[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Chautari XVII

[Please view other pages to see the rest of the postings. Total posts: 307]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 135268 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-30-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा
नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे
तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्


मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए
मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ
खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा
भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
हेर्नुस है त पहिलो भागका केहि अंश हरु
*** *** ***

Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा!
Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ ।
ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्!
Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p

*** *** ***

uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ?
miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)

*** *** ***

gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र?

*** *** ***

Nepal ko chora : कोरियाले जित्यो २-१
हुर्रे।
World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :(

*** *** ***

Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि,
माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु ..........
ल ल मिस् लाई है यो चाँहि-

खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा

*** *** ***

CaMoFLaGeD:
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?

*** *** ***

Poonte:
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर
यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु

pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।


गौतमजीको कविता:

हाम्रा दिन गएछन शेरखाँ


जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ
हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु
आज सजिलै उठ्ने भएछन
उठे मात्र के हुन्थ्यो र शेर खाँ

हामीलाई नै कुट्ने भएछन्।
हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु
आज टक्कर दिने भएछन
चक्कर आउनथाल्यो मलाई शेरखाँ
उनीरहरु पनि ठक्कर दिनेभएछन।
जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ
विदेशतिर भाग्नुपर्छ कि क्याहो अब
हाम्रा दिन गएछन शेर खाँ!


 
Posted on 07-08-06 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा लगाएत् अरु थुप्रैलाइ मन नपरेकोले मैले राजिनामा दिसकेको हो अब देखि म स्कुल आउदिन । मलाइ मास्टर्नीनानीको नाम र जागिर दिनुहुने दादा तथा कलासमा बसेरराम्रो स्टडि गर्नेसबैलाइ धेरै धेरै धन्यवाद

:)
 
Posted on 07-08-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस हजुरको राजिनामा अस्विकृत गरिएको छ रे:) हजुरको मार्गदर्शन अनि सुझाबहरु आजको दिन सम्म अझै उत्तिकै आवश्यक अनि सान्दर्विक भएको कुरा यहाँ आउनु हुने सबै मित्रहरुले भनिरहनु भएको बेलामा हजुर ले यसरी छोड्छु भन्न मिल्दैन।

आशा छ हजुर ले हाम्रो कुरो बुझ्नु हुनेछ।

धन्यबाद
 
Posted on 07-08-06 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्विकृत....अस्विकृत्.... अस्विकृत
मिस् को राजिनामा अत्यधिक बहुमत् ले अस्विकृत लु जा त।
मिस् अह, हुदैन यो राजिनामा को कुरो उठाउन :( :( अब मिस् नै नभएपछि पुन्टे दा ,भौते दा, कुम्ले ,चित्रे लाइ कस्ले हपार्छ।
भौतेदाइ ले चुनाप् गराएर जित्ने हो कि भन्ने कुराले पो राजिनामा दिन खोज्नु भा हो कि? त्यसो हो भने ल सुन्नुस् भौतेदाइ ले ल्याछ जम्मा ३ भोट् ,अनि प्रीति,इन्द्रेनि,ठुल्नानि,म लगायत् भौतेदाइ लाइभोट् नहाल्ने सबै तपाइको पक्षमा
अनि, भौते दाइले लोकतन्त्र कुरा उठाइहाल्नु भाछ, हामि नि भन्दिनि नि मिस् ले हपारे को गालिगरेको, अथबा मिस् को कुरा स असहमत हुने वा बाझिने कुनै पनि धारा,उपधारा,कल्धारा,वा सुन्धारा सबै स्वत खारेज् हुने ।
अनि हामि नी हेरुम्ला भौतेदाइ को लोकतन्त्र :)
कुरा जति गरेनि मिस् को राजिनामा :( चै अस्विकृत्।
ल म एउटा गीत नि गाइदिन्छु मिस् लाइ ल -
नाइ हाम्लाइ यहि मिस् चाहिन्छ
गालि गरे पनि, होमवोर्क् गारो दिएपनि
उठ्बस् ,कान् समाति,कुखुरा बनाए पनि
हाम्लाइ माया गर्ने मिस्,हाम्ले माया गर्ने मिस्
तपाइ नै चाहिन्छ
नाइ हाम्लाइ तपाइनै चाहिन्छ।
 
Posted on 07-08-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, मास्टर्नी दिदीले किन राजिनामा दिन खोज्नु भएको? तपाई त यो ईस्कूलको सिनियर टिचर, भौतेकाजीलाई त भर्खर तपाईले नै प्रौढ कक्षाको टिचर नियुक्त गरिदिनुभा' हैन र? डराउनु पर्दैन क्या मास्टर्नी दिदी, तपाईले भनेकै कुरा चल्छ याँ।

तर मैले त त्यस्तो अचाक्ली गाना गा' जस्तो लाग्दैन। जे पायो त्यही गाउने त उही भौते र पून्टे दाई नै हुन् नि। बरू हाम्रा पर्धान अध्यापक नेपे दाजीलाई भनेर उनीहरूलाई कारवाही गर्न लाईदिनुस् न। मलाई पनि दोहोरीमा खूब पेल्याथे। :D बल्ल खायौ भौते र पून्टेदाइ, खुच्चिङ् :P
 
Posted on 07-08-06 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाँठी कुरो के भने नि अहिले असार २० गते सबै वर्षे विदामा छन्। मिसले घुर्की लाउनलाई राजिनामा दिनु भाको हो।
स्विकृत गर्ने सञ्चालक समिति नै हामी हो। सञ्चालक समितिको बैठक अब एकैचोटी भदौमा बस्छ। त्यहाँसम्म राजिनामा थमौती।
तेतिबेला दशैँ पेस्की आउने बेला भइसक्या हुन्छ। मिसलाई दशैँ पेस्कीको लोभ देखाएर म मनाउँछु नि। अनि तिहार भइहाल्यो। तिहार पछि मिसलाई आफ्नै सिर को गामतिर सरुवा गर्दिम्ला त नि। म जिटिओसित कुरा गर्छु नि जिल्ला जाँदाखेरि। ए जिसिअ पो त।

लु ! केटकेटी हो। तिहारपछि भने मिसको सरुवा हुन्छ है।
 
Posted on 07-08-06 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-09-06 4:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छहारीमा बसुम् है त।

 
Posted on 07-09-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा ब्रो ठ्याक्कै भन्दा यो फोटु प्रगतीनगरको हो, माथि राम मन्दिर बाट लिएको!
*************************************************************
मिस् हजुरको राजिनामा अस्विकृत गर्ने कुरामा मेरो पनि दुई मत छैन!
 
Posted on 07-09-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् साच्चै भन्या हो हजुरले?
ल हो भने म नि न आउने इस्कुलां ,मेरो नि नाम् काट्दिनुस् है ल मिस्।
 
Posted on 07-09-06 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता उता हिड्दैथे भौतारी ,
बल्ल भेटे गीत गाउने चौतारी
कपी कलम छ,,,,,चौतारीमा आउनेलाई मेरो सलाम छ ।

चौतारीमा गीत गाउदा मैले ,
रातो आँखा हेर्छकी कसैले
कपी कलम छ,,,,, चौतारीमा आउनेलाइ मेरो सलाम छ ।

नौलो मान्छे पाउना झै मान ,
आफ्नै सम्झा पराइ झै नठान
कपी कलम छ,,,,, चौतारीमा आउनेलाई मेरो सलाम छ ।

चौतारीमा मलाई साथ दिनी,
बुढि कन्या कोइ छन कि सोल्टिनी
सिन्दुर छरेर,,,,, राख्ने थे सधैंलाई माया गरेर ।
 
Posted on 07-09-06 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई नमस्ते!

ईन्टरनेट को ईतिहासमा सायद पहिलो पल्ट नेपाली भाषामा नै वेब च्याट गर्ने प्रबिधी उपलब्ध भएको जानकारी गराउन चाहन्छु ।

- http://www.unicodenepali.com/chat

प्रतिकृया, सुझाबहरु स्वागत छन् ।

धन्यवाद ।
 
Posted on 07-09-06 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-) :-)

मास्टर्नी दिदीले भाउ खोजेको, झन दादाले सरुवा गर्दिने भनेसि कति झोँक चल्यो होला। :p
चौतारीको पहिलो अङ्कको सिरेले राखेको प्रस्तावना पढ्नुस त मास्टर्नी दिदी, अनि हजुरका घैँटीमा घाम लाग्थ्यो कि। :p :p :p
तितौरी जी, स्कुल नगए नि चौतारीमा गफ गर्न चैँ आउँदै गर्नुस के रे। :-)
प्रगतिनगर देखेर घरको सम्झना भो दादा :-(

चित्रे, ही ही ही ही, कस्तो डराको गाँठे। मास्टर्नी दिदीले निकाले हाम्रो परउढ किलासमा भर्ना अरम्ला नि। हाम्रा बब-दाईले शिव बुटी ल्याम्छन। क्या मज्जा हुन्छ। :p
लु लु गुरुङ ब्रो, जावस जावस। :-)
धनेले चौतारी मै बदाम बेच्न आइपुगेछन गाँठे। :P
:-)
-भउते
 
Posted on 07-09-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते दाइ , पल्लो गाउमा हजुरको गजल (हो कि कबिता हो)सुनेर आ नि, ल अरु त के भनुम् म आजै बाट हजुर् को बिग फ्यान भए है त , चौतरि मा नि येसो जाओस् न कैलेकाहि ।
 
Posted on 07-09-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रगतिनगर देखेर घरको सम्झना भो दादा :-(

Bhaute kaji ko ghar pani tetai tira ho ki k ho:O
Mero ta Ho.
 
Posted on 07-09-06 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्धु-बान्धव तथा अन्य सबै मित्रहरु,
इटालीले गेंद जित्यो। ल खुसीयाली मनाम् मस्तीले!
---------------------

हैन, यो प्रगतीनगर भन्नी चैं कत पर्यो कुन्नी! फस्ट्याम सुन्दैछु है यो नाम।
 
Posted on 07-09-06 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा के हो तपाईं ले फोटो खिच्ने तेरेनिङ लेनु भाको हो कि क्याहो ।
यो चौतारीमा सबै सिपालु रैचन कबिता लेख्न । मास्टरनी दिदी कबिता प्रतियोगीता गर्नु भए कस्तो होला ।
 
Posted on 07-09-06 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी जी, मेरो ठूलो पङ्खा (फ्यान) हुनुभएकोमा धन्यबाद छ है। गर्मीमा मात्र फन फनि घुम्नु, जाडो लागेपछि बन्द हुनु ल। नत्र चिसो लाग्छ के। :p
चौतारीको आफ्नै महत्व छ। हँसी, ठट्टा, मजाक, झगडा, मिलापत्र, कचहरी चौतारीका त गहना नै हुन। यता कविता टाँस्न थाल्यो भने भागा-भाग होला भनेर। फेरि मिसले स-प्रसँग ब्याख्या गर्नुस भनेर होमवर्क दिनुहोला नि।

<< Mero ta Ho.>>>>

फोए जी,

कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा
उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा ।
छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर
दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥

साभार
- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22112

बाटो त त्यै हो नी हजुर।

गालब जी, दादाको त्यत्रो सँगत गरेर, सञ्जु काब्य पुरै पढेर फेरि प्रगतिनगर कता भनेर सोध्ने? "बाह्र बर्ष साझा पढ्यो भउते कसको पोइ" भुन्या यै हो। :p

थुल्ननी, तिमी पनि लेख न बाबै कविता। हाम्ले पनि सुनुम न, तिम्रो मनको ब्यथा। :-)

:-)
-भउते
 
Posted on 07-09-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा तिहार किन? कि तिहार मा पैसा दिना पार्ला भनेर हो , कहाँ सरुवाको कुरा गर्दिनुभएको :( :( :(

अहिले त फुर्सद नभाको बेला पारी एसो भुराभुरिलाई घुर्कि देखाको पो त।

तितौरी भउते जस्तो सजग मान्छेसंग मलाइ के को डर? तिमी नि उसको फ्यान भइछौ म नि पहिले देखि नै फ्यान को अर्को पाटो हो के तर सुन तितौरी जुनबेला जाडो हुन्छ तेहि बेला फनफनि घुम्न पर्छहै त, अनि ठिक हुन्छ भउतेलाई:)


तर राजिनामा अस्विक्रित गरिदिनुभइकोमा धन्यवाद है । तर यो भउते कस्तो फटाह कुरा गरेको चित्रेलाई जेहनदार देखेर आफ्नो स्कुलतिर लान खोजेकोहोला, हेर भउते त्यस्तो गर्न त के सोच्न नि पाउदैनौ तिमी।

मेरोघैटो पो घाम लाउने कुरा गर्छ ल काँ'छ देखाउ त चौतारीको सुरुसुरुको अंक हिम्मत छ ( कहि नि भेटिन के ....... भउतेकाजी.....:D )
 
Posted on 07-09-06 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौउते यो कबिता तपाईं को नाम मा र धन्यवाद मलाई कबिता लेख्न प्रोत्सहन गरेकोमा ।
म गुलफ को फुल हो भने
तिमी तेस्को कादा ।
एदी मलाई कसैले तिप्न खोज्यो भने
तेस्लाई तिमी घोच्दिनु ।


ल आज लाई एती नै । :P:P:P
 
Posted on 07-09-06 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D कविता प्रतियोगिता है भउते र ठुलनानी को... अब भउतेको पालि कबिता सुनाउने

१०/१० वटा लेख्नुपर्छ है अनि नतिजा थाहा हुन्छ
:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters