[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI- IV

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 180073 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-08-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
पुरानो चौतारी जाने सुरूङहरू =>

-------------------------------------------------------------------------------------------------------
भउते हराए =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23369
--------------------------------------------------------------------------------------------------------
चौतारी - १ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23759
--------------------------------------------------------------------------------------------------------
चौतारी - २ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23948
--------------------------------------------------------------------------------------------------------
चौतारी - ३ =>

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=24829

 
Posted on 12-21-05 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर्ति त नेपाल मै छन्, एउ बर्ख भो नमे। बरु एउटा दादाकै कथाका पात्रको नाम भा'का मुन्छे
थिए, त्यैँ प्याजडी अर्न थालेछन् कि झैँ मानिचु।
 
Posted on 12-21-05 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे - हैन हो मैच्याङ सुर्ती खान्चौ?

मैना - आपुइ केटा सुर्तीले नि केटी पाइन्च र.....

चित्रे -

आख्खुइ लरिबरि आख्खुइ लरिबरि आख्खुइ लरिबरि
सेर्मा थानको डल्ले मुला, सेर्मा थानको
चानामा पारि राखौँला, चानामा पारि
मैनालाई लगिन भने त, मैनालाइ लगिन
गार्धनै काटि मरौँला, गार्धनै काटि
आख्खुइ लरिबरि आख्खुइ लरिबरि आख्खुइ लरिबरि......
 
Posted on 12-21-05 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै गाइपानि मिने घर्ती हो कि दमैको राजु हो कुन्नि, जे होस् एउटा केटा हो *उकोटा थरको.
----

मैना:

पश्पतीको मुल देउता, पश्पतीको
स्वम्भूथानको कुल देवता, स्वम्भूथानको

आपाको छोरी मो एउटा, आपाको छोरी
बाबाको छोरा तोँ एउटा, बाबाको छोरा

फकाइमा लाने आँट छ भने, कम्मर कस् है हेर् केटा

 
Posted on 12-21-05 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिजुलि कोटो परे जस्तो छ ।
 
Posted on 12-21-05 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छन त दादाको कथाका पात्र पनि छन ति गको त गोडा दुइ एक बर्ष हुन आट्यो के रे ।
कोटो पानि गको दुइ बर्ष जस्तै भो । ओहो को को पो छन तेता तिर त------यो घर्ति नेपाल गचन है थाहा नै भएन भन्या तर घर्ति सं जाने अग्लो मुन्छे त यता आछन अरे केरे ।
 
Posted on 12-21-05 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मैनाको नखरा देखेर दंग पर्यो। 'बुढो' 'बुढो' भनेर मैनाले चित्रेलाई भन्नु सम्म भनि। त्याँसि चित्रे गित गाम्न थाल्यो -

म त बुढो हैन कान्छि जुङ्गा आको उमेर चाइँ नगाको
तिमि बुढि भैछौ कान्छि मुखमा किन रगतै नभाको

तिमि रैछौ खुर्सानिको बोटमा भर्याङ लाउने
बोलाउँदानी नबोलेर नजिकै नआऊने
कहाँ पाइन्छ र कान्छि उमेर खाको जुङ्गा चाइँ नआको

सोचे जस्तो खोजे जस्तो कहाँ पाइन्छ
खोजे जस्तो पाउन ठूलो तालु चाहिन्छ
सोचे जस्तो कहाँ हुन्छ मनको लड्डु खाएछौ अघाउने

म त बुढो हैन कान्छि जुङ्गा आको उमेर चाइँ नगाको
तिमि बुढि भैछौ कान्छि मुखमा किन रगतै नभाको

 
Posted on 12-21-05 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो के भा को भनि नि तो दिन काका र म तेही नाउडाँडा मा जो सुतेम केरे ।

अब दुईटै जो अप्ठेरा अप्ठेरा मुन्छे हिँडेको त गाह्रै जो हुँदो रैच के । काका भने चईनी आर्काले पकाएको नखानी, चईनी
जुता लाएर पुनि केही नखानी केरे । धन्न नाउडाँडामा एउटी चिनेकी होटेल्नी दिदी थिईन् र । ती दिदि फेरि पहिले कुन
चईनी हो मटर चलाम्नी डाईबर सित पोईला आकि केरे, काकाले "बात लागेकी आईमाईले छोएको त झन् पानी पुनि
खान्न" भन्दै हुनुहुन्थ्यो। धन्न फकाम्दा फकाम्दा, "पानी त जहाँको पुनि उही हो केरे नि, चईनी आँधी खोलाको पानी
को को ले छोए को को ले, मरेका डिँगा त बगेका छन्, तो पानी अघि खानु भओ, अब यो चोखो चईनी कल धाराको
पानी क्यार्न हो नि खान नहुनी" भनेर भनेसि लास्टाँ मान्नु भओ है । फेरि तिहुन-तरकारी त चईनी अरुले पकाको
पुनि खान्चन है काकाले । त्याँसी राति मैले त मजाले दाल-भात खाएँ केरे, घिरम्लाको तिहुन र मुलाको खाँदेको अचार
त जाद्रै जो मीठो थियो । काकालाई भने होटेल्नी दिदीले गोठमा कुँडो पकाम्नी ठाममा चईनी दाउरा साउरा लगेर आगो
फुकेर तार गरिदिईन् र एउटा भड्डु (कसौँडी) बसालिदिईन् केरे । त्याँसी काकाले पुनि भात पकाएर तेही घिरम्लाको
तिहुन सित खानु भओ धन्न बेसरी जो । भोलिपल्ट बिहानै मटराँ चढ्नी भनेर मैले तेतै बजारतिरा'ट काकालाई येसो
केही फालफूल चईनी केरा, स्याउदाना पुनि किनेर एउटा पानीकागतको झोलाँ राखेँ है ।

बिहान सबेरै बस लागो केरे पखरा जानी तिर फर्केर । बसमा चर्नै लागेका थिएम्, ठ्याक्क चईनी फोक्सिङे चुरामुनि
(चुडामडि ‍= यामकला का बा ) एउटा सानो त्यस्तै १० बर्ष जतिको बच्चालाई डो-याम्दै आएका तेतै तिर जो । हतपत
म माथि गएर झोला राखेर बसको सिट रिजाप (reserve) अरेर फेरि तल झरेँ ।

चुरामुनिले लेराको त उनको नाति, चईनी चिन्तामुनिको छोरा हैछ केरे, यामकलाको भदाहा ।
"अब गोताएँ जवैँ र यामकला छोरी चईनी पखरातिरै बस्नी कुरो पारमेन्टी (permanent) जो भओ केरे, यो नातिलाई
पनि तेतै पखरातिरै जो पढाम्नै परो भनेर छोरी जवैँको घराँ पखरा लान लाको के, अब १० बर्षको भओ, चईनी पाँच
किलासाँ भरना अर्नी भनेर के सहराँ " भने बुढाले ।

काकाले त्याँसी, "ये हामी पुनि तेतै जान लाको हो, मेरा गोडा अलि बिसेक भएनन् र अस्ताल (hospital) मा जँचाम्न
जान लाको । खास त हामी पुनि गोताएँका घराँ जो पाहुन लाम्न जान लाको, भनेसि त हुलै जो भईनी भओ केरे "
भने ।
 
Posted on 12-21-05 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि चुरामुनिले, "उसो भा म पो क्यार्न दुख पाम्न परो र? हजुर जस्ता पाका मुन्छेका सईँ लाएर पठाउन पाएसि म पो
क्यार्न जान परो र ?" भने ।
"हेर नाति, तँलाई मजाले काखाँ राखेर उही जो पु-याम्छन्, तँ जा है त " भनेर नातिलाई पुनि भने ।

काकाले र मैले पो क्यार्न नकार्न परो र, हुन्च भनेम् केरे । चुरामुनिले, "अब बालखै जो छ, यसको भारा-सारा (गाडी भाडा)
लाउदैन केरे, काखाँ जो हिँडाल्नी हो केरे, जता लगे पुनि" भने, हामीले होला जो भन्ठानेम् केरे ।

बसाँ चरेसि भनि हाम्रो साईत बिग्रेको रैच भन्नी थाहा भओ । कन्टेटरले चईनी तो बालखको भारा माग्च केरे, काकाले
चईनी एक छिन त झगडै अर्नु भओ तेससित । "चईनी मेरा काखमा बस्च केटो, तँलाई क्यार्न पैसा दिनी हो? " भन्चन
केरे काकाले । फेरि एक छिन ठूलै भनाभन जो भओ ।

काकाले, " यसका जीबा (हजुरबा) ले त लाउदैन भन्थे, तिम्लाई के थाहा यसको बारेमा यसका जीबालाई भन्दा" भनेर
पुनि हकारे एक छिन् त कन्टेटरलाई ।

उता कन्टेटरले , "ब्या अर्दिनी हो भने बालख पाउनी बेला भओ यो केटाले, के को अझै पनि बालख हुनी हो, पाँच बर्ष
सम्मका दूध चुस्नी हुरलाई मत्रै हो भारा नलाम्नी" भन्च, म त के बोल्नी, काका जो काफी हुनुहुन्थ्यो केरे ।

जे होस्, पछि लास्टाँ त काकाले, "हुन्च त नि, एक-तिहाई कन्सेसन् अर्दे त नि " भन्नु भओ, तेस्ता चाम्रा मुन्छेबाट धन्न
फुत्काएँ भने झै मानो कन्टेटरले र पुनि टिकेस (टिकट) दियो ।

केटो मेरो काखमा बसि राको थियो केरे, गोताएँको भदाहा भन्न परो । मेरो पछिल्तिर एक जाना मधेस तिरका मुन्छेले
चईनी प्याट्ट प्याट्ट पारेर सुर्ति पड्काए, त्याँसी घुमाउरो वाटो थियो फेरि, घरि बसै एकातिर ढल्किन्थ्यो, घरि आर्का
तिर ढल्किन्थ्यो केरे, मलाई त एकै छिनाँ जो बेस्सरी जो घुमाओ फन्फनी नै । अनि त हुल्हुल्ती वाक्न (बान्ता गर्ने)
थालेँ केरे मैले त । चईनी आन्द्रा-भूँडी जो गयो कि झैँ मान्थेँ, तेस्तो भओ के । केटो पनि त्याँसी काकाको काखमा बस्न
लागो ।

तेसरी वाक्दा वाक्दै एकै छिनाँ म त जाद्रै जो कमजोर भएँछु केरे, म त मस्त निदाएँ झ्यालाँ आड लागेर । म बिम्झिँदा
त गोताएँको भदाहा चईनी यहीँ छ सिठमा बसेको, काका भने छैनन् केरे । येसो आँखा मिच्दै हेरेको त तेही हरामी कन्टेटरले,
"ए दाई, अब गाडी ग्यारीच (garage) मा लानी बेला भओ, जाउ कता जान आका हऊ" पो भन्च त ।
 
Posted on 12-21-05 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले "हाम्रा काका खै त नि ?" भनेर सोधेको त "मलाई तिम्रा नातागोता के थाहा, तिम्रा काका को हुन्, तिम्रा
सम्धी को हुन्, मलाई के थाहा" भन्च है । कुरै कुराँ थाहा भओ, ती गधा घाँस खानी हुरले त काका सित भाराको
कुराँ झगडा परेको केरे, पिसाप फेर्नी भनेर रोकेको बेलाँ काकाको खुट्टा कमजोर केरे, काका बसमा नआम्दै बस
त दुगुराएछन्, काकालाई छोडेर । "तँलाई चईनी हरियो बाँसमा चोयाले बाँधेर टूँ पारेर लानी मुर्दार, अब ति बुढा
मुन्छेको बिचल्ली पारिस, पर्खी, तँलाई पुलिसलाई नभन्देर " भन्दै बसबाट हामी उत्रिएम् केरे ।

गएर पुलिसलाई पुनि भने, पुलिस दाईले पखराबाट हाम्रै गामतिर जानी सप्पै बसका डाईबर र खलाँसीलाई भन्दिए काकाको
हुलिया र यस्तो मुन्छे भेटे चईनी पखरा बस पारक का पुलिस काँ जानी भन्नु कि यता आम्नी गाडीमा हालेर पठाम्नु "
भनेर भनि दिए । अनि पुलिसकाँ गाको त आधा घन्टा जतिमा जो त काका पुनि आईपुगे केरे । काकाले पुनि तेसपछि पखरा तिर
जो आम्नी आर्को मटर रोकेछन् र यसरी म त सईँ हुरसित छुटे भनेछन् केरे, बरा उसले पुनि काकालाई पखरा लेईदिएछ
र पुलिसकाँ लेर आको तेही कुरो अर्न लाई । यसरी हराएर भेट भासि त बेसरी जो खुसी भईयो हामी । काकाले, "झोला
त सप्पै ल्याईहोलास् केरे" भनेका थिए, येसो हेरेको त तेही केरा र स्याउदाना किनेर राखेको पानीकागतको झोला भने
छुटेछ है फेरि मटराँ जो, हो कि गोताएँको भदाले लुकाएर खाएरै जो भ्याईसकेको थियो ।

एकै छिनाँ फेरि येसो बाहिर तिर हेरेर "हेर त सिरे, हेऽरि यही पुलिस्नीको बिहे नभाको भए र यसैले मान्नी भए त
भउतेलाई यसैलाई जुराम्न हुन्थ्यो केरे, यो चईनी गोता चौरास हुन्थेन हामीलाई" भन्चन्। मैले, "हैन काका, तो त ठूली
हाकिम्नी, चईनी ईनिसपेटर्नी जस्ती छ, सपैले तेस्लाई जो सलाम अर्चन है, हेर्नुस त। तेस्ता कुरा नअरम् भो, फेरि हामीलाई
थुनिदेली, यो साईत बिग्रेका बेलाँ" भनेँ। काकाले मुन्टो हल्लाए सहमति मा जो ।

अनि गोताएँका घर जान परो भनेर तीनैका भदाहा लाई काकाले, "लौ नाति, अब सपै जाना नारियम् केरे, अब अघि लाउ,
बाटो देखाउ" भनेको त केटाले त मेरो मुखाँ पो हेर्च त । उसले त झन् आजै जो हैच केरे मटर देखेको, कहाँ पाएर पखराँ
चईनी बाटो चिनाम्नी हो र, कहिले पुनि गाउँ छोडेकै रईन्च उसले त झन् ।

बाँकी कुरो त फेरि काकाले जो अर्नु होला केरे नि ।

Keep rolling...
 
Posted on 12-22-05 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका र सिरे कार्कि नेटाबाट तल चिलाम्नी भाटितिर झरे केरे.

 
Posted on 12-22-05 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेले भने घराँ टौवा हाले केरे.

 
Posted on 12-22-05 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुगुलिगं गरेको के.

 
Posted on 12-22-05 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अव ४-५ दिन चैं चउपारीआँ गफ अर्न नभेइनी भओ। पाटा तिर सप्पै काम सकेसि २ हप्ता केहि काम नभाओ बेलाँ तिमुरको काकीले माइत जान्चु भनेर लपेटा लाएसी उसैलाई लेएर आजै अर्को गाम तिर जाँदैछु। पखराका गफ सिरे केटोले जो सुनावस्। तेले जातिविति राम्ररी कुरो अर्न जानेओ छ के रे नि। अर्को गाममा भएनी केटाहुरले चउपारीआँ के भने, पक्कै खबर पाइएला के रे, कुरो अर्न नपाएनी।
 
Posted on 12-22-05 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काका पनि ससुराल जानि ? भउतु पनि यस बर्ष त नल्याइ छोड्दिन भनेचन के रे - अब दुइ चार दिन कस्सिएर खोज्न थाल्नि अरे !
 
Posted on 12-22-05 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु काका नि ससुरालि तिर लाग्ने रे। मेरो नि पखरा तिर जानु पर्ने काम थ्यो। गोडा तिन चारेक मैना भो चाइन्जो यो दाइने गोडो झम् झम् अर्च। काइँलो सालो पखराँ बिरामि जाच्ने 'डाऊडरी' पड्च रे अनि अउसतालाँ काम अर्च रे भनेर माईलिले भन्दै थि। ससुरालि गा अस्तो नि हुनि गोडो नि जचाम्न पाइनि..
 
Posted on 12-22-05 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारी शून्य होला जस्तो छ नि अब, सप्पै पखरा जाने भ'सि चौतारीमाको आउने हो त।

ए काका, मुलाई त्यो पुलिसनी सुलिसनी त नखोज्दिम है, फेरि बिहानै हस् सा'प, दिउसै हस
सा'प, रातै हस सा'प भन्दै सलाम अर्न परो भने त बर्बादै भो नि। :-)

बिर्खे जी, माइली भाउजुको खुट्टा झम झम अरेको भा' त कुरो परस्टै थियो, अब हजुरलाई के
भो त नि त्यस्तो उल्टो त हुनु नपर्ने हो के रे :-)

लु एउटा गीत गा'र टाप ठोक्न परो चौतारी अ'ट

बारीको छेउमा ओखर बोट, ओखर बोटमा चिल बस्यो,
भन्नै नहुनी नि माया, तिम्रो मेरो सारै दिल बस्यो .......

च्यानकुटी च्यानकुटी झ्याईँ गर्ने बाजा
मन परेकी एउटीलाई लान्छु आज.......
 
Posted on 12-22-05 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माइल्दाइ चाइन्जो बैँस छउन्जेल दिन पनि नभन्नी रात पनि नभन्नी, माथ्लो ग'रो र तल्लो ग'रो हाम्फाल्दै हिन्नी, ट्याम पाओकी त्यो के जाति फुरबल खेल्नपर्नी, अब आ'र था पाउनी त्यसको नतिजा ! अहिले गोडो दुख्च, आल्ली पछी दिशाबस्न नी गारो पर्च ! दुख पाइस् मँगले आफ्नै ढँगले ! बेलाँ सोच्न पर्दैन !

‌ए भउते ! पुलिस्नि नखोज्नि अरे ? लौ लौ !.... पुलिस बाउकि छोरी हुनी कि नहुनी नि ?
बिर्खे माइल्दाइका ससुरालीकै आडाँ ती खान्दानि पुड्के हल्दारकी कान्छी छोरी असाध्यै राम्री नि पढेलेखेकी नि छ गाँठे ! माईल्दाइले भनेसी फरकै पर्दैन, यसोऽऽऽ कुरो अर न ! बिर्खेमाल्दाइ नहिन्दै ......हिडिसके कि क्या हो ......

पखरा त म नि जान थ्यो, आल्लि पछी खेति थन्क्या'र भ्यासी जानपर्ला !
 
Posted on 12-22-05 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ पार हिँन्नु समून्द्रे अइलेई। भोलि दिनभरि कामा चापाचाप छ। शनिवार त हिन्न हुन्न साइत पर्दैन भन्छिन जिम्मालनी। अब आइतवार जानु पर्ला। क्यार्नु त्यतिबेला त यि पिँडुल्ला अग्राखा काठ जस्ता बलिया थिये गँठे। अझै उस्तै चन केरे , तर झमझं चाइँ गर्छ सारै।

ए त्यो चाइन्जो पुड्के हल्दार बिस्नेकी छोरि माकुरी को कुरा अरेको तिम्ले? हो हो ठिक कुरो अर्यौ। मुन्चे पनि बिछट्ट राम्रि छे। आनि बानि त मुइले त्यति भेउ पा चैन तर कुर घरान राम्रै हो। माइलिलाई था हुन्छ यस्तो कुरो। म कुरो राख्चुनि। बरु भौतेलाई फोटु चाइन्च भने लेर आइच भन्चु म माइलिलाई। के भन्चौ बरु भौते तिमि?
 
Posted on 12-22-05 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब एकै गामठामको, एक जुनीमा एउडो जोडी मिलैदिन पर्छ भन्छन्। स्वर्ग जाइन्छ रे।
हेरी, सबै जना जाउँ न त पुड्के दाइकाँ। अब मर्दले आँटिसके हाले के रे।
मैले नी रोपाइ सोपाइ तिर देख्या छु तिनलै। एउडा सुर्को त झिमिक्क गर्नै नभ्याइ सिध्यौंछिन। कम्ता राम्री छैन फेरी।
बाउले राम्रोरी पढाइ पनि दिया छन्। मिल्यो भने त खास्सै भैगो नी।
 
Posted on 12-22-05 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि त्यो पुड्के हल्दारकि छोरि त सारै राम्रि पो छन त । एउ चोटि गैराबारिदाइ को ससुरालि जादा वालिङ त गको थिए , ति नानि त्यो वालिङको बोर्लिंङाट इस उल टि दिएर घर जादै रैचिन, ओ हो,कति राम्रि । अनि त गैराबारि दाइलाइ ' दाइ म पनि ससुरालि यतै बनाम्न परो' भनेको त यताका केटि छडुलि हुन्चन ,कोखा च्यात्तिएको थुतुनि हुन्च भनेर उल्टै पो हप्काउचन केरे । कुर के रच भने ति गैराबारि दाइ लाइ ठाडो घाटि नलाइ नहुनि, अनि त भाउजु सधै कच कच अर्दि रैचन । आजित भसि माइत हिडिचन । अब त्यो माघ मासाको जाडां भात पकाउनि आफै, भाडा माज्ने आफै, पधेरो जानि आफै-----त्याट त ति दाइ भाउजु को नाम, गाम जे ले नि झोक्कियाल्नि क्या फेरि । भाउजु सं कुरा अरेको भे कुर मिल्थयो कि--- के अर्नि आफुलाइ नलेखेको के--भाउतेलाइ जो लेखेको र च केरे ----
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters