[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari X

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 158062 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-18-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बनाइदिएँ १० लम्बरको चौतारी पनि ।
 
Posted on 02-18-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, चिप्लेजी ले नै बनाइदिनुभएछ दश लम्बरको चौतारी त। के गर्नु, नमे हराएपछि कोइ न कोइले त बनाम्नै परो नि होइन र? अनि त्यो तपैंको नियात्रा नि रमैलो रैछ, लेख्दै गर्नुस् है?
 
Posted on 02-18-06 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lauta ni hami pani ekchhin thakai maram na chautarima. Bhari bisayera pasina puchhnu paryo. Baru gaph chanhi ke barema garne kunni!
 
Posted on 02-18-06 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह चिप्ले,
के गर्या, चौतारो बनौदा बनौदै हग्न हतार भ' र ट्याँस्स टाँसेर हिड्यौ कि क्या हो?
न पिप्ला रुख, न बस्नी ठाम। सप जना उभि उभि चिच्या'र कुरा अर्नी अब?
खोइ बस्नी ठामै छैन र' छ। म त हिडें।
 
Posted on 02-18-06 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चिप्ले, अलि अघि सम्मन त बसैमा जो थियौ अरे केरे । त्याँसी तिमलाई खोज्न परो भनेर बस टेसन मा जो गएर चईनी तेहीँको तिमी चरेर आको बसका स्टापलाई सोधेको त पिसाव फेर्न भनेर कुना तिर गाका थे, अझै सम्मन आएनन, छोडेर जान नि नहुनी, जाद्रै अबेर बनाईदियो हाम्लाई भन्दै थे केरे डाईबर गुरजीले । तिमी त कति चाँडै चौपारी बनाईदेर फेरि गई हालेछौ कुन्तै ? ल ल तिमी घुमुवा मुन्छे, उँधोतिर घुमफिर अर्दै हाम्लाई तेता तिरका कथाहुर सुनाम्दै गरे है त, शुभ यात्रा - तपाईँको सामान छुट्यो कि ;)

Keep rolling...
 
Posted on 02-18-06 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे र बिर्खे, हैन मैले सोधेओ कुरा सुनेनौ कि बाल नदिएकाउ? २ दिन भओ उत्तर आउला भनो एसो हेरो बाल छैन यार।
 
Posted on 02-18-06 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई यो गौले हरु भेडानै लाज्ञो । । झन नयाँ चौतारी बनाएर चिप्लेढुङ्गा ले बिकास गरेको कुरामा ताली नबजाएर गाली को गर्छन । मुखा हन्दिनु जस्तो
। । । । ।
 
Posted on 02-18-06 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको नयाँ संस्करणको उद्‌घाटन भव्यताकासाथ गर्ने जुन परम्परा बसिसकेको थियो, त्यसलाई कायमै राख्‌नु चौतारीको आकर्षण र हितमा छ जस्तो मलाई लाग्छ ।

यस विषय र अहिले सानले ३०० खुटकिलोको बाँध खोलिदिए पछि चौतारीको पुराना संस्करणहरु कुराकानीको दहमा पौरिरहँदा जुन भाँडभैलो जस्तो देखिएको छ त्यसलाई समेत व्यवस्था गर्न सुझाव पठा'को थिएँ सानलाई, लगनको बेलाँ हगन जस्तो पो हुने हो कि क्या हो ।

मेरो सुझाव के थियो भने, एक, पुराना संस्करणहरुलाई यथावत बन्द गरियोस् र, दुई, "Chautari XYZ.." भन्ने शिर्षकलाई रिजाप राखेर जस्ले त्यो शिर्षकमा नयाँ धागो खोल्न खोज्छ, त्यसले निम्न सन्देश देखोस्,

"'साझा चौतारी' को नयाँ संस्करण को श्रीगणेश गर्न देखाउनु भएको उत्साहको
लागि धन्यवाद । कृपया निम्न तीन कुराहरु समाबेश गरेर मात्र नयाँ थ्रेड
शुरु गर्नुहोला, १) चौतारीको तस्बीर, २) उदघाटन वक्तव्य र, ३) पूर्व
संस्करणका प्रमुख योगदाताहरुलाई धन्यवाद ज्ञापन ।"


कतै मैले धेरै ढस्सा त देखाईनँ ?

दम्तरीहुर र सान साहु जसो भन्छन् ।
 
Posted on 02-18-06 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बितेका पन्ध्र बर्षमा जस्तै यहाँ पनि प्रजातन्त्रको सही (!?) उपयोग भएछ, खुशी लाग्यो ! :(
 
Posted on 02-18-06 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजीको कुरा शिरोपर र मेरा तिरा'ट केरे, गाम्लेहुरले के भन्चन कुन्तो । साने साहूले त गाम्लेले भनेको जम्मै मान्चन, नमानेर बाँउडिनी गरेका भए क्यारी यत्रो साहू हुन्थे र, उनका जस्ता दोकान अरुले नि नखोलेका हुन र ? गाम्लेहुरको बिचारले जे हुन्च रमाईलै हुन्च ।

अनि लाले, तिम्रा हाताँ ढुँडी नलाका भए तिम्रो ईमिल खोल्दो हउ केरे, तैपनि यहीँ जो भन्न पर्नी भा पुनि ल सुन: मेरो थलो चईनी पैयूँ भन्नी ठाममा पर्च, आँधी तरेर जानी हो ।

बाँकी कुराकानी चईनी मेलो जोतेर आएसि अरम्ला फुर्सताँ जो, अहिले त जाद्रै माचो परेको छ ।

Keep rolling...
 
Posted on 02-19-06 2:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो चाँही साह्रै रामसी गर्न पैने रैच चौपारीमा म नी भर्खरै यो पातल लोक मा आइपुगेको, यहाँ नी मलाई रङ लायो । अनी यी श्री ५ पनि आधी पारीका रच्न । मेरो जीबा को नी बुढा मावल त्यतै पैयु तीर हो ।
 
Posted on 02-19-06 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हे केटा हो, कता तिर का पर्एउ भन्छु । कुना जिल्लाट आकाउ ? ।
म त पश्चिम तिर को परे ।
 
Posted on 02-19-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान साहुबाट जबाफ पाईयो । बिचरा ब्या' को यस्तो मिचोमा पनि जबाफ फर्काए । 'अहिले ब्या' को मिचो छ, बेउली भित्र्यार ब्या तुरे पसि चौतारीको राम्रो चाँजोपाँजो मिलाईदिम्ला भनेका छन् । लु दम्तरीहुर त्यतिन्जेल कुरम् । कुरम् होईन जाम् अहिलेलाई जन्ती बाख्रो खान । हाम्री हुनीवाला साउनीको नि मुख हेरम् । नत्र त काँ र, आच्कल नए दुला-दुलई त्यो केजाति हन्हनीमुनी (honeymoon) भन्ने देउताको तिर्थ गर्न जाँदा रचन्, भेट्न नि तिर्थाट फर्कुन्जेल कुर्न पर्नी ।
 
Posted on 02-19-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हाम्रो कारोबारी मुन्छे नेपे दाजी जो हुनु भओ केरे, किनभनी नेपे दाजीले जस्तो पसाङ्गिएको कारोबार पुनि मिलाम्चन के ।

तेस्तो फेरि पुनि टाल-टुल पार्नी जो हो भनि त मेरा मनाँ अरु पुनि कुरा खेले है । कुरो के भनि तो साझाको सिराना'ट जो चौपारीमा जानी टेको छ नि बडा-बडा अक्षरमा लेखेको, हो तो थिचे पछि सोझै चौपाराँ पुगिनि । अनि चौपारी को धागो एउटा मत्रै बनाम्नी केरे, जम्मै चौपारीहुरलाई एकै ठाममा नै मिसाईदिएर, त्याँसी तेसको सिरानाँ तेही नमेले बनाको सईनबोड टाँस्नी । बाँकी जति थपिए पुनि थपेको थपेई । अब हाम्रा मुल कर्मी नमे जो भए केरे, नमे कर्मीले जो नभए सान साहू आफैले जो तो सिरानको सईनबोड चईनी आफ्नो नाममा उजिन्डे मा पास गर्नी - भनेको नमेले कि सान साहू आफैले जो तो लेखेर टाँस्नी ।

तर तेसो अरेसि फेरि ओहोरा-दोहोरा अर्न अलि हम्मे जो पर्च केरे, तेसो भएर अहिले को जस्तै NEXT को साटो तो गुगलाँ हुनी जस्तै
Previous... 2 3 4 5 6 ...Next

भनेर टेका राख्नी गरे कस्तो हुँदो हो कुन्नि । यो गुगलाँ जस्तो टिडिक त अरु पुनि अलि लामा-लामा धागा हुर जम्मैमा अर्नै पर्नी हो जस्तो मान्चु केरे मैले त ।

सान साहूले राम्रै सित तिर्थ गरे केरे, जिम्दै स्वर्गै जो पुगिन्च भन्चन केरे तेस्तो तिर्थ अर्नी बेलाँ त । दादाले छोरीको न्वारान अझै सकेन्चन कि कुन्तो, कता मोरेचन कुन्नि । लाले ले पुनि अब यस्तै जो हुनी र मेरो ब्या अझै पुनि नहुनी हो भनी त अपुताली जो पर्नी भओ भन्दै थे केरे, घर तिर गएचन कि त ?

Keep rolling...
 
Posted on 02-19-06 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो किलियार पार्न परो के, फेरि यत्रो दुख अर्नी नमे कर्मी रिसाम्दै ङुर्केलान के मसित ।

के हुँदो र'च कुन्नि साने साहूले लेखेको चईनी हामीहुर सप्पैले जो लेखेको भन्दा मोटा मोटा अक्षरमा आम्दो रैच के तो सुरुको "कुराकानी " खन्डमा जो । साने साहूको फुल्टिन जो हामीहुरको भन्दा बोधो रैच कि कुन्नि । तेसो भएर हो के मैले साने साहूको पनि नाम लेको । मेरो भोट भने नमेलाई जो छ है । आगे गाम्लेहुरको राय-सल्लाहा ले जे हुन्च रमाईलो जो हुन्च केरे, फरकै पर्दैन ।

Keep rolling...
 
Posted on 02-19-06 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ म त सिरेले भनेसि होलातनि भनेर तमसुकाआ बुडिउम्ला' छाप ला'झै होकेरे। अब यो कम्फुटरको कुरो तेति भांति ठम्म्याउन सौउदिन। ऐ सिरे, हैन अब कति बिआको कुरा अर्चौ हे गांठे। अब एतै जो गरमतनि भन्दानि उता गामकि डोरिकला को मत्रै मया मान्छौ, अब उतै गअर एसो उठबस अर्नि मेसो अरनत भन्यो फेरि उहि कुरा!! अब यो उमेरांनि बैत्रनि तरेनौ भनेत के हुन्च मेसो पाछौ? हल नआत्तिअ अब केइ उपाए लाएन भने चैते दसैआ सेतिबिनि न्वाउन जानि तारतम्मे मिलाम्न परो।गाम गामट एमान एमान चाइन्जो तरुनि आउचन त्या। अंह, "हामिनि याताडि गअर उताडि ख्यांस्सिम्लानि"। कुरा बुजेउनि। बोरु, तो मिर्मिओ बिजुलि पोजेटले ( प्रोजेक्ट) सेतिबिनि जति जम्मै डुबाओ अरे भन्नि सु्न्थे, के हो कुन्नि? ल जे भानि केइ अरम्लातनि।
आचल नमे र गोताए कता मरेचन? हिजो बिर्खेले तल पिडिखोलाआ किनारतिर ओओओ रौसिएर हिड्यो देख्योथिए भन्थे। अब मैले सम्झाउदा त टेर पुछ्छर लाएनन्केरे सिरे, तिम्लेनै दुइ सब्द भन्दिन्छौकित? लौ त मेरो त भोलि मेलां साउलाइ रुद्रि सुनाउनछ, म लागे।
 
Posted on 02-19-06 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै भओ केरे लाले म पुनि तेता सेतिबेनी हुँदी नगाको । अब चैते दसैमा चईनी ठेलो (छेलो) हान्न जान पर्ला त नि तिमी र म । मिर्मी बाट सेतीबेनी सम्मन बरु बडे मानको तलाउ बनाका छन अरे र मटरे डुँवा (motor boat) चलाम्छन अरे हुतुतुतु पारेर रोपाईँमा खोक लाए जस्तरी । बरु तिम्रो ईमिल हेर भनेको हेरेउ होला केरे, मैले ताधि जो लेखेर पठाको थेँ, कहिले काहीँ कुनै कुनै कम्पनीले (hotmail, yahoo: search for "domain keys" which tells u why) यो साझाबाट आएको लाई मोलखाता (junk mail) तिर फाल्दा रैचन केरे ।

Keep rolling...
 
Posted on 02-19-06 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे, खोइत तिम्रो मेल सेल केइनि छैनके। अब छ भने फेरि पाठाउकेरे, नभात के भनम खै। फेरि फेरि पठाम्दै अरम्लानि।
 
Posted on 02-19-06 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताधि एउ दिन सुरिएर चौपाराँ आम्नी सबैजसो हितका दमालीहरुलाई ईमिल पठाको थेँ केरे, महिना दिन जति अघि हो कि । कसैले फर्काम्नु भओ, उहाँहुर सित सम्मै जो कन्टशन हुन्च केरे हिजाऽज। कसैले फर्काम्नु भएन, थाहा नपाएर हो कि किनभनी यो ईमिल सिधै मोलखाता तिर पुग्नी केरे , न साझाको नाम फुस्काम्म मन नभएर पो बोलेनन केटाहुर हो कि भन्ठाने, उहाँहुरसित पनि चौपाराँ फेरि पनि रङ्गै सितै जो बात मारिएकै जो छ केरे । तेसो भएर खुसुक्क ईमिल त पठाएँ तर यहाँ चईनी नफलाकिकन बसेको के । अनि लाले तिम्रा अठत्र सय छन केरे नाम पुनि, कुन चईनीमा पठाएँ त हेक्का पाउन्न अहिले, तर अहिले फेरि "लाले" भन्नीमा जो पठाको छु केरे, हेरे त नि । यो पुनि पाएनौ भनि तिमीले जो पठाम्न नि हुन्च केरे।

अउँरिकाने नि पश्चिम तिरका त भनेउ, कताका हउ र ? कालीपारे त हईनौ, गुल्मी अर्घा तिरका?

Keep rolling...
 
Posted on 02-19-06 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाताल बासी का नि जिबाका बुढा-मावली परिएछ कि आफू त । अहिले को थलो कहाँ हो त नि तिम्रो ? चैते दसैँमा आम्नी भा आउ केरे मेरा तिर । मेरा घराँ म्याओ (मेवा) पाकेर प्याँलै (पहेँलै) भा'छन केरे, पेट भोर्नी अरि जो खाउला केरे ।

Keep rolling...
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters