[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VIII

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 217457 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउतेनेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...


 
Posted on 01-26-06 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, सिलोक त म पनि हाल्छु।
यो भागवत गीताको प्रथम अध्यायको प्रथम श्लोक।

धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सव:
मामका पाण्डवाश्चैव किमकुर्वत सञ्जय।
अरु नी पाठ अर्दै गरौं है त।
 
Posted on 01-26-06 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्री शेर्पिनी नानी र डल्ली वनबाट दाउरा अरेर फर्किदैं....

 
Posted on 01-26-06 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो साइँलो अइँ भक्खर सम्म नाम्लो बुन्दै थो....

 
Posted on 01-26-06 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमैना... यिनी शेर्पिनी नानी र डल्लीले कति राम्रो फूल टिपेर लेएचन् वनबाट...

 
Posted on 01-26-06 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढी माइत गइ के रे अस्तिनै जो। भोलि मेलापाताँ नि जान पर्दैन। यतै लंठिन परो एउछिन यत्रैसिति! के लाच र? हाम्ले नि यस्सो गाम तनि गीत कैलेकाइँ...

..बाग्लुङ बजार काली गंगा
निरिमया ठूली
तिम्लाई मालुम छैन...
 
Posted on 01-26-06 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाहुरे बूढाले ल्या'को केजाति देशी रउसीले सोत्तर बना'च गाँठे मलाई त! चौतारी हुँदी यति धेरै मुन्छेले हल्लाखल्ला अरिसक्दा पनि आँखा खुलेको हैन केरे!
(पढ्दा पढ्दै म त BMLB! क्या क्या लेख्छन् दमालीहरु यार!)
लाहुरे बाले एउटा खल्तीमै राख्न मिल्नी वाकमान ल्याइदेचन। काकालाई क्यामेरा देचन कि के हो? होश गर है केटा हो, यीनले कस कसका कस्ता कस्ता फुटा टाँग्ने हुन् चौतारीया। पँधेरातिर कतिखेर आईमाई नुहाउन थाल्छन् भनेर मास्तिरको बुटाँ लुकेर नी बस्छन् यिनी कहिले काहीँ।

म त यस्सो आर्को चौतारीतिर पनि लागें है। काकाले मेरो मीत जो लगाईदिए रे हिजो राती परदेशीसंग। आफू त 'ऊडान' भइया थ्यो देशी रउसीमा, थाहा भा भे मार्दिनु। तर मीत भनेर भनेपछि पुग्यो। मेरा मीतका चौतारीया पनि जाम है गाम्ले हो। टेको हालेर बलियो बनाम्चु भन्थे।
 
Posted on 01-26-06 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरीका 'र' छुटेच, गितै बिग्रो'

..बाग्लुङ बजार काली गंगा
निरिमया ठूली
तिम्लाई मालुम छैन र...
 
Posted on 01-26-06 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मुलाई नि साझाको यो चौतारीआँ आम्नु मुन लागो है दम्तरिहुरु
अरु त खास केहि छैन आजु, एउटा शुलोक गाम्न मुन लाईच

यदा यदा हि धर्मस्य ग्लानिर भवति भारत
अभ्युथानम अधर्मस्य तदात्मानम सृजाम्यहम्
परित्राणाय साधुनाम्, बिनासायच दुस्कृताम्
धर्म सम्स्थापनार्थाय, सम्भ्वामि युगे युगे


लु त टाटा बाइ बाइ :-)
 
Posted on 01-26-06 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँले मलाई पधेँरानिर लाउरे जेठाले देएको केमरा घुमाओ देखेओ रैच। अव भनिहालिस् के रे, लौ त हेर् हेर्....
.

 
Posted on 01-26-06 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेजि धन्यवाद छ है स्वागत को लागि। हुनत म साझा मा बजा धेरै बझाउन कहिलेकै पल्य्क पुल्य्क गर्ने बनि छ्, तर चौतारी ले चै सचै मोहोनि नै लाउने रहेछ्। म परे मोरङे। अनि तपाइनि?


सहिलजि धन्यवाद, बदामे, अनि म्! अलि मीलेन्, तै पनी बदाम चैमनपछ जाडो मा।
 
Posted on 01-26-06 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*** यदा यदा हि धर्मस्य ग्लानिर भवति भारत
अभ्युथानम अधर्मस्य तदात्मानम सृजाम्यहम्
परित्राणाय साधुनाम्, बिनासायच दुस्कृताम्
धर्म सम्स्थापनार्थाय, सम्भ्वामि युगे युगे ***
---------------------------------------------
आहा ! एक्लै भएँ भन्नी उदास मित्र ले (Mr lonely) कति राम्रो शिलक हाले गाँठे ! अरु पनि सुनम् सुनम् लाओ !

....हिऽऽऽ यी काकालाइ गिद गाम्न आउनि होइन त्यसै बत्तुराउँचन् ! काँ ग'र के भने भन्नी पानि था'नै नहुनि
यीनलाइ त, के भको छ र हो भन्चु ! अब ती परदेशी सित मैले मीत लाम्ला भनेर कत्रो तारतम्य मिलाउदै थेँ,
मलाइ था'है नदिइ गोताएँ सँ पो मित लाइदेचन यीनले त ! जेठाबाठा मुन्छे भ'रनी यस्तो अर्दिनी गाँठे !लौ सुन बुडामुन्छे, तिम्रो गिद म गाइदिन्चु !

हेऽऽ बाढीमा आयो कालीमा गँगा निरमाया ठुली
तिम्लाइ मालूम छइन र ।

सानोमा सानो गाइको बाच्छो निरमाया ठूली
भिर न'भै चर्दैन ।
बुडेसकालमा लाएको माया निरमाया ठूली
पीर मान्नु पर्दैन ।

म त तेस्तो होइन र निरमाया ठूली
तिम्लाइ मालूम छइन र ।....
 
Posted on 01-26-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब, याँ त सपलै गाम्ले नाम दिनी चलन छ नि त nut जी। अनि अउरेजीबट ठ्याक्कै नेपालीमा भन्दा त बदमे भैगो नी। कि त आर्कै nut हो भने बौला' भन्नी अर्न परो। नरिसाम्नु नी हेरी। गाम्लेहरुले नी त्यै भन्छन्, नपत्याय हेर्दै जानुस् त एकछिन।
 
Posted on 01-26-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास नाम त तेस्को यमलाल हो के रे। तर सानो छँदै देखुन ज्याद्रै जो बदाम रुचाउनी भकोले सप्पैले बदामे भनेर बोलाउँचन के।

यस्सो बदाम लेर आछस् भनि, हाम्लाई नि दे न त नि दुइचारटा। जाडाँ चौपारीआँ बसेर घाम ताप्दै खाम।
.

 
Posted on 01-26-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरु नाथ भने चै मिल्लाकि।

किक्! माघ को जाढो मा पनि नुहाउने शैर्पेनि दिदि रै छ है यो साझा मा त।
 
Posted on 01-26-06 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए बदामे, तिनी चैं हाम्री शेर्पिनि नानी हैनिन है। तल्लो गामकी साबित्री पो हुन के रे नि। फक्कैमा गाल पार्लास् है स्वाँठ, चौपाराँ आउँदा आउँदै।
 
Posted on 01-26-06 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि बुडो मुन्छे भ'र के को बुटाका छेल पारी पारी फोटू खिच्न परेको तनि तिम्लाइ ? पात्तेका बुडा !:)
 
Posted on 01-26-06 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त साँच्ची,
यो पर्देसी सँअ त मुन्द्रेले पो मित लाम्नी भन्नी भा' थ्यो त गाँठे। काँ' ट गोताएँले टप्काएचन्। एएएएएएए,
काकाले कुरै नबुझि मित लाइदेछन् है। अब एउटै जात भकाहर्ले मित त लाउन हुन्न भन्नी सुन्या हो क्यारे। त्या माथि झन तो परदेसी पनि त गोताएँ नै हो भन्तो के रे।
 
Posted on 01-26-06 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एइ, हाम्रो मुन्द्रे केटो नि यतै रैच। हो बल्ल स्वाद आओ। यस्तै सुरिलो सोरले गाम्दै गर् है। म त हिन्न परो गाँठे अव त,ज्याद्रै जो ढीलो भैसकेच।
 
Posted on 01-26-06 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर सप्पै जना के के अर्न थालेका । कोइ तास खेल्न थाले, कोइ चाइ बदम खान थाले ।
यसो दिउस भरि मेलाट थाकेर चौतारी तिर हावा खान आको, काका त खोइ चौतारीमा पुजा अर्दै पो रचन । के को पुजा अरेको त नि काका ?

 
Posted on 01-26-06 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल ! राम्रोसँ गए है काका ! लौरो बिर्स्या र'चौ नि, इ यता छ लउ !
अँध्यारो भो बुडामुन्छे क्यारेर पुग्नी हुनन् घर कुन्नी ! म पुर्याइदिन्तेँ क्यार्नु र उल्टो पाइ परो !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters