[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 हैन कि हो? ----- खै के हो के हो?

[Please view other pages to see the rest of the postings. Total posts: 162]
PAGE:   1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 169611 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 03-10-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हैन कि हो?----खै के हो के हो


 


"! उठ्छस कि लात्तले दिम?" घाम झुल्किन भ्याको थिएन बाङ्गे मेरो कोठामा झुल्क्याथ्यो ब्यान ब्यानै त्यस्ता शब्द हुर्याउँदै।


 


"आज एउटा घाघ ज्योतिषी नखोजी छोडदिन" मैले पनि मुरमुरीँदै कोल्टे फेरेर सिरकले मुख छोप्नु अघि भनें।


 


"यस्तो तरुनी खोज्ने उमेराँ नी ज्योतिषी खोज्ने हो के ? के गर्न चाहियो नी तँलाई ज्योतिषी?" ओछ्यानमा बस्दै अलिकति सिरक तानेर सोध्यो उस्ले।


 


"कैले घिच्याउने रे तँलाई कालले भनेर नी?" उस्ले मज्जाले सुन्ने गरी भनें मैले, टाउको बाटो सिरक हटाईकन।


 


"तँलाई भन्दा पैले मलाई घिच्यायो भने बाबु तँलाई तर्साएर नी खान बस्न दिन्न--यस्तो तर्साउँछु तँलाई --यस्तो तर्साउँछु --- बरु मर्न पा भए नी हुन्थ्यो जस्तो पार्छु तँलाई" उस्को घुँडा सिरक भित्र घुसाउँदै, ओछ्यानको भित्तामा अढेस लागेर भन्यो उस्ले अनि थप्यो, "जा माथि गएर चिया लिएर आईज, स्वास्नी नभा यस्तो खडेरी ओछ्यान छोडन पनि कस्तो गार्हो हो?"


 


"आधारातमै हिनीस कि के हो मसान? कति बज्यो अहिले?" मैले झर्किंदै सोधें।


 


"बज्यो होला नी दश जति" उस्ले सजिलै भन्यो।


 


"बज्छ दश तँलाई भनेर, घाम झुल्क्या छैन होला" मैले भित्तामा झुण्ड्याको घडी तिर हेर्दै भनें। साढे  ६ हुँदै रे छ। " हेर, भरखर लाई साढेले हान्दै रे --अझै दुई घण्टा बाँकि बिहान हुन लाई --" थपें।


 


"यता नबजे नी कतै कतै बज्यो होला नी दश, तैंले यहाँ कति बज्यो भनेर सोध्या थिएन केही थिएन -- अब उठ लामो कुरा गर्ने होईन। चिया लिएर आईज जा -- पेटै उमठन लाई सक्यो अब त।" तिर बाट सिरक तानेर उस्को माथि मिलाउँदै भन्यो उस्ले।


 


अब नउठी धरै थिएन। उठें अनि निस्किएँ कोठा बाट।


 


चिया लिएर आउँदा बाङ्गे कोठामा थिएन। "सित्तैमा मेरो निन्द्रा बिगारेर मर्यो" दुई कप चिया ओछ्यान छेउको टेबलमा राख्दै झर्किएँ आफै सँग, अरु को थियो त्यहाँ झर्किन? अनि छिरेँ फेरी ओछ्यानमा।


 


चियाको कप आधा पनि सकिएको थिएन, बाङ्गे छिर्यो कोठामा "क्या चिसो यार" भन्दै।


 


मैले केही नभनी उस्लाई हेर्या देखेर होला चियाको कप समात्दै उस्ले भन्यो "तलतल लागेर उता हलुवाबेदको बोट मुनी दुई चार सर्को तानेर --के गर्ने अब बानी लागि हाल्यो--आदत राम्रो होईन नी--एउटी राम्री तरुनीले माया गरेर चुरोट छोड भने देखि छोडदीन्छु।" ओछ्यानमा त्यति फलाकिसकेर काखमा सिरक राख्दै पलेटी मारेर बसे पछी उस्ले सोध्यो " किन ब्यान ब्यानै भन्न तँ कहाँ?"


 


सोध्न मन थिएन जिन सुकै भए नी -- नसोधे नी भनी हाल्थो भन्न -- "किन कृपा गरीस ब्यान ब्यानै?" तै पनि सोधें।


 


"आज सुरेश अंकलले बोला के" उस्ले दंग परेर भन्यो।


 


"ह्या तरुनीले बोलाको भए नी लौ भन्नु, सुरेश अंकलले बोलाउँदैमा के खान मेरो निन्द्रा बिगार्न ?" मैले खासै चासो नलिई भनें। फेरी को सुरेश अंकल को?


 


"खै कुरा बुझेको तैले? सुरेश अंकल को भन्न?" उस्को खुसीमा कुनै कमी थिएन।


 


"को?" मैले सोधें जो सुकै होस भन्ने लागे पनि।


 


"हुने वाला ससुरो हो बाबु, हुने वाल ससुरो" गदगद भएर भन्यो बाङ्गेले।


 


त्यस्ता हुनेवाला ससुराहरु दिनमा एक दर्जन जति हुन्थे, अनि धेरै जसो दिन दिनै फेरीन्थे पनि, मलाई केही वास्ता नी लागेन।


 


"हिंजै भन्न आउनला थिएँ तलाई, बाउले राती राती बाहीर जाने होईन भनेर उर्दी लाए अनि कति बेला ब्यान होला भनेर क्या छटपटी आफुलाई।" उस्ले भन्यो। अझै दंग थ्यो।


 


"को सुरेश अंकल यो?" मैले रित्तो कपलाई झ्यालमा राख्दै सोधें।


 


"त्यो आशिषेको घरको उता पट्टी के -- चाईनीज ईट्टाको घर नी हो त्यै"


 


"को आशिषे? ज्ञानेश्वरको?" मैले फेरी सोधें।


 


"अँ" बाङ्गे अझै दंग थ्यो।


 


"त्यस्को घर छेउ दुईटा छन चाईनिज ईँट्टाका घर--दुईटै घच्चीका छन तर" मैले भनें।


 


"तरुनी पनि दुईटै घच्चीका छन त्यहाँ--" बाङ्गेले अरु खुसी भएर भन्यो।


 


दुईटा भनेर बाङ्गेले सम्झाए पछी झिनो आश पलायो मलाई पनि।


 


"दुईटै तेरा होईन होलान नी?" मैले अहिले चै मुसुक्क हाँसेर सोधें।


 


"एउटी तेरी हो नी --नभए नी बनाउनु पर्छ अब-- त्यै भएर आको यहाँ-- अब तयार हो--जानु पर्छ" बाङ्गेले जोस्सीदै भन्यो।


 


मलाई नी एक राउण्ड हलुवाबेदको बोट मुनी जान मन लाग्यो अहिले चैं। घर देखी तलको बारीमा कुना तिर थ्यो त्यो बोट, धुप हाल्न त्यति खतरा थिएन तै पनि चनाखो चै हुनु पर्थ्यो।


 


"धुप बाँकी?" मैले ओछ्यान बाट उठ्दै उस्लाई सोधें।


 


"किन हुँदैन थ्यो?" पनि उठेर हाँस्दै बाटो लाग्यो।


 


"हलुवाबेद फल्नु पर्ने हो यस्पाली टन्नै" भन्दै पनि पछी लागें।


 


धुप ध्वाँर गरेर आए पछि, चिटीक्क परीयो। ससुराली जस्तो ठाउँ जानु पर्ने, त्यै अनुसारको तयारी गर्नै पर्यो।


 


"बाटो लागे पछी मैले सोधें, सधै तरुनीको तर्फबाट बाउ चिनिन्थ्यो, यस पाली बाउको तर्फबाट तरुनी चिनीने भैयो ?"


 


"तैंले चैं , हाम्रो पुरानो चिनजान हो" बाङ्गेले सुनायो।


 


"पुरानो भन्या?" मैले सोधें।


 


"बाउको साथी सुरेश अंकल, त्याँ तरुनी देख्या दुई बर्ष जति भो, अनि पुरानो भएन?" उस्ले भन्यो। अनि थप्यो, "घराँ नी आछन ती सुरेश अंकल हाम्रो।"


 


"छोरी लिएर?" मैले सोधें।


 


"काँ छोरी लिएर? छोरी लिएर भए भै हाल्थ्यो नी--एक्लै आउने भएर यो बिघ्न टाईम लाग्यो नी" उस्ले भन्यो।


 


"मलाई तरुनी भा घर जान मन लाग्दैन, तरुनी भा घरबाट आउन मन लाग्दैन, तँलाई थाहै छ। कसरी सुरेश अंकल अहिले सम्म बचेछन, आफै छक्क पर्दैछु" बाङ्गे अलि चिन्तित भए झै भयो।


 


"ज्योतिषी एउटा खोज्नै पर्ने भो" मैले भनें।


 


बाङ्गेले पुलुक्क तिर हेर्यो।


 


"तेरो काल सोध्न होईन" मैले हाँसेर भनें। उस्ले पनि हाँसेरै सोध्यो, "के लाई ? कैले पर्ने रे लभ, को सँग पर्ने रे , कता तिर की सँग पर्ने रे त्यै सोध्न?"


 


"त्यस्तो थाह पाउला ज्योतिषीले?" मैले सोधें।


 


"जान्नेले थाह पाउला नी" उस्ले भन्यो अनि फेरी चुरोट सल्कायो। मैले पनि तानें। जाडोमा चुरोट तान्दाको मजै बेग्लै। गहना पोखरीबाट अघि लागेर दाईने तिर टंगाल स्कुल छोडेर अलिकति अघि लागे पछी बालमन्दीरको उत्तरपूर्बी ढोका आउनु अगाडीको गल्लीबाट दाईने लागि सक्या थिएम हामी।


 


"कसरी थाह पाउनु कुन् चैं जान्ने हो? कुरा भोलीको सोध्नु पर्ने, भोली नभै मिल्या नमिल्या थाह हुन्न? आजै कसरी जान्नु मिल्छ कि मिल्दैन?" मैले आफुलाई लाग्या कुरा भनें।


 


"त्यो अब हिंजोको कुरा सोध्नु पर्छ नी , जान्ने रे भने मिलाउँछ" उस्ले भन्यो।


 


"अब हिंजोको कुरा के खान सोध्नु पर्यो ज्योतिषीलाई, त्यो हामी आफैलाई थाह छदै नी, भोलीको कुरा जान्ने पो जान्ने " मैले भनें।


 


अघि अघि थिए पछी। गल्ली सानो थ्यो दुबै जना संग संगै हिन्न। उस्ले बालमन्दीरको पश्चिम अर्थात मुख्य ढोका नेर पुगे पछी सोध्यो, "हैन हामी ज्ञानेस्वर जाने मान्छे किन यता बाट आएको?  उता मालीगाउँ हुँदै जानु पर्थेन? सानोगौचर अगाडीको बाटो बाट छिर्नु पर्ने---"


 


त्यै हो नी -- भगवती वहाल तिर लाग्दै मैले भने "चारधाम गर्ने बानी लागेर हो <SPAN style="FONT

 
Posted on 03-10-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


..... 


त्यै हो नी -- भगवती वहाल तिर लाग्दै मैले भने "चारधाम गर्ने बानी लागेर हो बाङ्गे अरु केही होईन"


 


पहिलो धाम आउँदै थ्यो। भगबतीबहालमा एउटी बिछट्ट राम्री तरुनी थिई, उस्कै घर बाटो थ्यो हाम्रो पहिलो धाम। दिन दिनै दर्शन नगरे नर्क परीएला जस्तो लाग्थ्यो ती दिनहरुमा।


 


त्यो ईलाकाको अर्को धाम, गैर्हीधारामा थ्यो। अर्यालहरुको घर भए तिर। दुईधाम भयो। तेस्रो धाम थ्यो महाराजगन्जमा, शिबपुरी उत्तर प्यारा दखिन। अनि चौथो थ्यो, धुम्बाराहीमा। चारै दिशा कभर गरेर धाम बनाईएको थ्यो। हाम्रा धामहरु तर चलायमान हुन्थे। परीस्थीती अनुसार बदलीरहन्थे। हामी उदारबादी भक्त थिएम, संकुचित होईन। त्यै अनुसार धाम ब्यबस्था गरीन्थ्यो।


 


"यो अब पाँचौ धाम हुने भो ?" बाङ्गेले सोध्यो।


 


"कुन चै?" मैले सोधें।


 


"ज्ञानेश्वर धाम चैं।" उस्ले भन्यो।


 


"ज्ञानेश्वर धाम चै हाम्रो निजी हो। सुरेश अंकल कहाँ दुईटी तरुनी छन भन्या हैन?" मैले बाङ्गेलाई सोधें।


 


"हो" उस्ले भन्यो।


 


"एउटी तेरी अर्की मेरी, अब यो धाममा अरुको के गुन्जाईस ?"


 


"छैन" उस्ले समर्थन जनायो।


 


हामी पहिलो धाम पुग्नै लागीसक्या थिएम। बाङ्गेले भन्यो, "यार त्यो धुम्बाराहीको धाम खारेज गरेर चाबेल सार्नु पर्यो।"


 


"किन?" मैले सोधें।


 


"त्यो धामकी मुख्य पात्र भागी भन्ने खबर आको " बाङ्गेले पिच्च थुकेर भन्यो।


 


"तँ यहीँ छस यहीँ छु, को सँग भागी ?" मैले गम्भीर भएर सोधें। जोडले हाँस्यो। पनि हाँसे।


 


पहिलो धाम अगाडी पुगे पछी, बाङ्गे दर्शनाभिलाषी स्वरुपमा आएर धामेस्वरीको आराधना गर्दा भएम मनमनै। .........



 
Posted on 03-10-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैले घिच्याउने रे तँलाई कालले भनेर नी?" उस्ले मज्जाले सुन्ने गरी भनें मैले, टाउको बाटो सिरक हटाईकन।

स्वास्नी नभा यस्तो खडेरी ओछ्यान छोडन पनि कस्तो गार्हो हो?

मलाई तरुनी भा घर जान मन लाग्दैन, तरुनी भा घरबाट आउन मन लाग्दैन, तँलाई थाहै छ। कसरी सुरेश अंकल अहिले सम्म बचेछन, आफै छक्क पर्दैछु

पहिलो धाम आउँदै थ्यो। भगबतीबहालमा एउटी बिछट्ट राम्री तरुनी थिई, उस्कै घर बाटो थ्यो हाम्रो पहिलो धाम। दिन दिनै दर्शन नगरे नर्क परीएला जस्तो लाग्थ्यो ती दिनहरुमा।


यार त्यो धुम्बाराहीको धाम खारेज गरेर चाबेल सार्नु पर्यो।
"त्यो धामकी मुख्य पात्र भागी भन्ने खबर आको छ" बाङ्गेले पिच्च थुकेर भन्यो।

whaa.. ghachi hannu bho deep bro.. kadaa... sarhai maan paryoo..

asti ta napadhi comment hanya thiyen, aja ta purai padhi bhyaye, 1st ta mai huna parcha bai.. la arko bhag ko pratikshya ma.. dher nakuraunu kyare..

baaa.. ma ta euta bhag matrai hola bhanera comment hanna baseko, refresh garda ta arko ni aayecha.. sarhai majjako lekhnu bho prabhoo.. dherai pachi bhaye ni aauna ta aayo, majja aayo sikistai.. esto harauna bhayena kyaa.. sajha nai sunyaaaa huncha bhanyaa.. lau keep rocking!


Last edited: 10-Mar-09 01:35 PM

 
Posted on 03-10-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप प्रभो!! यो २-भाग नि एकै सासाँ पढीयो - गाँठी कुरो त आउनै बाँकि रेछ, कुर्दैछु ।

बरु त्यो गन्थनको कुरो कता ग'र अड्क्यो ? त्यता नि अलि पेलम न प्रभो ।


 
Posted on 03-10-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हाम्रा धामहरु तर चलायमान हुन्थे। परीस्थीती अनुसार बदलीरहन्थे। हामी उदारबादी भक्त थिएम, संकुचित होईन। त्यै अनुसार धाम ब्यबस्था गरीन्थ्यो।"


कुरो गाठीको रइछ । यस्ता कुरा सबै ले मनोनएन गरे मित्र राष्ट्रमा धर्म कमाउन जानै पर्दैन नि, कि कसो ?


 
Posted on 03-10-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप पर्भो, धेरै पछि कथा पढ्न पाइयो, अफिसमै भए पनि होलीको दिन रङ्गिन भयो। तीर्थ यात्राको अरु भाग पनि चाँडै पढ्न पाइयोस् पर्भो।   

 
Posted on 03-10-09 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धाम मात्र बनाएर केही हुने वाल छैन - जहिले नि धाम भन्या छ पुग्या छ -


बरु पूजारी चाँही कहिले बन्ने हो - पूजारी बन्न पा पो मजै अर्को हुन्छ त -


एसो हेरा एसपाली पनि बाङ्गे अनी दिप ओ पूजारी बन्ने सम्भावना छैन जस्तो लाग्यो -


भबिष्य वानी गर्द्या नि - जोतिषी त परिएन तर पनि हिजो को कुरा बाट एसो खोकल्द्या - मिली पो हाल्छ कि -



ल ल दीप ब्रो अझै पेलुम - 


 
Posted on 03-10-09 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दिप ब्रोको सधैं जस्तो खतरा (खटरा होइन नि फेरी) कथा आयो है! साझामा दीप ब्रोको माल देख्ने बित्तिकै मुसो त त्यही पुगेर थिची हाल्छ भन्या ......  अर्को भाग पनि तु आओश है?

 
Posted on 03-10-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Another beautiful story...


Will be waiting for the next part.


 


NepaliThita


 
Posted on 03-10-09 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Every monologue and dialogue is meaningful. Enjoyed reading as always. Looking towards the "natakiya" end. 
 
Posted on 03-10-09 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yespali ta kehi hola ke re Deep parvu, kati jhol ma dubney, chouta ni khana paro ni kahile kahin.
 
Posted on 03-10-09 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फाउ पुर्नेको शुभ-कामना सबैलाई। कुनै बेला यही फाउ पुर्नेमा हुनु रमाईलो हुन्थ्यो, अहिले सिताराम। त्यो पोर परारै आफुलाई हुनु रमाईलो हुँदा धारे हात लाएर सराप्नेहरुको सराप लाग्या हुँदो हो। तर जे भए नी भांगको लड्डु भए नी घोट्टा भए नी कसैले यसो अलिकति दिए नी हुने। गती पर्न हुन्थ्यो फाउमा।
 
Posted on 03-10-09 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब छ सर, गजब छ ।

उनले छुटाउलिन भनेर बानि हाम्ले नि लाईयो । न उनि आईन् न बानि छुट्यो!!!

लेखौं सर अझै कुराहरु!!!

 
Posted on 03-11-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हो कि होइन हो हो होइन भने को" भन्ने त सुनेको हो तर यो कथा को बिषय चाँही गजब लाग्यो ......... अनी दीपज्यु को जम्मा कती हो तरुनी हरु बाप्रे !!! .......... यो बाङगे र दीप ब्रो लाई नसकिने ..... "अरुनी बरुनी जता हेर्यो तरूनी लौ अब कसो गरुनी " -- भन्ने लोक गीत पो याद आयो..... फेरी जवानी नफुर्दै कती धर्म गर्या हो चार - पाँच धाम सबैको तीर्थ यात्रा भ्यायी नभ्यायी भा रेछ ....
ल अब फेरी कथा अघी सारे कसो होला ?? ... आफू त धेरै दिन पछी पो साझा मा भित्रेको एसो कमेन्ट राख्न योग्य थ्रेड भेतेर
 
Posted on 03-11-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-11-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist,


"majja aayo sikistai.. "


सिकिस्तै प्रभो सिकिस्तै -- तरुनीको गफै मात्र आउँदा त मजा आउने सिकिस्तै -- झन तरुनी नै आईलाग्दा त प्रभो हुरुक्कै हुने नी --


CT. ,


"- गाँठी कुरो त आउनै बाँकि रेछ, कुर्दैछु "


हो प्रभो, गाँठी कुरा बाँकी नै छ।  धेरै बाँकि छ प्रभो, अब त चुक्ता पनि हुँदैन कि जस्तो लाग्न थालिसक्यो।


 गन्थन पनि थप्नु पर्ने त हो।


Bhakte,


"यस्ता कुरा सबै ले मनोनएन गरे मित्र राष्ट्रमा धर्म कमाउन जानै पर्दैन नि, कि कसो ? "


त्यो त हो प्रभो, तर मित्र राष्ट्र तिर पनि धामेस्वरी त करेल करेल नी -- सिनेमामा देख्या देख्न त -- तर छुन्ना के प्रभो, त्यो छुरा जस्तो माझाको धागो हुन्थ्यो नी त्यस्तै -- धेरैले रेटे नी त्यो बेला आफुलाई, के गर्नु र?


chipledhunga,


"तीर्थ यात्राको अरु भाग पनि चाँडै पढ्न पाइयोस् पर्भो।    "


हस प्रभो, धेरै गरीया छ पुन्ने। सुनाउछु नी म।


serial ,


"बरु पूजारी चाँही कहिले बन्ने हो - पूजारी बन्न पा पो मजै अर्को हुन्छ त - "


मन्दीर त भक्तको पो हुन्छ त, पुजारीको हो त? कस्तो कुरा गर्या प्रभो? पुजारी त बाँधीएको हुन्छ, भक्त मुक्त हुन्छन। भक्तलाई त के छ र एउटा मन्दीर भएन अर्को तिर लस्कियो भैगो, पुजारीले तेसो गर्न पाउँछ? अझ यसरी भनम न -- भक्त बोई फ्रेन अनि पुजारी चै लोग्ने, ---भक्तलाई पुजारी हुन गार्हो छैन,  तर पुजारीलाई भक्त हुन सजिलो छैन। खै कुरा बुझ्या, प्रभो?


harikancha ,


"साझामा दीप ब्रोको माल देख्ने बित्तिकै मुसो त त्यही पुगेर थिची हाल्छ भन्या ...... "


हरीकान्छीले भन्या भए नी लौ भन्नु ---


---यसरी तर्साईदिन त भएन नी प्रभो --- 


Nepali Thita,


"Will be waiting for the next part...."


पार्टै पार्ट भएर नी प्रभो म हराको छु एउटा पार्टमा पोर परारै -- पार्ट पनि अलि अलि हुन र भन्या? पट्टेर क्या प्रभो, पट्टेर --


shirish,


very monologue and dialogue is meaningful."


ल हेर, यै कुरा तरुनीले त्यो बेलाँ बुझ्या भए उही बेलाँ बे भै सक्ने। उस्को त भो नी, मेरो कुरा गर्या मैले।


Juggy ,


"..kati jhol ma dubney, chouta ni khana paro ni kahile kahin."


त्यै त-- कबाफ लडाउनु पर्छ क्या यसपाली प्रभो कबाफ, कोशिश गर्दै छु, हेरम के हुन्छ?


somewhereondearth,


"उनले छुटाउलिन भनेर बानि हाम्ले नि लाईयो । न उनि आईन् न बानि छुट्यो!!!"


बानी पनि एउटा हो र भन्या लाउनु लाईयो, अब छुटाउने बेलाँ कुन राख्ने कुन छुटाउने?


popeye,


"फेरी जवानी नफुर्दै कती धर्म गर्या हो चार - पाँच धाम सबैको तीर्थ यात्रा भ्यायी नभ्यायी भा रेछ ...."


पुन्नेको काम जति छिटो देखी सुरु गर्यो उती राम्रो रेन्त प्रभो --


 


**********


सदभावको लागि सबै प्रति मेरो हार्दिक आभार।


 


 
Posted on 03-11-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kHusHii ,


अघि छुटेछ, खुशीलाई चै अब सिंगल दिनु पर्यो, धन्यबाद नी। 


 
Posted on 03-11-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो छ दीप ब्रो को यो पनि ! चार धाम त तेती बिदी धा' रैछन्त यस्पाली नभये नि अर्को जुनी मा चाँही पर्साद पाईन्छ होला ! धर्म खेर जादैन ब्रो
 
Posted on 03-11-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-11-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल

"साझामा दीप ब्रोको माल देख्ने बित्तिकै मुसो त त्यही पुगेर थिची हाल्छ भन्या ...... "


हरीकान्छीले भन्या भए नी लौ भन्नु ---


---यसरी तर्साईदिन त भएन नी प्रभो ---

लोल रोटफल


मर्न लाएँ म हाँसेर, हेत्तेरीका । धन्न निजी अफिस कोठा छ, नत्र वरीपरी बस्ने अरुले मलाइ पागल भयो भन्दा हुन ।

 



PAGE:   1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters