[Show all top banners]

Regal
Replies to this thread:

More by Regal
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 गुराँस टिप्ने टुर !

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 22018 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-08-08 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                         गुराँस टिप्ने टुर !

 

" बन्दुके sss ए बन्दुकेssss ए मरीस कि क्या हो लाटीको पोइ "
मध्यरातमा सासले बोलयेको सुनेर खङ्रगै भयेँ। पुल्लुक्क झ्यालतिर हेरेको ढाडे बिरालोका जस्ता दुइटा आखाँमात्र देख्छु। पिसाबले निद्रैदेखि च्याप्या रैछ झन् डरले गर्दा त चुहिएला जस्तै भो। औँसि-पुर्नेमा मसान आऊछ भन्थे साच्ची हो रैछ भनेर आफ्ना भने हाथ् खुट्टा चिसा भए।
" ए एक चोटि उठेर पनि फेरि मोनालिसा पोजमै निदाइस् कि क्या हो सत्तुर?"
अब भने बोलि चिन्या चिन्या जस्तो लाग्यो, तैपनि बत्ति नबालेरै नियालेर हेरेको त श्रवण पो रहेछ झ्यालमा।
"आधा रात म किन जल्काएर मोरिस तेरो बा लाई"मैले रिस पोखे।
" हिजै कुरा भा होइन त झन् बिहान त्याँ दुलालको चिया पसलमा भेट्ने सबैजना भनेर" अलिक सम्झाउने स्वरमा भन्यो।
"बिहान भन्या हो तनि राती भन्य हो त?" आफ्नो भने रिस् मर्या होइन।
" कन्डोमा झलमल्ल घाम् लागे पछि मात्र बिहान हुने हो र ?"  ऊ पनि निमोठिन्छ के रे।
" येति बेला त तेरो बाज्या घरको बहुला भाले पनि बास्या छैन होला" मैले बत्ति बाल्दै भने।
" येत्रा छैन, चार बजि सक्यो। ल ल छिटो छिटो तयार हो म बाहिरै पर्खिन्छु" उस्ले कुरो फाइनल गर्यो।
 
जक्सनमा पुग्दा त राजु, किरन, सुरेन्द्र पहिलानै पुगेर साहिँला दाईलाइ चिया बनाउन उठाइ सकेका रहेछन।
"येह् बल्ल आऊनु भएछ त दुलाहा त" सुरेन्द्रले घोचपेच सुरु गर्यो।
" यो सर्पाले तर्साएर उठायो नि" मैले नि गाल पार्ने कोशिश गरेँ।
" येस्ता छन् साथी भनाउदा, उठाउन जानु पनि छ, अब्जस खानु पनि छ। येह काले! बरु गुटखा छ कि ले त खाम्" श्रवणले हात पसार्यो।
" छैन सर्पा अहिले, बरु अब चिया खाने, दुइ चार् सर्को राजुले ल्या चुरोट तान्ने अनि हल्लिदै इस्कुलतिर लागम्ला" किरनले एक पोका गुटखा जोगायो।

यसरी सुरु गरियो त्यो दिन। हुन त शैक्षिक भ्रमण जाने भनेको रात् हामीलाई निद्रा पट्टक्कै नलाग्ने, कहिले बिहान होल र दुगुरम्ला भन्या जस्तो हुन्थ्यो। सात क्लासको पोखरा टुर जाने बेलानि एस्तै गर्यो हो, बिहानै उठेर हामी भनेर बजार चौराहामा बस कुरेर बसियो , बसले भने हाम्रा घर अगाढि बेपत्ता हरन् बजाएर गाऊले उठाएछ। नौ क्लासमा भने जाने बेला जस्तो तसो मेसो मिलाइयाथ्यो, तर आऊने बेलामा राजुहरुले "गुरुजि"लाइ पनि आफुसङै बसाएर बेस्सरी LT ख्वाएछन उस्को पालो फाल्दियो बस छिन्चुको भिरबाट तल्तिर। कस्सो सबैको भाग्य दरो रहेछ र कसैलाई केहि भएन, साना तीना घाऊ त म लगाएत धेरैलाइ लाग्याथ्यो तर पनि चार हाथ खुट्टामा सबैले भिर आफै उक्लेका हुन। भन्न त तेहि accidentको मारले सान्ता मेडमको गर्भ तुहियो रे भन्ने सुन्या हो, तेसभन्दा बढी चाहिँ थाहा पाईयन।
 
तर एस्पाली चाहिं तेस्तो केहि डर थिएन, डर जति सब्बै हाम्रा बा-आमा र हेडसरले मानेछन। तेहि भएर झापा टुर क्यान्सिल गरेर हामिलाइ दैलेख लाने भए गुरास टिप्न। त्यो पनि हिन्दै जाने रे, बाटा घाटाको बनस्पति अध्ययन गर्दै उचाहि बढ्दै जाँदा ताप्मान् घट्दै जान्छ भन्ने कुरा नि बुझ्ने भन्थे केरे। कुरi त हाम्ले नि बुझ्या हो, एस्पाली पनि गाडी चरन चर्न गयो भने त हेडसरको अफिसमा ढुङा फल्छन् भनेर। तर हाम्लाई गाडि भए नि नभएनी बालै भो, अर्काआ ठाऊँमा गएर दाईँ खेल्न पाए पुग्यो।
 
इस्कुलको गेटमा सब जना भेला भएर लागियो ऊकालो, अगाडि अगाडि हमाल सर र पौडेल सर केटिहरुलाई लिएर मोरिहाले, पछाडि पछाडि हामी उनीहरुले उडाएको धुलोमा आफ्नो जिल्ल परेको अनुहार लतारनै पर्यो। हुन त कुनै कुनै नखरमाउलिहरुले हिन्न सकेन सर बिस्तारै आऊछु भनेर आफ्ना पाटनर नकुरेका होइनन् तर आफ्नो त कर्मै खोटो। कुन्तको नर्सरी देखि सङै पढेको निहुँमा येऊटी होमवोर्क सार्न दिनेलाइ पट्ट्याइयाथो तर येस्सै पाली फेरि तेस्को दाई टेस्टमा चिट चोर्दा पकराऊ परेर फेल भए पछि त दाइ बहिनीनै यऊटै क्लासमा भै हाले अनि आफ्ना भने साढे सात सुरु। अस्सत्तिले सुइको पनि कति छिटो पाएछ कुन्नि आज्काल् त नजरबन्दमा पर्žया छ यो ज्यान्। तेस्सै रामकिस्न ढकालको क्यासेट किन्दो हुँ म ।
 
हुन त सङै नभएरै पनि एक किसिमले राम्रै भाथ्यो। रोक-टोक गरेर आमा बन्न खोज्ने त कोहि थिएन टुरमा(के गर्ने सबै भैरब अर्याल मुडमा भा बेला आफुले पनि चित्त बुझाउनै पर्यो नि)।
"ओ इ गुटखा टराई गर्छस, ढुङा रङाउदै जानु पर्यो नी" किरनले मेरो सोचाइलाइ बिथोलेर मलाइ आफ्नो औकातमा ल्यायो।
"हामीसङ पनि छ नि" येस्सो पछडि हेर्छु त सुरेन्द्रले त पुरै लहरै किनेको रैछ, अझ गुटखा पर्दसनीमा आएको जस्तो लहरा घाटिँमा बेरेर गलबन्दीजस्तो बनाएको।
"ल ल टराईनै  गर्ने भए ला चुरोट पनि फुकिहाल्न त" राजुले पनि नयाँ पाटनर जन्माउन खोज्यो।
"आज त सब टराइ गर्ने हो" मलाइ फेरि अलिकति जोस्याउन मात्र पर्छ बाकि काम् त जातले पनि गर्छ। च्याप्प समातेर एक् दुइ सर्को ताने। मुटुमा गाँठो परेर, फट्को आऊला जस्तो भो।
"खै खै एता ले" राजुले खोसेर लाग्यो।
"हया मुला ले फिल्टर् नै भिजाइदिएछ थुकले" फ्याट्टै भन्छ केरे।
" उसो भए अब देखि गैडा चुरोट खान दिनु, न हुन्छ फिल्टर न लाग्छ थुक" मैले नि बल्ल बल्ल फिर्ता आएको सास् खेर फालेँ।
" तिमिहरु झगडा गरेर मोर, आफु भने गैइन्छ ऐँसेलु खान, क्या लटरम्मै रैछ त होइ!" स्रवणले बाटाको छेउतिर तुफान् हान्दै भन्यो ।
"पख पख् " हामी ऐँसेलुनै नदेखि सर्पाको पछि दौडिम्।
 
हात पुग्ने ठाउँ सम्मका ऐँसेलु नसकिने बेलासम्म झ्याङ वोरिपरि घुमि घुमि ऐसेलु खाइयो। सकिएपछि भने आफ्नो ग्रुप धेरै माथि पुगि सके होला भन्ने याद् आयो।
"ओ इ सरहरु धेरै माथि पुगिसके होलान्, जाम् यार्। ल है को छिटो पुग्दो रैछ। एक... दुइ... तीन " राजु दौडि हाल्यो। हाम्लाइ थाह छ बिरेन्द्र रनिङ् शिल्डमा ऊ रिले रेस खेल्ने मान्छे हो। त्यो सङ टक्कर गरेर किन दम बढाउनु। बरु बिस्तारै माथ्तिर लागियो। किरनले भन्य जस्तै गुटखा खाएर ढुङा रङाउदै।
बल्ल तल्ल शिद्दापाइला पुगियो, सरहरु पनि तेहिँ रहेछन् येऊटा पसलमा चिया खादै। येस्सो नियालेर हेर्छु त राजु पो चिया पकाइ राछ साहुनी सङै।
"तेरो मामाकि छोरी हुन कि के हो" सर अगडि छदा छदै पनि मुखबाट प्याचै निस्कि हाल्यो।
"काँ उहा त मेरो आफ्नै सोल्टिनी हो नि, हाम्रो बाको गाडी पहिला यो रुटमा चल्ने बेला म पनी आऊथे नी कहिले काहिँ सोल्टिनीलाइ भेट्न बिदा मिलाएर।
" भने पछि कुरा बुझियो"। साहुनि नानी केहि बोलिनन्।
" ल ल , बकवास् बन्द अब हिन्नु पर्छ। अब next stop गुराँसे।खाना तेहि खाने हो। हिन केटा हो अब।" हमाल् सरले हामीलाइ लगाम लगाए।
 
साच्चिकै गुराँसे डाडा नाम जस्तै रैछ, चारै तिर हरियालि, फाट्ट फुट्ट खरले छाएका, अनि कुनै चाहिँ पथ्थर छाएका घर, गाऊँ( हुन त त्यहाँ को लागि बजार पो हो कि)को बिचबाट जाने भर्खरै बनेको दैलेख-सुर्खेत कच्चि राजमार्ग।छेउको प्रहरी बिटपोस्ट सङै कल कल बगि रहेको ढुङे धारो, राजमार्ग तल तिर ओरालोमा साल र सल्लाको जङल, राजमार्गको माथिपट्टि डाडैँभरि गुराँसका रुख्, झन् अहिले त लालिगुराँस फुलेर चारै तिर ढप्पक्कै भयेको, मानौ त्याहाँका कोइली र लाम्पुछ्रेहरु होली खेलेर गाऊदै बसेका हुन्। स्वर्गबाट एक् ढिक्का अबिर् नै खसे जस्तो, हाम्रो आर्ट सरले बनाउने गाउँ जस्तो, अनि अहिले सम्म किताबमा र कापिका खोलमा मात्र देखेको लालिगुराँस, लाखौँको सँख्यामा-आफ्नै अगाडि। अब भने आफ्नो राष्ट्रिय फूल हातमै लिने इक्ष्या झन् तिब्र भो।
 
करिब दुइ-तीन घन्टा ती फूलहरुकै जङलमा बिताइयो, केहि फूल खाईयो पनि, केहि घर ल्याउन बचाईयो तर ठुलो कुरा भने जिन्दगी भरिको लागि येउटा मिठो सम्झना पाइयो।
हुन त त्यो यात्रामा नरमाइला क्षणहरु नभोगेको होइन, चुरोट र गुटखाको लत देखि लिएर पहिलो गल्फ्रेन्डसङ हिन्न नपाएको मन्खत, भोको पेटमा थाडो ऊकालो, थाकेक खुट्टाले फेरि गरगरे ओरालो,तेत्ति लामो हिन्न कहिल्यै बानि नपरेका पाउहरु, चिप्लेर लड्दा लागेका घाउहरु, येउटै क्लासभित्र पनि आ-आफ्नै ग्याङ्, हिन्ने मेन् बाटोमा पनि के-के जाति काँडाका झ्याङ्, टुरमा समेत अडर जमाउने सरहरु, सोध्-पुछ् गरेरै भए पनि भट्टि पत्ता लगाउने चोरहरु, कति मीठा-कति नमिठा........ तर पनि त्यो भ्रमण् र अझ लालिगुराँस सम्झिँदा त बाँकि सबै दुख पिडाहरु फिक्का लागेर आऊछ। मनमा सधै झल्किरहने त केवल् ढकमक्क गुराँस......।


 
Posted on 01-08-08 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! रिकुटे जी, गज्जबको लेखाइ!
>>>" येति बेला त तेरो बाज्या घरको बहुला भाले पनि बास्या छैन होला" मैले बत्ति बाल्दै भने।<<<

अरू नि लेख्दै गरम्।


 
Posted on 01-08-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I always enjoy reading you.


 
Posted on 01-08-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 WorldMap (चित्रे) जी ले मेरो लेखाइ मन पराइदिएकोमा धेरै खुसि लाग्यो।

दीप् दाई लै त के भनुम्, हजुरकै कथाहरु १२ चोटि पढेपछि मात्र अलिकति लेख्न सिकेको हो दाइ, मन पराइदिनु भो मेरो मेहेनत ले रङ ल्यायो।


 
Posted on 01-08-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो रिकुटे, गजपको गयो!

मलाई पनि गुट्खा खाँदै लादेको उकालोमा पँहेलो हुँदै सिद्धपाइला चढेको याद आयो!

यो लाइन हाहाहाहा मजा आयो-

""कुन्तको नर्सरी देखि सङै पढेको निहुँमा येऊटी होमवोर्क सार्न दिनेलाइ पट्ट्याइयाथो तर येस्सै पाली फेरि तेस्को दाई टेस्टमा चिट चोर्दा पकराऊ परेर फेल भए पछि त दाइ बहिनीनै यऊटै क्लासमा भै हाले अनि आफ्ना भने साढे सात सुरु। अस्सत्तिले सुइको पनि कति छिटो पाएछ कुन्नि आज्काल् त नजरबन्दमा पर्žया छ यो ज्यान्। तेस्सै रामकिस्न ढकालको क्यासेट किन्दो हुँ म""


 
Posted on 01-08-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा मन पराइदिएकोमा धन्यबाद् !
के गर्नु तपाइँहरु सबैलाइ भेट्न चौतारितिर आऊन त मन्न् लाग्छ तर के गर्नु" भर्खरमलै फुर्सद राइफल पुछेर, चाडै अौछु तिमिलाइ भेट्न छुट्टी काटेर" भन्या जस्तो भाछ आफुलाई।
 
Posted on 01-08-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिकुते ज्यु धरै राम्र् लाग्यो। please keep on writing :D


 
Posted on 01-08-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK थुलि, lol
 
Posted on 01-08-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रेगल ज्यू, मैले हजुरको कथा पहिलो चोटि पढेको हो, एकदम रमाइलो लाग्यो।

 

 
Posted on 01-08-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पढ्न त हाम्ले नि पैलो चोटि पढ्या हो क्या र, लु है हाम्लाइ नि रमणो लाग्यो, पस्कु पस्कु अरु नि पस्कु

 
Posted on 01-08-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank U Jira daai !

Dipikaज्यू लेख मन पराइदिनुभएकोमा आभारी छु। मैले साझामा लेखेको पनि पहिला पहिला चोटि नै हो।


 
Posted on 01-08-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखाइ राम्रो लाग्यो। अरु पनि पस्कदै गरम, पढेर कमेन्ट हान्ने जिम्मा हाम्रो भो।
 
Posted on 01-08-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"....अगाडि अगाडि हमाल सर र पौडेल सर केटिहरुलाई लिएर मोरिहाले, पछाडि पछाडि हामी उनीहरुले उडाएको धुलोमा आफ्नो जिल्ल परेको अनुहार लतारनै पर्यो। हुन त कुनै कुनै नखरमाउलिहरुले हिन्न सकेन सर बिस्तारै आऊछु भनेर आफ्ना पाटनर नकुरेका होइनन् तर आफ्नो त कर्मै खोटो। कुन्तको नर्सरी देखि सङै पढेको निहुँमा येऊटी होमवोर्क सार्न दिनेलाइ पट्ट्याइयाथो तर येस्सै पाली फेरि तेस्को दाई टेस्टमा चिट चोर्दा पकराऊ परेर फेल भए पछि त दाइ बहिनीनै यऊटै क्लासमा भै हाले अनि आफ्ना भने साढे सात सुरु। अस्सत्तिले सुइको पनि कति छिटो पाएछ कुन्नि आज्काल् त नजरबन्दमा पर्žया छ यो ज्यान्। तेस्सै रामकिस्न ढकालको क्यासेट किन्दो हुँ म । ......"
".....मलाइ फेरि अलिकति जोस्याउन मात्र पर्छ बाकि काम् त जातले पनि गर्छ। च्याप्प समातेर एक् दुइ सर्को ताने। मुटुमा गाँठो परेर, फट्को आऊला जस्तो भो।....."

कति मीठो लेख्नु भएको हो?।।।
राम्रो लाग्यो हजुरको बिस्तार।।।।। टाँस्दै गर्नु होला है ।।।

क्या नाम, बिरेन्द्र शिल्डाँ त हाम पनि कुदेथेम।। १०० मिटराँ लास्ट भएसि, स्कुल ले दिएको गन्जि कट्टु पचाएर सन्नेस लिईयो।। (मुलाई त हाँस्न नि आम्दैन, क्या नाम, यहां लुल सुल भन्नु पर्दो रैछ, आफु बु हाहाहहाह वाला परियो।।।, लागे पागे गुडिया को दोष, माफ पाम है)।।

 

 

 


 
Posted on 01-08-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL

 

बल्ल तल्ल शिद्दापाइला पुगियो, सरहरु पनि तेहिँ रहेछन् येऊटा पसलमा चिया खादै। येस्सो नियालेर हेर्छु त राजु पो चिया पकाइ राछ साहुनी सङै।
"तेरो मामाकि छोरी हुन कि के हो" सर अगडि छदा छदै पनि मुखबाट प्याचै निस्कि हाल्यो।
"काँ उहा त मेरो आफ्नै सोल्टिनी हो नि, हाम्रो बाको गाडी पहिला यो रुटमा चल्ने बेला म पनी आऊथे नी कहिले काहिँ सोल्टिनीलाइ भेट्न बिदा मिलाएर।
" भने पछि कुरा बुझियो"। साहुनि नानी केहि बोलिनन्।

I can't stop laughing here.

Regal Ji, I like your story very much.


 
Posted on 01-08-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौन कति धेरै कमेन्ट पाइसकिएछ। क्या मज्जा !

कलेजो जी, मेरो प्रयासको सराहना गरीदिनु भएकोमा नतमस्तक छु।

Nepal ko choraजी
पस्कन त भसक्कै मन लाग्छ तर के गर्नु , पकाउदा-पकाउदै जुग जान्छ र मात्रै चुक्या हो ।

Somewhereondearthजी मेरा तीता पलहरु मात्र किन मीठा लागेका हुन् हजुरलाई, कुनै जातीय दुसमनी त छैन है। भनेसी बिरेन्द्र सिल्डाँ  दुगुर्ने बेलाको कुत् त होइन,....बु हाहाहाहा ।

crazy loveजी
कुनै कुनै अँश कसैको जिवनसङ मेल खाएमा सँयोगमात्र हुनेछ है । सम्झेर हासो नि आऊछ आसु नि आऊछ आफुलाई त अहिलेसम्म ।


 
Posted on 01-08-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-08 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति authentic शब्दावली र बोलाई/लेखाई।

मुटु किटिक्कै पार्च के रे यो लाटीको पोईले लेखेका कथाहुरले! तर, सुत्तरले, चईनि, घरि घरि किन लेख्दैन? आर्को कथा पढ्न आर्कै जुनी सम्मुन, चईनि, कुर्न परो भन्देखुन्, आम्ला तर्साम्न आर्को जुनीआँ पाईला नटेक्दै! औंसी नि कुर्दैनम् हाम्त! दिम्सै, चईनि, सातो लईन छु भुने हाम्पुनि भुन्टेका छोरा पुन्टे हैनम्! ((((((((((((((ह्वाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!!!))))))))))))))))

राँरो! अति, चईनि, राँरो!


 
Posted on 01-08-08 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शैक्षिक भ्रमणै हो, टि. यु. बोटानी डिपार्टमेन्टका एक गुरुपको गोसाईंकुण्ड यात्रामा लखनतरान हुने गरी उकालो नाघेपछि अचानक आँखा अगाडी ढकमक्क गुँरास फूलेको पाखा त्यो पनि जिन्दगीमा पहिलोपल्ट देखेर पागलै भएको अनुभव एउटी शहरी कन्याले सुनाएकी थिईन एकबाजी कतै । ठ्याक्कै त्यही सम्झें लास्टाँ ।

 

त्यो भावविभोरको क्षण नपुगुन्जेल नि लास्टै हसायो है रिकुटेले ।

 

जुगै अगाडि जस्तो लाग्छ, रिकुटेको पछिल्लो कथा बालकच्छा पढ्दा पनि त्यस्तै भा थ्यो ।

 

दामी छ ।

 

क्याबात !

 

Nepe


 
Posted on 01-08-08 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो यात्रा विवरण रेगल जि। मज्जा अयो।
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters