[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 माकुरा

[Please view other pages to see the rest of the postings. Total posts: 31]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 37955 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 08-16-10 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

माकुरा


"बुझिस, पैसा र बैंस भन्ने कुरो डुब्न लागेसी मान्छे आत्तिदा रे छन"

शुक्रबारे रातको पदचाप मधुरो हुँदै गैसकेको थियो पर कतै पूर्बी आकासमा बिहान शनिबारे भर्याङ्ग उक्लिदै गर्दाको बेला थ्यो--म झकाएको मात्र के थिएँ--एक्कासी फोन घुईकिएर गीत गाउन थाल्यो। तिरमिरीएका आँखाले फोन हेर्या डी सी को एरिया कोड भाको फोन नम्बर रे छ, त्यो पनि नचिनेको। "एक्सेप्ट्" र "इग्नोर्" भन्ने बत्ति झ्याप झ्याप गर्दै थिए, इग्नोर भन्नेलाई थिचेर शयनासनमा फर्किएँ। भाईब्रेसन अन्त्याँड संगीत भावमा राखेको फोन फेरी घुईँकिएर बज्ने हो कि भन्दै पर्खिंदै थिएँ। बजेन। परेलीले पर्दा तानीसकेकै थिए।

स्वप्न बगैंचामा पुग्नै आँटेको थिएँ क्यारे फेरी फोन घुईंकियो। कस्लाई गाली गर्ने हो थाह नभएनी गाली गर्दै यसो फोन हेरेको, यस पाली एल ए को नम्बर रे छ। शहर शहर बाट फोन आएर सुत्न नपाईने भो भन्दै एक्सेप्ट थिचिदीएँ। बुझे बुझीहाल्छ नबुझे उसैले राख्छ भनेर "हैन यो आधाराताँ मान्छे सुत्दैनन् भन्ने कसरी जान्या हो?" भनें।

अर्को तिर म भन्दा खाँटी मान्छे रे छ। बिना कुनै औपचारीकता भनीहाल्यो "बुझिस, पैसा र बैंस भन्ने कुरो डुब्न लागेसी मान्छे आत्तिदा रे छन"।

"दुईटै चिलिम फर्किए तेरो पनि?" मैले भनें। मान्छे चिनजान कै रे छ।

"काँ मेरो? मेरा त ती अनिता र सुनीता थिएनन दीदी बैनी भुरुङखेलमा? त्यस्तै छन --गर्मीको मैनामा तापक्रम जस्ता" उस्ले हाँस्दै भन्यो।

"तँलाई मैले कति चोटी भो भन्याँ भन त यसरी सुत्या मान्छेलाई उठाउने हैन भनेर?"
मैले अलि तातेर सोधें।

"के कुरा गर्या यार तैले? यस्तै बेठेगानको कुरा गर्छस र त जोर जाम केई छैन तेरो -- उठाउने भनेकै सुतेकालाई त हो नी, उठेकालाई त फेरी के उठाई भो र? अनि तँ सुत्या छस कि छैनस अब मैले ह्याँबाट देख्छु कि क्या हो----"

"काँ बाट फोन गर्या तैंले अहिले?" न आईपुगीसक्या हो एल ए नै के ठेगान? भनेर सोधें।

"यहाँ लैनचौर आ थें अघि अनि अभिलाषा सँग भेट भैरा भन्या यत्तिकै. सामाखुसी तिरबाट आउँदै रैछे। अचेल दुई चार चोटी भेट भैसक्यो भन्या। अनि अभिलाषा सँग भेट भए पछी तँलाई फोन नगरी भो? तु गर्नु परेन? त्यसमाथि फेरी त्यै दुई रुप्या मिनेट न हो अचेल।"

"को अभिलाषा?" मैले सोधें।

"को अभिलाषा रे? सोध्या हेर न सोध्या -- कत्ति न १५/२० वटा अभिलाषाहरुको माझाँ हुर्क्या जस्तो"। उस्ले भन्यो।

हुर्किन त १५/२० वटा मात्रै होइन कति हो कति अभिलाषाहरु सँग हुर्किईयो, त्यो क्रम अझै युद्धस्तरमा चलेकै छ। तर उस्ले भनेको अभिलाषामा हेराई ठोकिएर फर्किन्थे घाईते भएर, मैले भनेकामा हेराई आरपार हुन्थे। बुझेकै हो।

"माराजगन्ज उज्यालो पार्ने चै भन्या होला तैंले होईन?"

"अँ" उस्ले भन्यो अनि थप्यो "उ बेलाँ अन्त बत्ति गए मैनबत्ती देखिन्छ, माराजगन्जाँ बत्ति गए अभिलाषा देखिन्छ" भन्ने तैं हैन?

"उ जत्तिको धपक्क अरु कोई थिएनन अनि अरु के भन्नु त?"

"तैले पनि कैले काई त्यै पुरानो कावासाकी बजाज सम्झाउँछस यार -- दुई चार लात नहानी स्टार्ट नहुने --- कत्रो हिम्मत त तेरो मलाई को अभिलाषा भनेर सोध्ने"

"ल ल --अनि अघि के बैस र पैसाको कुरो गर्या? कस्को के सकियो?"

"त्यै अभिलाषाले तोर्पे आदित्य भन्ने सँग बिहे गर्या थि। मैले भन्या थिएँ नी तँलाई---कुस्त गाँठवाल थ्यो त्यो आदित्य भन्ने। भैमा न भाँडामा भा थि अभिलाषा महारानी भएर। एक चोटी भाटभटेनी सुपरमार्केटमा भेट भा बेला "दीपले सधै सोधीरहन्छ तिमीलाई" भन्देको थिएं मैले के भन्दीरैछे भनेर --के भन्या भन्न तेस्ले --- सूर्यको उज्यालोमा तिमी अझै दीप देख्दैछौ रे? " लच्कि लच्की हिन्दैथिई त्यहाँ उ। पछी एउटा चिल्लो कारमा चिप्लिई। तेल्ले सूर्य भनेर तै आदित्यलाई भनेकी त होला नी।"

"यो खबर मलाई सुनाईनस त पहिला?" मैले हाँस्दै सोधें।

"नराम्रो खबर के दिनु खवर राम्रो भए पछी सुनाम्ला तँलाई भनेर नी" उस्ले पनि हाँस्दै भन्यो।

अभिलाषालाई मैले चिनेको थिएँ। मेरो मामाघर सँग उस्को पनि चिनजान थ्यो। अभिलाषा सूर्योदयको त्यो आभा थिई, जस्लाई हेरेर मुग्ध हुन त सकिन्थ्यो तर नीजी बनाउन सकिन्नथ्यो। मैले त्यो बेलैमा बुझेको थिएँ। बाङ्गेले कि त बुझेको थिएन, कि त बुझ्न चाहदैन थ्यो। अभिलाषाले बुझाउन कोशीस नगरेकी पनि होईन। मेरो बाङ्गेलाई सम्झाउने कोशिस त हार्या जुवाडेको खल्ती जस्तो भैसकेको थ्यो।

ती दिनहरुमा अभिलाषा आगोमा तप्त फलामको त्यो डण्डी जस्ती थिई, जो स्वयम एक आगो बनेकी थिई। निकै पर उस्लाई छोए पनि डाम्थी। पटक पटक डामे पनि बाङ्गे भने छुन छोडदैन थ्यो।

एकदिन म मामाघर पुगेर फर्किदै गरेको बेला अभिलाषा सँग भेट भएको थ्यो पानी पोखरी बाट बालुवाटार निस्किने त्यो बाटोमा। उस्ले बाङ्गेको हालत प्रति चिन्ता ब्यक्त गरी अनि एक् छिन कुरा गरेर हामी बाटो लागीम। त्यसपछी अभिलाषाले म पट्टी बिशेष रुझान देखाउन थाली। त्यो कायममुकायम नाटकले बाङ्गेलाई भत्काउँदै लग्यो। मेरो भागमा त अभिलाषाको तर्फबाट पर्ने केही थिएन, तर बाङ्गेको कोप निक्कै दिन खेप्नु पर्यो।

त्यस पछी अभिलाषा आफ्नै दुनियाँमा। बाङ्गे आफ्नै। म आफ्नै। मलाई फेरी दशाले कुत्कुत्याएको रहेछ, परदेश तिर भास्सीएँ।

"ल ल बाङ्गे, अब तेरो त्यो पैसा र बैसको कुरा सक अनि सुत्नु पर्छ" मैले भनें।

"हो भन्या पैसा र बैंस डुबे पछी मात्रै थाह हुने रे छ --" उस्ले फेरी भन्यो।

"अनि?" मैले फेरी सोधें "कस्को के डुब्यो?"

"पैसा आदित्यको सकिएछ बुझिनस -- डेढ बर्ष भो रे परदेश तिर चन्दन् घोट्न गा-- बैस चै अभिलाषाको सकिन लाएछ--"

"मैले के गर्नु पर्यो त अब यो आधाराताँ?" मैले भनें।

"तैले त के गर्नु नी? तँलाई त जानकारी पो देको त --सबै तिर मैले भ्याउनु पर्छ, के गर्नु?"

"ल ल --राम्रो गरीस --" मैले कुरा सक्न खोज्दै भनें।

"ए-ए- दीप-ए -- एउटा कुरो सुन्न -- अलि जरुरी जरुरी जस्तो छ के --" उस्ले अड्की अड्की भन्यो।

"के?" मैले सोधें।

"कुरो के भने नी ----" उस्ले भन्दा भन्दै रोकेर भन्यो "पख पख यहाँ मोबाईल बज्यो मेरो---कस्ले गर्यो फेरी फोन आफुलाई यहाँ यस्तो जरुरी कुरा गर्न लाईरा बेलाँ--"

उ एक छिन चुपचाप थ्यो, घण्टी बजेको म पनि सुन्दै थिएँ। न उ फोन उठाउँथ्यो न नै म सँग बोल्थ्यो --

"ए बाङ्गे---" मैले बोलाए।

"ल ल म तँ सँग पछी कुरा गर्छु है ---" उस्ले कुरै नसकी फोने राख्ने सुर कस्यो।

"आधाराताँ उठाएर कुरै नसकी फोन राख्ने होईन --कस्को फोन आयो--?" मैले सोधें।

" अभिलाषाको फोन आयो ह्याँ----"

उस्ले लाईन काटी सकेको भए पनि फोन कानमा राखेर केही पल म चुपचाप भएँ।

अध्यारो कोठामा जालो अनि माकुरा देखें मैले।
 
Posted on 08-16-10 12:00 PM     [Snapshot: 19]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



जधौ दीप प्रभु ।
धेरै पछी दर्शन पायियो नि ............ ल अब पढ्न थाले है .....
Last edited: 16-Aug-10 12:21 PM

 
Posted on 08-16-10 12:11 PM     [Snapshot: 31]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

100% true पैसा र बैंस भन्ने कुरो डुब्न लागेसी मान्छे आत्तिदा रे छन"


 
Posted on 08-16-10 12:23 PM     [Snapshot: 45]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






वा वा दिप ज्यु वा ....... के बयान गराइ भयो र लेखायिको ......

एत्तिका दिन सम्म कहाँ हराएको भन्या ..... बिहे सिहे गरेर househusband भएर बसेको कि क्या हो ?



केही मन परेका हरफ हरु ..........


"तर उस्ले भनेको अभिलाषामा हेराई ठोकिएर फर्किन्थे घाईते भएर, मैले भनेकामा हेराई आरपार हुन्थे।" माने प्रभु माने .....


वा महाराज वा ......"अन्त बत्ति गए मैनबत्ती देखिन्छ, माराजगन्जाँ बत्ति गए अभिलाषा देखिन्छ"


सहि हो ....... "मलाई फेरी दशाले कुत्कुत्याएको रहेछ, परदेश तिर भास्सीएँ। "



"अध्यारो कोठामा जालो अनि माकुरा देखें मैले।  "


अन्तमा उही हो
" पैसा र बैंस भन्ने कुरो डुब्न लागेसी मान्छे आत्तिदा रे छन"

Last edited: 16-Aug-10 12:23 PM

 
Posted on 08-16-10 12:56 PM     [Snapshot: 91]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि माकुरा नि देखेँ, जालो पनि झलझली देखेँ, समयपुगेपछि यस्तै देख्छन् कि क्या हो सबैले?
 
Posted on 08-16-10 1:16 PM     [Snapshot: 116]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो राम्रो कथालाई पनि किन "down arrow" मा थिच्न सक्या होला असक्तिहरुले | लौ मेरो "thumbs up" है त !
 
Posted on 08-16-10 1:32 PM     [Snapshot: 138]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

. .




Thumbs up !!! Clicked on "Up arrow"

I can not do anything than curse those stupid people who clicked on "down arrow".

Best part I liked in this section

"मलाई फेरी दशाले कुत्कुत्याएको रहेछ, परदेश तिर भास्सीएँ। "
 
Posted on 08-16-10 1:39 PM     [Snapshot: 128]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सूर्यको उज्यालोमा तिमी अझै दीप देख्दैछौ रे? "


नराम्रो सँग बाँण हान्या रेछिन अभिलाषाले दीप ब्रो लाई ! कि बांगेले आफ्नो मार्केट बनाउन दीपलाई तेसो भन्द्या मात्र हो कि ! जे सुकै होस् लन्च ट्याम को खुराक असली निस्क्यो ! लौ धेरै पछी पढन पाइयो ! अब चाँही यसो भन्नु नपरोस


 
Posted on 08-16-10 2:30 PM     [Snapshot: 169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



लौ लौ दह्रो गएछ

अब लास्टाँ मोज गर्ने त बाङ्गे नै परेछ कि के हो

दीप ब्रो को मुटु चसक्क भएन त
 
Posted on 08-16-10 2:38 PM     [Snapshot: 196]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आफ्नो यस्तो छ हालत-


क) पइसो कहिले नि नभएसि, डुब्या बेला के उत्र्या बेला के सधैँ आत्तिईयो!


ख) बैँशको झन के कुरा गर्नु, पहिले पहिले बैँश छँदा सुन्दरीहरुलाई देखेर आत्तिइयो अहिले बैँश डुव्दा सुन्दरीहरुले नदेखेर  आत्तिईयो।


माकुरोको जालो जस्तै छ यता नि जिन्तखि!


लामो समय पछि पढ्न पाईयो दीप, मजा आयो!


 
Posted on 08-16-10 2:56 PM     [Snapshot: 224]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कतै पनि केही नमिली दिमाग  घुमी राखेको बेला मा केही शितल मिल्यो । तर "तेही बाङे ले मोज गरिराखेको छ" चाँही नलेखम है प्रभो, यसै त उतै गाम तिर जान पर्‍यो भनेर मन बहकिएको बेला मा झन क्यारम र कसो गरम होला
 
Posted on 08-16-10 3:34 PM     [Snapshot: 254]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती प्रभो
अभिलाषालाई सुर्य ग्रहण लागेर कतै दिप को उज्यालो को खोजीमा त हिंडेकी हैन ?
पैसो मा त कहिले तैरिन सकिएन यो जुनीमा,भाको बैस पनि ढल्कदो छ् प्रभो,अभिलाषा त थिए धेरै प्रभो हाम्रा नि तर प्रभो को जस्तो बत्ती गा बेला देखिने चै हैन। 
भेकेसन कस्तो भयो पर्भो यो पाली को?
 
Posted on 08-16-10 3:39 PM     [Snapshot: 261]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माकुराको जालो,....... मलाई यो बाङ्गे भन्ने पात्र एकदम मन पर्छ....


 

Last edited: 16-Aug-10 03:40 PM

 
Posted on 08-16-10 4:16 PM     [Snapshot: 288]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हराएको दिपको आगमन ले साझा मा फेरी रौनक
 छायो | आजत धेरै "Quality Threads" झुल्केछन् मजा आयो , साझामा धेरै पछि | खुट्टातान्ने, मै ठुलो भन्ने र बकबास धागाले वाक्क बनाएको बेला येस्ता हस्ती साझाको गरिमा बचाउन झुल्किनु भएकोमा खुसि  लाग्यो 
 
Posted on 08-16-10 9:29 PM     [Snapshot: 359]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<अध्यारो कोठामा जालो अनि माकुरा देखें मैले।>>
प्रभो! धेरै पछि दर्शन भो, क्या बबाल गयो भन्देखुन्। दिल गार्डेन गार्डेन भो। हाहाहाहाहाहाहाहाहाहाहाहा


अरु नि जाओस् न प्रभो!
 
Posted on 08-17-10 8:06 AM     [Snapshot: 432]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जधौ जधौ प्रभो! धेरै दिन पछि हाम्रो बांगे संग भेट गराई दिएकोमा कोटि कोटि धन्यबाद| लेखन उच्च कोटि को छ| Narration refreshing as always. You have very much polished your endings in your last few stories, I am very much impressed.


दीपको कथाहरुको collection नेपाली स्कूलमा पढाए हाम्रो जमानाको संस्कृति बच्थ्योकी भन्ने सोच राख्दछु| एसो अरु पस्किये त साझामानि अरु आउन मन लाग्थ्यो|


 
Posted on 08-17-10 9:42 AM     [Snapshot: 461]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-17-10 10:18 AM     [Snapshot: 500]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मेरो मनले साझा मा जाऊ भन्दै थियो किना भन्या होला भनेको त दीपज्यू को दामी कथा आको रैछा.


 Amazing as always.


 
Posted on 08-17-10 11:08 AM     [Snapshot: 546]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो को धेरै दिन पछी दर्सन पाउदा मन नै हर्सित भयो| तेस्मा नि एस्तो घच्ची को कथा नि लिएर आए सी सुन मा सुगन्ध हुने भैगो  नि| पाठकहरु को माया मर्न भएन हौ प्रभो...

 
Posted on 08-17-10 11:24 AM     [Snapshot: 552]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Awesome read  !!!! 
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters