु भएछ। कति गज्जबको कविता लेख्न सक्या हो यति चाँडो?

लौ, म नि एक हरफ बजाई हालम् न मौकामा:

वनजंगल, खोलानाला जताततै कति खोजें
फूलैफूलको बागबाट यौटा गुलाफ मैले रोजें
समुद्रको छाल जस्तै उर्लिरह्यो मेरो मन
तिम्रो याद आइदिंदा खुशी हुन्छु झन् झन्।
 
Posted on 07-10-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो कबिता भउते काजी,

के मैले हजुरलाइ "म हजुरको फ्यान हुँ" भनेर भनी सके?
 
Posted on 07-10-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे बल्ल आएपुगौ । धरै दिन भो देख नपरेको सबै ठिकै छ ।


भौते :P
 
Posted on 07-10-06 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद तितौरी। तिम्रै कवितालाई जवाफ लेखेको हो के रे मुइले त। सवाल राम्रो भे'र त जवाफ राम्रो हुने हो नि, कि कसो ? :-)

चित्रे, आशुकवी त त्यस्तै हो----आँशुकवि र हाँशुकवि चै पक्कै हो। :p :p चित्रेले हानेको तिरले कोही घायल भएर लडिसके जस्तो छ। गजब छ ल। :p

कुम्ले जी, :-) धन्यबाद। यो पालीको समरमा प्रशस्त पङ्खा पाऐँ मैले, गर्मी चैँ राम्रै सँग बित्ने भो। बरु फ्यान राख्ने ठामै नपुग्ला भन्ने पीर। :-)
 
Posted on 07-10-06 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-10-06 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी, हो धेरै दिन भो भेट नभा'को। मेरो त सबै ठीक छ, तिम्रो नि?

ल, मेरो कविताको अर्को अंश नि लेखें अहिले भर्खर।

बिहानीको घाम जस्तो उज्यालो छ तिम्रो मुहार
मोती जस्ता दन्त लहर चम्किएका तिम्रा जुहार
झरना जस्तो कल-कल बगिरहने तिम्रो केश
गुलाफ जस्तै हाँस्न खोज्ने लाल ओंठ कति बेस।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters