[Show all top banners]

SurNaTal
Replies to this thread:

More by SurNaTal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

somewhereondearth

ThahaChaena
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 यात्रामा तिमि...

[Please view other pages to see the rest of the postings. Total posts: 45]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 55856 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 09-27-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यात्रामा तिमि...

खन्ड १:

मंसिरको महिना थियो - मिठो घामले मन चन्चल बनिरहने। म सेतो घोडामा थिएँ, तिमि कालो मा। रातो सारी र सबैथोक रातो - अथाह सुन्दर र मनमोहक, घुम्टो भित्रै सुँक्क सुँक्क गरिरहेकि। धेरै मानिसहरु (जन्ति) अगाडि पछाडि लागेका, सिद्धकाली डाँडाबाट तल झरिरहेको।



पुष लाग्यो। दिनहरु छोटा भैसके र चिसो काफि बढिसकेको छ। विहान बाहिर कठांग्रिने जाडो छ। न्यानो अँगालोलाई छाडेर तिमि उठ्न विवस् थियौ। "मलाई पंधेरो सम्म साथि गैदिनुस् न - अंधेरो छ, डर लाग्छ।" म पनि उठेँ। घर पछाडिको पंधेरोमा मुख धुइरहदा औँलाहरु जम्लान झैं थिए। फर्किएर तिमिले आगो जोरेउ र दैलानो पोत्न लाग्यौ। म खोले पकाइरहेथे। दाजुले दुध दुएर ल्यउनु भयो। मैले चिया पकाइसक्दा तिमि भन्दै थियौ-"खाँदै गर्नुस् है, मैले भ्याएको छैन।" म भन्दै थिए - "तिमि त्याहा जाडोमा काम गरिर'छौ, म चाहिं खाइरहनु?"

फेरि माघ लाग्यो। विहानै कोदाको ढिंडो र दुध खाएर हामी दाउरा खोज्न निस्कियौं। पटुकामा मकै भटमास् र सुठुनी राखेर - खाजालाई। सेरा खोला पारी दामाको भिरमा पुग्दा नौ बजिसकेथ्यो। दाजु भिरका रुखहरुमा चडेर सुकेका हाँगा झारिरहनु भएथ्यो। म बटुली रहेथें। तिमि काउसो छल्दै काँडाघारीबाट स-साना सुकेका मुडाहरु तानिरहेथ्यौ। तर ध्यान मतिरै थियो तिम्रो - "धेरै भिर तिर नजानुस् है।" एक बज्न लाग्दा टुप्पीको चौतारोमा मैले कुर्सिंग भारि बिसाएथें - तिम्रो डोको संगै र एकैछिनलाई सुसेली हाल्दै थकाई मारेथ्यौं -

आलुदम चाना
लाई राखौं मायाँ नि लै लै
लामो सम्झना।

फागुनमा एकझर पानी पर्यो। दाजुले तल्लो टाहारमा बाझो फुटाइसक्नु भयो। डल्ला फुटाउंदा फुटाउंदै तिमि एक्कासी चिच्यायौ। कोदालोको पासोले खुट्टाको बुढी औँठो फोरिछौ। म बनमारा माडेर लगाइदिरहेथें।
"कत्तिवेर लगाएको भन्या, कस्तो दुखिसक्यो।"
"दुख पाइस मंगले, आफ्नै ढंगले। अलिक आँखा हेरेर पो काम गर्नु पर्छ"

मकै छर्ने वेला हुन लाग्यो। चैतको नि १० गते भैसकेछ। "ए बुढा, मल नबोक्ने कि कसो यसपाली।" तिमि छेडछडमा थियौ। "विहे गरेपछि पनि सबथोक आफैंले गर्नु पर्ने?"
अनि भैसी गोठको १५-१५ भारी मल बोक्दा डवली गरो भरिन लागेथ्यो।
"अलिक पातलो हालान राम पियारी, पछि पुग्दैन फेरि।"
"मलाई के थाहा पुग्छ कि पुग्दैन - हजुरको वारी।"
"कस्को वारी रे?" मैले तिम्रो दुबै कानमा समाएर सुस्तरी निधारमा चुमिदिदा रातो गाला पारिरहेथ्यौ -
"कस्तो छिल्लिएको होला - मान्छेले देखे भने।"

बैशाख जेठ पनि गयो। असार लाग्यो। मकै लह लह भैसके। पानी पनि परिरहेछ। आज रोपाईं। म वाउसे - तिमि रोपाहार। अरु पनि धेरै छन्। हिलो छ्यापा छ्याप - खुब रमाइलो छ। कामचोर बाहुसेहरु देखेर तिम्रो कन्सिरि तातेछ -
"गफ मात्रै गर्ने - वाउसे गरेको गति चाहिं सप्पै खाल्डै खाल्डा।"
"रोपाहार धेरै भएछन् - सप्पै छोपिसके - के गर्ने त" - म बाहाना बनाइरहेथें।

भदौको अन्तिमतिर होला - गैरी खेतमा धान गोडीरहेथ्यौं - सिम सिम सिम सिम पानिसंगै - घुम ओडेर। धानको पातले कस्तो नमाज्जा संग मेरो देब्रे आँखा पाछ्यो।
"मलाई मात्रै भन्नु हुन्छ - आफैं बेहोसी हुनुहुन्छ। छिट्टो घर हिड्नुस् - सेक्नु पर्छ।"
अनि फटाफट घर गएर सेतो टालोमा तातो भातको डल्लो राखेर मेरो देब्रे आँखा सेकिदिरहेथ्यौ।

असोज लाग्यो। आज दशैंको टीका। तिम्रो विहानै देखि फुर्ति नै बेग्लै छ - वर्षीको पोथ्रो नाघ्ने दिन। बुवाले सबैलाई टीका र जमरा लगाइदिनु भयो। मैले पनि तिमिलाई टीका लगाइदिएँ-


"आयु द्रोण सुते श्रीयम् च दशरथे सत्रु क्षय राघवे


ऐश्वोर्य लहुसे गतिस्च पवने मानम् च दुर्योधने


सुर्यो शान्ती वलम् च हलधरे शक्ति च कुन्ती सुते


सज्ञानी विदुरे भव ती भवतम् कृतिस् च नरायणे


जयन्ती मङलकाली भद्रकाली कपालिनिनवदुर्गाक्ष नमो नम।"


कति हतारो तिमिलाइ उकालो लाग्न! म भन्दा अगाडि अगाडि पिपलडाँडा पुगेर गाइरहेथ्यौ - "मैले के गरौंतिमि आऊँछौ किअर्कै बे गरौं।" 


"गर्ने लाई कस्ले छेकेको छ र - तर मेरै अगाडि रुएको चाहिं यो आँखाले देख्न नपरोस्।"
म आइपुग्नासाथ तिमि उठिहालेउ। मैले दाहिने हात समाएर तानें र सल्लघारीको चिसो सुसाइमा एक्छिन् थाकाइ मार्दै म देखाइरहेथें- "उ तेहिं हैन पुग्नु पर्ने। भन्ज्यांग भएर कि सोझै जाने हो - आधा घन्टा मा त पुगिहालिन्छ नि - के को हतार!"

कार्तिक महिना हो। धान पाक्न लागिसक्यो। पहिला खर नै काट्नु छ। विहानै मेलाम पस्यौं। "कुरै कुरो छ यता त" - तिमि दिक्क मन्दै थियौ।मैले मेरो मेलो तिमिलाई दिएर तिम्रो मैले लिएँ। "यता पनि कुरो र'छ" - तिमिलाइ मेरो मेलो पनि अप्ठ्यारै लाग्यो। "काफ्ले जाउ - कुरो छैन" - म रिसाएझैं गरें। काफ्ले तिम्रो माइति गाउँ, तिम्रो पारो तात्ने नै भो - "काफ्ले ले हजुरको के नै बिगारेको छ र?"
"जिस्काएको नि नबुझ्ने मेरी लाटी बुढि!", फकाउन कति गारो हुन्थ्यो तिमिलाई।

पुन: मंसिर लाग्यो। जाडो खुव रमाइलो हुन्छ। सबै खेतहरुमा कुन्यु बनिसके। आजा डुंड खेतमा दाईँ गर्ने दिन। बिहान निद्रामै हुंदा मधुर आवाज आयो - "ए कान्छा, उड बाबु। पुगेर कुखुरो भुत्ल्याउनु पर्छ। पराल छिरोल्ने मान्छे नि कम छन्।"  मेरि प्यारी आमाको कोमल स्वरले कता कता निद्रा पातलिएछ क्यारे। सायद कोल्टे फेरें हुंला - AIT Student Village 12 A 1 मा।

क्रमस्...

सुर् न ताल्।


Last edited: 27-Sep-07 05:00 PM
Last edited: 29-Sep-07 02:34 PM

 
Posted on 09-27-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले जी,
गज्जबको छ लेखाइ, अर्को भागको पर्खाइमा!
 
Posted on 09-27-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब छ।
 
Posted on 09-27-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जबको सपना रैछ,

राम्रो लाग्यो हौ । साझामा एकसेएक छन सबै ।
 
Posted on 09-27-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपना चाइ गजब को अनि लेखाइ चाइ रार्मो छ। अर्को भाग पनि छिटै आ उला के रे।

 
Posted on 09-27-07 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks all for liking my style. It motivates me to try more.
 
Posted on 09-27-07 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि मिस्, कुरो सुन्दा त तपाइ पनि दैलानो पोतेकै मान्छे जस्तो छ। धन्याबाद्, मेरो कुरा मन परेकोमा।

कुम्ले जि, मुरि मुरि धन्याबाद्। नेपाली को गाउघर, तराइ पहाड उस्तै उस्तै त होला भन्छु। तर मेरो तराइको धेरै अनुबभ छैन्।

रिठ्ठे दाइ, मेरो कुरा मिठो मान्दिनु भे छ, धेरै आभारि भए।

उफ्रि, सपनै त हो, जे पनि देख्न छुट छ नि हैन। बिपनामा पो practical हुनु पर्छ। हे हे.. Intentionally १ वर्श बनाएको, तेसो गरेर प्रमुख् प्रमुख् कुराहरु सम्झन पाइयो नि, आफ्नो गाउको। अनि धेरै धन्यबाद्, पढेर मन् पराइदेकोमा।
Last edited: 27-Sep-07 09:49 PM

 
Posted on 09-29-07 1:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो कथा लेख्यो सुन्तले केटाले! गज्जब छ! हरेक अनुच्छेद आफैंमा कथा जस्तो छ! अरु पनि जाओस्।
 
Posted on 09-30-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम दाइ, म आभारि भए। तान्दैछु, हेरौ कति समय दिन सकिन्छ।
 
Posted on 09-30-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यात्रामा तिमि...
खन्ड २...

म बुल्बुले तालको पानी अन्जुलिभरि लिएर तिम्रो अनुहार देखाइरहेथें। तिमि कलकल धाराहरुमा पानी खेलिरहेकि, ८-१० बर्षकि सुकोमल बच्चि बनेर। म बोलाइरहेथें-"छोरिले खेल्छे अब पानीमा, आमाले अल्मलिएको स्वाहेन - आउ छिट्टो, गाडी छुट्ने बेला भैसक्यो।"

सुर्खेत् कोहालपुरको ८६ KM धुले बाटोले बहुत कस्टप्रद बनाएथ्यो - हाम्रो यात्रा। मानिसको खांदाखांदले सास् फेर्न पनि गर्हो होला झै। तिमि गुनासो गरिरहेथ्यौ- "प्लेन मा गएको भएनि हुने नि।" म आफ्नो निरिहता पोखिरहेथें-"पछि पैसा कमाएपछि चडौंला - प्लेन मात्र के, हेलिकोप्टर नै लिएर घुमौंला नि!"

कोहलपुरबाट लक्षमणा सम्मको २२ KM चाहिं आरामदायी थियो। राम्रो पिच बाटो। मेरि घरपेटी आमै हामीलाई देखेर यति खुशी भइन् कि तिमिलाइ अंघालो हालेर आँशु खसाइरहेकि - मानौँ बर्षौं पछि उनका आफ्नै छोरा बुहारी घर आएका हुन। उनले त्यो दिन तेहिं बस्न खुब् कर गरिन्। जुन कोठामा ७ बर्ष अगाडि म बस्तथें त्यो खाली नै छ रे। तिमि गालि गरिरहेथ्यौ - "हजुर त कस्तो मान्छे, जस्ले जे भन्यो तेहि मान्ने। जां पायो तेहि म त बस्तिन।" म बुझाउन खोजिरहेथें - "यो कँ जाँ पायो तेहिं हो र। उहांहरु मलाई छोरा जस्तै मान्नु हुन्छ। डेरावला नै भएपनि आफ्नै घरजस्तो गेरेर म ८ महिना बसेथें - यहि कोठामा - मलाई एकदम माया लाग्छ उहांहरुको।" त्यो, त्यो घर थियो, जहां मैले जिवनको पहिलो जागिर गर्न पस्चिम तराइ जादा एउटा सुन्दर आतिथ्यता र अपनत्व पाएको थिए, डेरा गरेरै बसेको भएपनि। बर्दिया, तिम्रो देउडाकला, त्यो health post construction site र त्यो लक्षमणा गाउँ, मेरो पहिलो overseer जिवन, आहा......

भोलिपल्ट बिहानै हामी चिसापानीको चिसो पानीमा नुहाइरहेथ्यौं। कर्णाली नदि हिमालका हिउँहरु बोकेर त्यो चिसापानी हुंदै तराइतिर झरेकि छिन्।
-"राम प्यारी, कस्तो जाडो भयो।"
-"कस्ले नुहाउनु भनेको थियो त? अव म कसरी न्यानो बनाइदिउँ?"
यताउति हेरेथें। नजिकै कोहि थिएन। तिमिलाई म संगै तानेथें र त्यो चिसोपना लाई भुलेर हामि धेरै वेर पानीमा खेलिरहेथ्यौं।

कर्णाली आडको एउटा होटलमा खाना खाएर हामी पुलमा गएथ्यौं। त्यो विशेष पुल जो एउटा मात्रै पिलरमा उभिएको छ - विशाल पिलर। हामीले धेरै फोटोहरु खिचेथ्यौं।

धनगढि नेपलगन्ज को bus पक्डेर फर्किरहंदा बबइ सिंचाइ परियोजना छेउछाउ बर्दिया रास्ट्रिय निकुन्जाका हरिणहरुले तिमिलाइ देरै रमाइलो दिएका थिए। खुबै प्रफुल्ल मुद्रामा तिमि झ्याल बाहिर हेरिरहेथ्यौ।
-"कहिं त्यति रमाईलो नलाग्ने मान्छेलाई यो हरिण ले चाहि मोहनी लाएछ।"
-"चुप लाग्नुस् हजुर्। बेकारमा दिस्टर्ब गरेर आर्कालाइ। कस्ले भन्यो म अन्त बेखुसि थिए?"
-"हे हे, तेसो भए false assumption मा परिएछ।"


कर्णाली नदि बाटा नेपलगन्ज को कर्णाली होटल सम्म को यात्रा अहिले समाप्त भयो। तिमि थकित देखियौ। एक्छिन् थकाइ मारियो। तिमि फ्रेश् हुन र अरु तयारी मा लाग्यौ। ढिला भैसक्यो, कति time लगाउने होला यि आइमाइमान्छेहरु, अलिकता प्रेसर बढेछ कि कसो आफ्नो नि।-"हैन सकिएन? छिट्टो गर छिट्टो। जहिले नि तिमि ढिला गर्छौ।"

साँझखेर हामी टाँगा चडेर रुपेडिया गएथ्यौं। होटल बाट ४-५ KM मात्रै होल, सिमानाको सानो Indian बजार, रुपेडिया। बनियान हरु खुब सस्ता। "हजुर् एक्छिन् यतै बस्नुस् है" - तिमि खै कता हरायौ। एक्लै कहा लाग्या होला, यो अर्काको देशमा। कता कता रास्ट्रियता खड्किहाल्ने, सिमाना काट्न साथ। आखिर के होला यो सिमारेखा। एकैछिन् train station हेरेर फर्किदा अंध्यारो भैसकेको थियो, अर्काको देशमा, रात ब्याल। कता कता डर हो कि के हो मनमा। हतार हतार लम्किरहेथ्यौ हामी। सिमाना वारि तिर।

भोलि बिहानै बागेश्वरी भगवतीलाई दर्शन गरेर हामी रंगशाला तिर घुम्न निस्केथ्यौं। मलाइ खुल्दुली लाग्यो
- "के माग्यौ?"
- "किन भन्नु हजुरलाइ!"
- "मैले के मागे थाहा छ?"
- "के?"
- "छोरी - सुन्दर, तिमि जस्तै!"
- "मैले छोरा मागे, तर हजुर जस्तो हैन, अलिक smart।"
मौले तिम्रो टाउकोमा प्याट्ट पड्काएं
- "अनि न smart मान्छे संग किन हिडेकि त?"
- "म जो सुकै संग हिडौ, हजुरलाइ के मतलव!" मानौं तिमि कोहि अरु संग मेरो कुरा गरिरहेछौ।

रात्रि बस ५ बजे छुट्यो - नेपलगन्जबाट। लमहिमा बेलुकाको खना खादा मैले सुनाएथें - "पोहोर शाल यहिं हो माओबादीले आक्रमण गर्दा रात्रि बसका पनि दर्जनौं यात्री मारिएका।" तिमि त्रसित बनेउ। हतार गर्न खोजिरहेकि। छिट्टो त्यो ठाउं छाड्न पाए। तर तिमि driver होइन। उ त कहाँ हो 'खोया बिर्के' तान्दै होला।

बुटवल पुग्दा १२ मात्रै बज्यो। बस पार्कमा एक एक सोली चटपटे खाएर होटल खोज्न तिर लागियो। दिनभरको घुमाइ अनि ७-८ घन्टाको बस, थकान ले सिमा नाघिसकेझैं छ। तिमि भुसुक्क निदाइ सकेकी, म के के सोच्दै ढल्किरहेथें।


क्रमस्...

सुर् न ताल्।


 
Last edited: 30-Sep-07 03:38 PM

 
Posted on 10-01-07 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow अति सुन्दर, कसरि लेख्न सक्या होला यस्तो भन्चु र। आफ्नै अनुभव हो त सुन्तले?
अनि उता चौतारीमा नि सोध्या थे कथाको पहिलो भागमा त्यो के कुरो र मेलो भन्या के हो? ?
 
Posted on 10-01-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्षमा चाहन्छु। जोरो आएर सुतेको थिए। तै पनि साझा नहेर सकिएन। जिवन सङिनि उता कराइ रा छिन्, "जोरो आउदा नि सझा नखोलि नहुने, कस्तो मान्छे होला।"

खै कस्तो लत हो यो साझाको?

अब कुरा आयो मेलो र कुरो को।

सान्नानी, 'कुरो' भनेको एकप्रकार् को घास को रुपमा प्रयोग् गरिने झरपात् नै हो, तर त्यो mature भएपछि सनो सानो काडाहरु तयार् हुन्छ, तेस्को फुलबाट र तेस्लाइ छुन पुगियो भने लुगा भरि टासिएर हैरान् खेलाउछ, निकालेर फ्याल्न एकदम् गर्हो, कहिले त लुगा नै च्यातिने। कुनै कुनै कुरो त सरिर मा नि गाडिन्छ, जस्तो अर्थुङे। खत्रा हुन्छ।

मेलो भनेको कुनै खेत बारिको काम् गर्दा अफ्नो भागमा लिएको अंश हो - अर्थात अफ्नो मेलो भनेको आफुले गर्नु पर्ने काम को भाग हो।
 
Posted on 10-02-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरनताल जी, बडो दामी सुर र ताल भा बिबरण पढ्नमा पाइयो!

नेपालीमा द्वतीय पुरुषमा लेखेको मैले यो बाहेक एउटा उपन्यास मात्र पढ्या छु। नौलो र राम्रो प्रस्तुति। एकदम सजीव चित्रण!

अस्तु:॥
 
Posted on 10-04-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaalab जि, आभार। सुर् ताल् मिलेको मान्दिनु भयो, हौसिए। नौलो र राम्रो पनि भन्दिनु भो, अहोभाग्य। धन्याबाद्।


 
Posted on 10-04-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यात्रामा तिमि ३

बुटवल पुग्दा १२ मात्रै बज्यो। बस पार्कमा एक एक सोली चटपटे खाएर होटल खोज्न तिर लागियो। दिनभरको घुमाइ अनि ७-८ घन्टाको बस, थकान ले सिमा नाघिसकेझैं छ। तिमि भुसुक्क निदाइ सकेकी, म के के सोच्दै ढल्किरहेथें।

"ए हजुर् नौ बजिसक्यो! छिट्टो उठ्नुस्!", म झल्यास्स बिउझिए। घाम घरमाथी पुगिसकेछन्। आज पनि दौडा दौड होला जस्तो छ।

बुटवल तानसेन को त्यो ४०-५० KM होला, तीखा घुम्तिहरु- डरलाग्दो। प्रत्यक मोडमा तिमि मेरो हात पक्डन्थ्यौ। लाग्थ्यो गाडी बाटो भन्दा बहिरा गैसक्यो। तल सिधै तिनाउ छिन्। कलकल बगेकि। आँग सिरिंग हुने। कौयौं दुर्घटना सुनेको छु/देखेको छु। यो बाटोको। एउटा Motercycle को कथा सुनाएँ मैले।
"यहि सडकमा काम गर्ने एउटा इन्जिनियर ऊ तेहि घुम्तीमा मोटरसाइकल घुमाउन नसकेर सौयौं मिटर तलको तिनाउ तर्फ उडेको थियो। अचम्मको भाग्य उस्को, ऊ त्यो बुट्टामा अल्झेर बाँच्यो। उसको Bike का टुक्राहरु पर पर छरिएका थिए।"
तिमि अझै डारायौ। म अझ मेरो आफ्नै काहानी सुनाइरहेथेँ।
"तेतिबेला म राम्रो सँग सजिलो बाटोमा पनि मोटरसाइकल चलाउन जान्दिनथेँ। ठेकेदारले दिएको त्यो खटारा Bike। Brake पनि राम्रो संग लाग्दैन्थ्यो। उरन्ठेउले उमेर। म तेहि Bike मा पछाडि बलरामलाई राखेर बुटवल तानसेन, तानसेन बुटवल गरिरहन्थें। यहि घुम्तिहरुमा। अहिले त आफैंलाइ कस्तो डर लाग्छ।"
तिम्रो धडकन अझै भढ्यो - "हजुर त वेवारिसे टाइप को मान्छे। यस्तो डरलाग्दो बाटोमा। कस्तो आँटपनि आएको? केहि भएको भए।" म हाँस्दै थिएं - "अरु त ठिकै हो, तर केहि भएकै भए पनि तिमिलाइ त के फरक पर्थ्यो र। म हुन्नथेँ। म यो सन्सारमा जन्मेको छ कि छैन नै थाहा थिएन त्यो बेला तिमिलाइ। बराबर। बरु कोहि अर्कै तोरि लाहुरे संग बिहे गरेर यत्रो घोर्ले छोरो पाइसकेकि हुन्थ्यौं। झन मज्जा।" तिमि मेरो तिघ्रामा चिमोटी रहेथ्यौ - "यत्रा मान्छेले सुनिराछन् बसमा। के के बोलिराको यो मान्छे।"

तानसेनको टाउकोमा कति सुन्दर बगैंचा। हामीले लामो सुशेली तानेथ्यौं र रमाइला कुराहरु गरेथ्यौं - हाम्रो संसारका।
"अव भिमसेनगोलामा घर बनाउने, अनि मात्रै छोरा पाउने।" तिम्रो योजना थियो।
"घर बनाउन नसके सधै वाउ नबन्ने त?" फेरि कुरा मिलेन।
"हजुर् जे सुकै गर्नुस्, म त नाइ!"
"घुर्कि हो कि धम्कि हो यो?"
"जो सोच्नुस्, कुरा तेहि हो।"
"भगवान् रक्षा गर!"

मैले एउटा ढाका टोपी किने। तिम्रो रोजाइको। तिमिले एउटा ढाकाकै वर्को किनेउ। मेरो रोजाइको। किन किन अरुको रोजाइ मन पर्ने। कस्तो सँबन्ध यो तिमिसंगको।

पाल्पाली ढाका टोपी सिरैमा थियो, हामी भरतपुर पुगिसकेका थियौं। साँझको खाना खाने रे। बाटो छेउको होटल। गुरुजि को मिलेमतो। उहि फुस्रो भात। झोल हालेको टर्रो बोइलर। नाला वाला इनारको तरलाग्ने पानी। कसरि खाने? तिमि मुख बिगारिरहेथ्यौ।
"कस्ति राम्रि रहिछिन् तिनि।" एउटी तरुनि केटी तर्फ औंल्याइरहेथें, तिम्रो मुड परिवर्तन गर्नु थियो।
"बोलाइदिमत कुरा गर्न?"
"यो ढाकाटोपीवाला पाखे संग के कुरा गर्लिन र?"
"ओर सर्नुस्। म टोपी हटाएर कपाल कोरिदिम्ला।"
"भैगो। तिमि जत्ती राम्री त छैनन्।"
अनि फेरि तिमि रिसाएझैं गरिथ्यौ।
"म राम्रि भए नि नराम्री भएनि तपाईंलाई के? तपाईँ को हो र मेरो?"
"पोइ भन्छन् मलाई मेरि प्रिया को, बुझेउ राम प्यारी।"
"मेरो कोहि पोइ सोइ छैन।" तिमि उता फर्किएथ्यौ।
"OK, तिमि र म नचिनेको मान्छे। जाउँ बसमा।"

बस पुर्व तर्फ लाग्यो। समथर संसारमा। अँधकारलाई तिखा head light हरुले छेड्दै। तिमि पर आकाशका ताराहरु देखाउदै "ध्रुव तार तेहि होला" भनिरहेथ्यौ। मैले भनेथें - "ध्रुवतारा त विहानी पख पो झुल्कन्छ त, तेति वेला त हामी ढल्केवर तिर पुगिसकेका हुन्छौं"

म कत्तिवेला झकाएछु पत्तै भएन। ब्युँझदा तिमि अझै मस्त निदाइरहेकै थियौ। एकैछिनमा अ-मलेखगंज आयो। त्यहाँ मैले कुनै दिन ३ घन्टा लाइनमा घडा भएर बिताएथें। सैनीक को जाँच कुरेर। तिमि निदाइरहेकै छौ। बस अनकन्टार जँगलमा अनकन्टार अँध्यारोलाई छिचोल्दै अझ पुर्व तिर हुँइकिरहेछ। पथलैया पनि गैसक्यो। तिमि निदाएकि निदायै छौ। मलाइ उठाउन मान लाग्यो। कुरा गर्ने कोहि छैन। फेरि के दिस्टर्ब गर्नु। मस्त निदाइरहेकि मान्छेलाइ। मैले एउटा स्याउ र Frooti निकालें। भोक लागेर हैन, अलमल्लिन।

"हेर मलाई नउठाइ एक्लै खान लागेको।"
"हँ अ अ अ अ!" म झस्किएँ। तिमि आफ्नो अनुहारलाइ मेरै छातिमा म तिरै घुमाएर मुख बंग्याइरहेथ्यौ।
"हैन तिमि निदाएकि निदायै भयौ भनेर साथि निकालेको।"
"म एक्छिन् नहुना साथ अर्को साथी खोज्ने हजुर् नराम्रो मान्छे।"
"ल ल। राम्रो भएनि नराम्रो भएनि फेर्न मिल्दैन। उठ। Frooti खाऊ। "

तिमिले Frooti लिंदा नलिंदै बस ढल्केवर पुग्यो। ३ बजेको रहेछ।
"ए ढल्केवर। खै त ध्रुवतार।"
"ध्रुव त भरतपुरमै छुट्यो। तारा पछाडि सिटतिर होलिन्। तर तिमि पनि छौ। क्या बोर।" मैले कुरा बङ्याएँ।
"म केहि भन्दिन। जो सँग जान मन छ गए हुन्छ।"
"ल हेर तापक्रम बढेको। भमरा चाहिं पक्कै दुइटा होलान् - टाउकोमा"
"हेर्नुस् न छ कि छैन, थाहा भै हाल्छ नि।"
मैले यसो कपाल पल्टाएर हेरेझैं गरेथेँ।
"छाड्नुस्। अर्कालाइ छुनु पर्दैन।" तिमि पर सेरेथ्यौ। रमाइलो। जति सरेनि सिट तेहि थियो। एउटै। जोडिएकै। म हांसिरहेथें।
"किन हाँसेको। अहिले पिटिदिन्छु अनि।" तिमि अझ पर सर्न खोजेथ्यौ।
"लौ त हेरौं पिटेको।" मैले तानेर म संगै ल्याएथें।

बिहान् झिसमिसे भएको रहेछ। "ए हजुर् हेर्नुस् त कोसि ब्यारेज आएछ"। म आँखा मिच्दै झ्यालतिर फर्किएथें। त्यो १ KM लामो बाँध। जसले नेपालको नगन्य तर भारतको महत्वपुर्ण भुभागलाई डुबान बाट बचाउंछ। र तेहि एउटा पुल छ, जसबात देशको सबै भन्दा ठुलो नदि वारपार गर्न सकिन्छ। तिमि मन्त्रमुग्ध अथाह लाग्ने समुद्र जस्तै पानीको संसारमा रमाइरहेथ्यौ। भारदहका जहाजी केराहरु हाम्रो बसको झ्यालबाट भित्रै सम्म आइरहेथे। तिमिले ठुलै काइँयो किनेथ्यौ। सस्तो थियो। १० रुपैयाँ को २०-२२ वटा। केरा खादै गर्दा बस अगाडि बढिरहेथ्यो। सुनसरीका धान फाँटहरु हुंदै झुम्का पुग्दा जम्मा ७ बजेथ्यो।

क्रमस..
सुर् न ताल्।

पुनस्च: अव कता जाने सोचिराछु। सायद् चतारा नहर् हुदै चतारा-वराहछेत्र सम्म पुग्छुकि।

Last edited: 04-Oct-07 03:15 PM

 
Posted on 10-04-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर न ताल जि, सार्है मिठो, मन नै रिझाउने शैली अनी कथाबस्तु पनि कती मज्जाले प्रस्तुत गर्न सक्नु भएको। Especially in 2nd part, I loved it so much and it did remind me of something ( you have described about the Chisapani , Karnali Bridge with one piller, Bardia, and Dhangadhi jaane bas) I have spent my 18th springs since my birth just 45 mins west from that Karnali bridge.  
अझ, कर्णाली होटेल नेपालगन्ज, रुपैडिया बजार, बुटवल आदी कुरा हरु। शरीर नै तेही माटो ले बनेको महशुस हुन्छ। कलेज्- काम् र घर् आउने जाने बाटो नै तेहि थियो मेरो लागि, सयौं पटक् ओहोर् दोहोर् गरियोहोला तेहि बाटोमा। तेही बाटोले डोर्याएर आज यहाँ सम्म पुर्याएको हो।
धन्यवाद सार्है मिठो कथाको लागि , आशा छ  फेरी पनि यस्तै मिठा कथा हरु पढ्ने अवसर पाइनेछ। 



 
Posted on 10-04-07 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Surnatal,

Very sweet and flawless writing!

But, I was wondering where you guys heading to ? I mean the final destination. …..

Love to read more.


 
Posted on 10-04-07 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow.nepal जि,

त्यो मेरो पनि कर्म थलो हो। धेरै त हैन, तर त्यो ८ महिना थोरै पनि थिएन, त्यो परिवेस् बुझ्न, अर्पन र धारन गरेर तेसैमा रमाउन। ८ महिनामा ८ पटक् भन्दा बढि गरे हुंला बर्दिया - KTM, दिउंसो, राति थरि थरि। एकदम् रमाइलो हुने।

बबइका किनाराहरुमा खुब् सुसेली हालियो, सायद त्यो उमेर, १८-२०, तेसै पनि रमाइलो हुने, लाग्ने, गर्ने उमेर। फेरि पहिलो पहिलो जागिर्, घर भन्दा पर, एक्लै, एउटा भिन्न परिवेस्, बिन्न सस्क्रिति, भिन्न रहनसहन्, भिन्दै प्रक्रितिका मान्छेहरु, अनुभबको त खानि नै रह्यो मेरो त्यो क्षत्रको छोटो तर मीठो बसाइ। म कल्पि रहेछु, पुन म कहिले पाउँला ति सिसौका पालुवाहरुमा लुकामारी खेल्न। तपाइलाइ धेरै धेरै धन्याबाद्।

Athena जि,

 धेरै धेरै आभार तथ हार्दिक् धन्यबाद्। मेरो आशा हो मध्यपचिम को सदर्मुकाम् बिरेन्द्रनगर देखि पुर्ब को सदर्मुकाम् धन्कुटा सम्म को यात्र बनाउ। वास्तवमा यो एउटा सपना हो, सपनामा जति पनि उड्न मिल्ने। तेहि भएर कता बाट कता पुग्ने हुँ ठेगान् छैन्।

 


 
Posted on 10-05-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 रमाइलो छ।
 
Posted on 10-05-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...kaha sur na tal bhanyeko hola afu laee....yeti dherai sur ra tal bhayeko hunu hudo rahecha

 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters