[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 199601 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-02-06 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ नमे, धन्यवाद। चौतारी चिनेका पुन्नेले तेरो पनि घरबार होस्, लालबाला जन्मिउन्, डाँडाकाँडा ढाकुन्!

भउते र पुण्टे दाइको कुस्ती पर्ला र ताली पिटेर रमाइलो हेरम्ला भनेको, पुण्टे दाइ डराए जस्तो छ। अब गाइजात्राको दिन कल्लाइ लडाउने होला हँ?
 
Posted on 08-03-06 6:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे, अति असल काम अरयौ तिमीले । पुरानो धागो धेरै क्राउडेड् भै सक्या थ्यो......... साधुवाद छ तिमीलाई.......... पाक्षिक रुपमा धागो बदल्ने कुरा मलाइ चाँहि मन् पर्यो....... अरु मित्रहरुको राय के छ कुन्नि......

त्यै त भन्या गाइजात्राको दिन खतरा रमाइलो हुने भो भन्ठानेको, बोरइ हुने भो नि यार ..... पुन्टे दाई र भौतेको कुरो मिलिसकेर ..... तर पुन्टेदाइले लास्ट्मा एउटा लर्को त छोड्नुभा'छ नि :-)..... भौते ले त्यत्रो जिम अरेको तेत्तीकै खेर जाने भो त ? ? ? मैले त झन बाजी लगाउनेहरुको पैसा पनि उठाइसक्या थे ...अब चाँही भूमिगत नै हुनुपर्ला जस्तो छ ... बर्बाद भो ।

जे होस् हाजीर चाँही चाइन्जो अरि हालौं क्यारे, फेरी झ्यालबाट फुत्त निस्किनुछ ........ रोल लम्बर हन्ड्रेड वान ......... यस मिस् ......

ला......... चौतारीका सबै मित्रहरुलाई अभिवदन त गर्नै वीरसेको ..........

मुखियाबा ढोग गरे है ...........
नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, काका सबैलाई नमस्कार छ है ...
पुन्टे, निरे,सन्जु, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे, सान्नानी, तितौरी सबैलाई ह्यान्ड सेक....

अरु सबै मित्रहरुलाई पनि जदौ छ है, यो ग्वाँचेको तर्फबाट........
रेशम फिरिरी .........
रेशम फिरिरी .........
 
Posted on 08-03-06 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे बधाई छ नयाँ चौतारी बनाउनु भाको मा । लु म नि हजिर भए

रोल # ६ ठुलि
हजिर मिस्
 
Posted on 08-03-06 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेदाइलाई नेपे भन्दिन ठुल्नानीले! चश्माको पावर कम भएछ ठुल्नानी तिम्रो। कति पढ्न सकेकी हो? जमलचोकमा चश्मा पसल छ, जाऊ त्यहीं गएर जँचाऊ। त्यहाँ त "कम्पुटर प्रणालीबाट आँखा चेक गरिन्छ" रे! :)

ल त रोल लम्बर २, गालब पनि यहीं छ है!

अँ साँच्ची, आजभोलि रोल नं १०१ भन्ने नयाँ साथी आ'का छन् क्यारे! 'के घर के डेरा' को हरिबंशेको पो याद आयो त हो!
 
Posted on 08-03-06 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'भन्दिइन्' भन्न खोज्या, 'भन्दिन' भएछ। भूलचूक माफ!!

रोल नं हन्ड्रेड वान त ग्वाँचे पो रैछन्। :D अनि चक्कर चैं को सित छ हो? फेरि केटीले गीत गाइदेलिन् --"'अब तिमीले मलाई पाउने आशै नगर ---- "
 
Posted on 08-03-06 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब, चौतारी को इस्कुल मा ढिलो भर्ना भा', ठ्याक्कै हरिबन्श दाइकै रोल लम्बर परेछ मेरो त कस्तो गजब ....
 
Posted on 08-03-06 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब धन्यवाद सुझाब को लागि । म जहिले नि नमे र नेपे मा कन्फुज हुन्छु । नमे माफ पौ है ।
 
Posted on 08-03-06 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिबंशको रोल लम्मर परेको हो कि छानेको हो? मलाई त छानेजस्तो मान्या छु है

जे होस्! यो साउन महिनामा खास भने वर्षे बिदा हुन पर्नी हो! तर याँ चौतारीमा चैं १२ मासै किलास चल्छ। त्यै भ'र जैले भरना गरे पनि उही हो। स्वागत छ! बरु सिट चैं कताको रोज्नी हो? पछाडिको बेन्चमा बसे हल्ला गर्न पाइन्च क्यारे!
 
Posted on 08-03-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे ले बनाको हो यो चौतारी? राम्रो गर्यौ, धन्यबाद छ तिमीलाई!

अनि के के छ नि यो पाली को गाइजात्रा को लागि? ल्याउन पर्‍यो अब त।
 
Posted on 08-03-06 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हात्ती र हात्ती छाप चप्पल जस्तै हो ..... छानेको भने नि, परेको भनेनी उस्तै उस्तै हैन र ? सिट त गज्जब सँग पछाडिकै छान्नु पर्ला, हल्ला पनि गर्न पाउने, हाजिर गरेर फुत्त झ्यालबाट भागन पनि पायिने, खै म पनि त्यो झ्याल्तिरको कुना मा बसौँ , गालब, अलि उता सर त

अस्ती कुम्लेसँग भागेर माछा मार्न गा' को क्या मजा आयो ....... दिन भरि माछा पनि मारियो, पौडी पनि खेलियो, (खुसुक्क गालब को कानमा..... तिमि पनि जाने हो आज पल्लो गाम्मा भेडिओ हेर्न??? कति मज्जा आउँछ, जाने भये छिटो छिटो हाजिर् गरि हाल)
 
Posted on 08-03-06 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद है गोतामे, ग्वाचे, ठुली,गालब र कुम्लेलाइ । अब यसपालिको गाइजात्रामा भउते र पुन्टे दाइको जुधाइ हेर्ने भनेको तेतिकै भयो क्यारे । अरुनै किहि गर्नु पर्ला । यसो सप्पैले गाइजात्रे कथा, कबिता, कार्टुन ( आफ्नो अथवा संकलन गरेको - कार्टुन मात्रै ) टास्दा कसोहोला ?
 
Posted on 08-03-06 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुईईईईईईईईईई! भारी बिसाम् पईले त! सालीको भारी त बिसाई हालेम् के रे, अब रोजम् फेरि कस्को भारी उचाल्नि हो! ;)

हन, भउते काजी कता हरायो फेरि? जाऊ, जाऊ केटा हो! खबर पु-याईदेऊ त, पुन्टेले साली को हात उसैलाई सुम्पिने भा’छ भुनेर। खबरै पा’छैन कि के हो?

कतै फेरि अरुले नै भकुरी सके त छैन, कठै काजीलाई? अस्ति अस्ति कुम्लेसंग नि भिड्न भिड्न ला’थ्यो, सायद तै तितौरीको कुरोले हो कि? यै हो मौका भुनेर मेरो नाम पार्न फेरि कुम्लेले त सेकेन भउतेलाई?

नयाँ चौतारी बनाम्नि नमेको कल्याण होस्! बाह्र छोराको बौ र तेह्र नातीको बाजे होस्! अनि, सात्टा स्वास्नीको पोई! :p
 
Posted on 08-03-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यसो सप्पैले गाइजात्रे कथा, कबिता, कार्टुन ( आफ्नो अथवा संकलन गरेको - कार्टुन मात्रै ) टास्दा कसोहोला ?"
राम्रो बिचार नमेको।
 
Posted on 08-03-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ग्वाँचे! नाम चैं ग्वाँचे छ, कुरा त चतुर-चतुर गर्छौ त बा!
भिडियो हेर्न जान त हुनी हो। बरु कस्तो भिडियो परो?
 
Posted on 08-03-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाममा जनसङ्खे बडेर चाइन्जो चौतारी छिन छिनाँ चिन्न थालेछन् राम्रै जो भ'को छ। लु गोताएँ र पुन्टे दाईले भनेओ अस्तो नमेको एउ दर्जन जति भन्ट्याङ भुन्टुङ हुन, डाँडा काँडा ढाकुन।
बेला बेलाँ पुराना बुडाअरुको सउँजना आम्नि के रे। तो सिरे, मुन्द्रे र लाले कता मोरेछन अचेल?
काका बुडा पनि बेपत्ता भए, गोर्खेपुर तिर लाए कि? दादा नि तेती देखिन्नन अचेल।
***************
नमे र साइँलोओ कुरो चाइन्जो मनासिब लाओ, लु रमैलो कुरा टाँसुम।
****************
सपै एउडै किलासमा पड्छौ तिमेरू आफ्नु पुरोढ सिछ्छेमा चाइँ कोइ नाईँ, बब दाई कता गाँजा तानेर ढुन्मुन्निराछन कुन्नि? लौन ए कोइ बुडाहरु साथि खोज्देओ एसो पड्नलाई , बुडिअरु भ' नि हुन्छ। :)
 
Posted on 08-03-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गालउ, ग्वाँचे भेडिओ त हेर तर तो के जाति अउँरेजी टिबिओ भेडिओ चाइँ नहेर है?
अस्ति हाम्री तितौरी नानिओ नाम आओ अउँरेजी भेडिओमा, लु होला त नि, हाम्रै तितौरि देखिने होला भनेर जिम्माल्नि बुडि र म ससर्केर हेरेओ...राम राम राम!!! ".... लाई भन्दा देख्नेलाई लाज" भनेओ अस्तो भो। नाउँ मात्तै हाम्रो तितोरिओ चोरेओ रेछ, मुन्छे त लबस्तरी रेछे। काँ कि हाम्रि बुझ्झकि तितौरी काँ कि तो अउँरेजि भेडिओको Tyra..
 
Posted on 08-03-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेले राखेको कुरो मुनासीप छ। गाइजात्रामा हास्य-ब्यंग्य आदि टाँसौँ सबैले। म आज एउटा सानो ब्यंग्य-निबन्ध टाँस्दैछु। छोटो छ, दुई भागको। आज एक भाग, भोलि एक भाग। हाँस्ने कुरा त्यति छैनन्,गाईजात्राको शुरुवातको लागि मात्रै हो। साझामा पहिला पनि टाँसेको हो। पहिलेनै पढिसकेका गाम्लेहरुले "बासी कुरो पनि के टाँसेको होला----?" भनेर टन्न गाली गर्नुहोला, गाली खान ज्यान तयार छ!

(मेरो विश्वविद्यालय जीवनको एउटा मिल्ने साथीले आफ्ना पितालाई "पुराना वाम नेता" भन्थ्यो र हाम्रो अगाडि उनको राजनीतिक जीवनको बारेमा जोक गर्थ्यो । एक पटक त्यो साथीको घरमा बास बसेको थिएँ, कुनै नेपाली नयाँ वर्षको दिन । उस्का पितासंग त भेट र कुराकानी भईनै हाल्यो, भोलिपल्ट बिहान बर्मा थर गरेका अर्का "पुराना वाम नेता" पनि आए त्यहाँ । त्यसपछि, पाँच सात जनाको दल चलाएर अथवा निष्कृय बसेका यस्ता वाम नेताहरुको बारेमा एउटा यो छोटो (ब्यङ्ग?) निबन्ध बन्यो, अलि अलि यथार्थ र अलि अलि कल्पना मिसिएर। केहि वर्ष पहिले लेखेकाले कुनै कुनै प्रसंगहरु पुराना पनि हुन सक्छन्। )



"पुराना वाम नेताको एक दिन"

'पुराना वाम नेता' बिहान साढे आठ बजे उठ्छन् र चूरोट च्यापेर शौचालयतिरको यात्रामा निस्कन्छन्। एकछिनपछि प्रतिकृयावादीहरुलाई बगाएर (फ्लश गरेर) आऊँछन्, दाँत मल्छन्, मुख धुन्छन् र अचानक चाल पाऊँछन् धङ्धङे छ र टाउको दुखिरहेछ।

बगैँचाको कुर्सीमा बसेर कालो कफीको चुस्की लिँदै अखवारहरु पढ्छन। सबैको पहिलो पाना ध्यान दिएर हेर्छन्, केहि नपाएर रिसाएजस्तो देखिन्छन् र मुर्मुरिन्छन् । अनि फेरि भित्री पानाहरु हेर्न थाल्छन्। एउटा पत्रिकाको एउटा कुनामा देख्छन् "--------'पुराना वाम नेता' श्री रुसभक्त-चीनमित्र दिल्लीमा उपचार गराई फर्कनुभएको छ।----" भन्ने चार लाइनको समाचार छ। फर्केको एक हप्ता भइसक्यो, बल्ल पत्रिकाले लेख्यो, फेरि त्यो पनि भित्री पानामा यति थोरै छुस्स! कालो निलो हुन्छन् 'पुराना वाम नेता', आफूलाई आजभोलिका "गुलेली बोकेर चरा मार्न हिँड्ने जस्ता" (उहाँलेनै आविष्कार गर्नु भएको विशेषण) पत्रकारले भुत्ला समान पनि नगनेको देखेर ।

पुराना वाम नेता पत्रिकाहरु एकातिर हुर्र्याऊँछन् र एकछिन त्यत्तिकै टोलाऊँछन्। 'श्रीमती पुराना वाम नेता' मन्दिरबाट आईपुग्छिन्, श्रीमानलाई टिका लगाईदिन्छिन्,टाउकोमा फूल राखिदिन्छन्।
एघारबजे 'पुराना वाम नेता' "भूजा" ज्यूनार गर्छन्; कान्छाले किनेर ल्याएको, बाहुनी बज्यैले पकाएको र बुहारीले पस्केको भूजा। उनी अघाऊँछन्, डकार्छन्, चूठ्छन् र सुत्न जान्छन्। 'श्रीमती पुराना वाम नेता' उनको पुरासंग खान थाल्छिन्।

सुत्नै आँटेका थिए 'पुराना वाम नेता', फोन आऊँछ एक जना साथीको। उनकी कान्छी छोरी माग्दैछ साथीले आफ्नो भाञ्जाको लागि। "छोरी नआइ के कुरा गर्नु र खै! आजभोलिका पढेलेखेका छोरीहरु-----" आदि अण्टसण्ट बोलेर अल्मल्याऊँछन् साथीलाई र फोन राखिदिन्छन्।

(क्रमश---)
 
Posted on 08-03-06 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नम्बर ५ --> हाजिर मिस
नमेले खास्साको नयाँ चौतरी बनाउनुभएछ, धन्यबाद।
सबैलाई नमस्ते है।
गौतम जी को गाइजात्रे लेख रमाइलो रे छ बाकि खै त?
 
Posted on 08-03-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La saila le kati ramro chatari banayachhha ganthe........

NAMASTE HAI sabailai
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters