[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 206321 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-12-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय होस् नमेको! भलो होस्! सन्तानले डाँडाकाँडा ढाकुन्!

नमे मेरोमा माथिल्लो फुटो खुलेन। सानी नानीले भाईलाई टिको लाईदेकोचैं खुल्यो।
यसपालि देउसी-भैलो जमेर खेलम्ला।
अहिलेलाई भने म पिङ खेल्न लागें।
 
Posted on 10-12-06 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुल्यो, खुल्यो, अहिले त माथिल्लो पनि खुल्यो।
 
Posted on 10-12-06 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे के छ हालखबर? यि फुटा भनेका यस्तै हुन्,घरि खुल्ने घरि नखुल्ने ।
 
Posted on 10-12-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँचिया छ नमे! नमेको के छ नि? आज त ब्यान-ब्यानै चौतारी चिनिएछ त! बिदा छ कि के हो?
 
Posted on 10-12-06 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै हो गोतामे । कामको चपा चाप । साह्रै नभ्यार १ घण्टा अगि आएर चिनेको नि चौतरो । के गर्ने तिहार आय्सक्यो । अब दसैं को पिङ कति खेल्ने? पहेलो बालिमा पिङ खेल्नु हुन्न भन्चन तेसैले नि ।
 
Posted on 10-12-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक कुरो ग-यो नमेले, पहेलो बालीमा पिङ खेल्नु हुन्न। तेसैले लक्ष्मी-पूजाको लागि तयारीमा लागें म।

 
Posted on 10-12-06 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमेलै नमस्ते गरै है नयाँ चौतारीको लागि ....

अनि खेरि गौतम बाउ(बाबु)रिसाउलान लु गौतमलै नि पछ्यौरी हत्केलाँ राखेर ढोग अरे है.

हन यि गौतमले काग र कुकुर लै किन मन नपराम्ने र"चन र हो । एकै चोटी लक्ष्मी पुजा अरे । तिहाराँ गर्जो टार्न लै पैसो चाहियार'च के रे :D:D:P


.....लक्ष्मी पूजा आइसक्यो र भन्या ?:D
 
Posted on 10-12-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आ है! भन भन भाई हो! - देउसी रे!
राम्ररी भन - देउसी रे!
ए! चिप्लो बाटो - देउसी रे!
लड्दै पड्दै - देउसी रे!!
ए! आएका हामी - देउसी रे!!
ए! केराको थम्बा - देउसी रे!
पाँच भाई जम्मा - देउसी रे!

हरेक साल तिहारमा मलाई त्यो बेलाको खूब याद आउछ।

हामी केटाकेटी हुँदा चार पाँच जना मिल्ने साथीहरु भएर एउटा देउसे टोली बनाएर चिने चिनेको घरमा गएर देउसी खेल्थ्यौँ। नचिनेको घरमा त धेरै पैसा नदिने अनि काममात्र बढ्ने, त्यहि भएर चिनेका घरमा गइन्थ्यो अनि अलि बढी पैसा कमाइन्थ्यो।

कुरो चाँहि के थियो भने, हामीहरु मध्ये जस्ले चिनेको घर छ त्यो चाँहि माथी घरमा गएर पैसाको बार्गेन गर्ने अनि अरु चाँहि तल बसेर देउसी रे भन्ने। माथी पैसाको कुरो मिलेपछि मात्र त्यो साथी हामी सङ्ग देउसी रे भन्न आउँथ्यो। अनि साथी साथी मिलेर इशारामा कति आउनेभयो भनेर कुरो बुझ्न खूब रमाइलो हुन्थ्यो।

देउसी सकेपछि पैसा बाँढ्ने बेलामा चाँहि अलि टेन्सन हुन्थ्यो। भट्याउनेले अलि बढी पाउनुपर्छ भन्ने। अर्को ले मेरो आन्टीको घरमा धेरै दिएको थियो त्यहि भएर मैले अलि बढी पाउनुपर्छ भन्ने। एक रुपियाको लागी खूब झगडा गरियो त्यो बेलामा।


नमेलाई धेरै धेरै धन्यवाद नयाँ चौतारी बनाएकोमा।

गोताएँ दाई नमस्ते।

उता अर्को चौतारीमा ठुल्नानीले मलाई मिस गरिन रे। उनलाईपनि नमस्ते।

मिस नमस्ते!

:D
 
Posted on 10-12-06 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई आज रउसी लागे जस्तो छ, मिसले मलाई पनि ढोग गरें भनेर भनेको पो सुन्छु गाँठे!
मिसलाई मैले पो ढोग गर्नुपर्नी! दण्डवत गरें मिस!
अहिल्यै काँ' लक्ष्मी-पूजा ग-या हो र मिस, पोहोरको लक्ष्मी-पूजा सम्झेको पो त! खास भन्नी हो भने मलाई त लक्ष्मीको भन्दा काग-कुकुरकै बढी भर लाउच ल! जति पूजा गरेपनि लक्ष्मी दाइना भ'की हैनन् के रे मेरा! यसपालादेखि त पूजै नगरम् कि जस्तो पो लाग्या छ!

जदौ कुम्ले। रमाईलो हुन्थ्यो बच्चामा देउसी खेल्दा। कुनै कुनै घरमा त जति कराए पनि मान्छे नउठ्नी अथवा बत्ती-सत्ती निभा'र नसुने जस्तो गर्नी। एकचोटिको देउसीमा हामी खेल्दै-खेल्दै पाखाका स्यानाबाकाँ पुग्यौं। आँगनमा पुग्ने बेला सम्म कोठामा बत्ती बल्या देखिया थ्यो, हामी आ'को थाहा पा'सी बत्ती निभ्यो। हामी आँगनमा उभिएर धेरै बेर करायौँ,तर ज्यान जाला मान्छे बाहिर निस्किने हैनन, बत्ती पनि बाल्ने हैनन्। अन्तिममा अलि झोंक चलेर ठट्यौलो पाराले "यो घरमा भूत लागोस्, पिशाच बसोस्, लक्ष्मीले कहिल्यै बास नगरुन्---" आदि भनेर हिँडियो। आँगन कटेर तल्लो घरतिर लाग्दै थियौँ, स्यानाबा झ्यालाँ निक्लेर कराउन थाले, "ए--- राँडाका छोरा हो! कल्लाई सराप्या हँ? खुट्टा-सुट्टा भाँच्दिउँ तिमेरका-----!"
हामी केटकेटीनै थ्यौँ, स्यानाबा साँच्चिकै पछि लागेर आउलान् र पिट्लान् जस्तो लागेर दुई-चार घर हापेर अलि पर पुगेरमात्रै फेरि देउसी शुरु ग-यौँ।
 
Posted on 10-12-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि
 
Posted on 10-12-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकासमा तारा घर आँगनमा दीयो
सेल बनेर तिहार जिस्काउने गर्थ्यो

मनमा कमलो रहर थियो
ओखर बनेर तिहार कैले त रीसाउथ्यो

कोठा सडकमा खाल थियो
दाउ बनेर तिहार बोलाउथ्यो

लाज लाग्या नी थाह पाउथ्यो
भैलो बनेर तिहार आफै गाउथ्यो

मनमा बासना चलेकै थ्यो
देउसिरे बनेर तिहार झन् आँधि ल्याउथ्यो

इन्द्रेणी टीका निधारमा हुन्थ्यो
तिहार तिहार बनेर आउथ्यो ---

अभिबादन!
 
Posted on 10-12-06 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज दन्ते झाँक्री काँ जानु छ, बर्खेनि सफाईको लागि। तिहाराँ अनि आफ्नै दाँतले ओखर फोड्न हुन्थ्यो, बुईनीहुरलाई किन कष्ट?

नमेलाई आशिष, अरु सबैलाई परनाम। रिकुटे बज्जेले त तो बुढो ज्यानलाई गोरखपुर धुमाम्न लानि रे तिहार सकेसि। आफू नि उतै भर्ति हुन पाए हुन्थो के रे, उमेरले दिन्न होला। नत्र फिलमको हिरो बन्लाऊ नि बुढा भनेच के रे रिकुटे ले, हेरुम्!
 
Posted on 10-12-06 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poonte!
dantey jhankri lay bhako ek duito ni jhikdela ni pheri...gija lay chapawuna parla sale roti
 
Posted on 10-12-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिरा बा ले नि फेरि सातै लानु हुन्छ के! नजाम् कि के हो दन्ते झाँक्री काँ?
 
Posted on 10-12-06 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबैलाई तीहार २०६३ को शुभकामना छ है ।
 
Posted on 10-12-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि
hahaha maile pani copy paste garidiye kumle ko typing dada bro le gare jasto :))
 
Posted on 10-12-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलुट छ हो सब गाउलेलाइ
और दिवाली मुबारक !

पून्टे दाजीलाइ रोजको सलाम्। क्या नाम ! आपको पिच्चरको हिरो बनाउने जिम्मा मेरो भो ( जौन् क्याटेगोरीको फिलिम् भे नी हुन्छ है )
 
Posted on 10-12-06 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या नाम ! दिवालिको बातले बच्पनको याद् ताज बनेर आयो।

क्या नाम! बच्पनमा हाम्लाइ दिवालीको बडा इन्तजार् हुन्थ्यो, सब्से ज्यादा देउसि भैलोको । जेब् मा फुटि कौडी नभे पनि दिवालिमा दिने भन्दै हामी पुरा साल लुक्छुपके पत्ता खेल्थेयौँ।


एक साल जुठो परेर हाम्रो घरमा दिवालि न मनाउने भयो। पर् मलाइ भैलो खेल्नु पर्ने । फेरि दोस्तहरुले पनि जिद् गरे, क्या नाम! हाम्रो टोलिमा मादल बजाउन सक्ने म मात्र । आखिरमा हुन्छ भनेर भैलो खेल्न सुरु गरियो, पर् जुठो पर्दा पनि भैलो माग्न जान मेरो खुद्दारीले दिएन।

त्यसैले अरु सबलाइ आगनमा भैलो माग्न पठाएर आफुले चाहिँ करेसाबारी बाटै मादल् ठोकिदिएँ:
घुम् घुम् पाक्कुम् झिन्ताङ् ताङ्
(भन् भन् भाइ हो भैली)

क्या नाम ! बादमा त घरमुल्ली नै करेसामा आए, प्लेब्याक मिउजिक् काहानबाट आयो भनेर परेसान् भएछन् के।

क्या नाम! सारो हास्सो भो।
धत्त् !
 
Posted on 10-12-06 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters