[Show all top banners]

Nepe
Replies to this thread:

More by Nepe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 A Ghazal in Making..Nepe

[Please view other pages to see the rest of the postings. Total posts: 125]
PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 84542 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 07-05-05 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै भयो गजलतिर हात नहालेको । एउटा शेर फुरेको थियो, ज्यान गए अगाडि बढ्दैन । अलि कठिन विन्यास छानेर पनि हो त्यसो भएको । एनिवे, अहिलेलाई त्यहि एउटा शेर (मतला) प्रस्तुत छ । अरु शेरहरु किस्ताबन्दीमा क्षेपण गर्ने योजना बनाएँ लौ ।

केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट
केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट


 
Posted on 07-05-05 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe,

Kati mitho.

Aru jaawos hai sher haru..


 
Posted on 07-05-05 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे सर

अति मीठो !

म पनि एउटामा चलि राख्या तीन हप्ता भई सक्यो जम्मा यति भा'छ !


मनै ध्बस्त भए पछि आखामा के दोष थुपार्नु अनेक ?
चिरा परेका छाया टाल्दैमा, ज्यानलाई के हुन्थ्यो बिसेक ?

म सित बिद्रोह गर्दै भाबनाले रङग् चिन्न छाडी दियो
खुशीमा सिर्जेको चित्र अब, उस्तै उजाड उस्तै उदेक !



 
Posted on 07-05-05 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think this reads better.

मनै ध्बस्त भए पछि आखामा के दोष थुपार्नु अनेक ?
छायाका चिराहरु टाल्दैमा, ज्यानलाई के हुन्थ्यो बिसेक?
 
Posted on 07-05-05 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसरी हप्तौँ लगाम्दा रेछन् र पो त्यति मीठो हुदो रे'छ,

आफुले त एक डेढ घन्टा मै सकेको। लेख्न बस्यो कि बाँझो जोत्या जस्तो ख्वाईँ ख्वाई। किन नुन नराख्या फर्सि जस्तो भो मेरो गजल भन्या त बल्ल कुरो बुझेँ।

ल गुरुहरुको जावस, अनि हामी चिचिला बतिला ले पनि सिक्छम् हजुरहरु बाटै।

:)
-भउते
 
Posted on 07-05-05 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



ए भउटे

तिमी पो ट्यालेन्टेड छौ र पो खरररररररररररररररररर लेख्छौ....
आफूलाई त कन्नु पर्छ !

कहिले काहि त मेरो नि खरर जान्छ


 
Posted on 07-05-05 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजीको गजलले कसलाई झटारो हानेको हो भेउ पाउनुहुने महानुभावले अर्थ्याइदिनु भएमा मुरीमुरी धन्यवाद दिनेथिएँ ।

शिरिशजी तपाईंको गजल छापिएको केहि महिनामै तपाईंको पेशागत परिचयलाई गजलकार शिरिशले ओझेलमा मात्र हैन ग्रहणमै पार्ने पक्का छ।

भउतेजी यस्तै हो। मेहनत गर्ने हो भने तपाईं पनि कम हुनुहुन्न। जुत्तामा पालिस लाएपछि टल्किन्छ, तर सामान्यतया तपाईंले पालिस लाउन नपर्ने जुत्ता लगाउनुहुन्छ। चिन्ता नलिनुस बरु छिटो छिटो पस्किनुस। भन्ने वेलाँ चै डेढ घण्टामै लेख्छु रे, साझामा ५/६ महिना भयो संगत गरेको भउतेको एउटा भन्दा बढि गजल देखेको भा त मार्दिनु।
 
Posted on 07-05-05 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई गाँज पनि रोपिनसकेको मेलो भएतापनि दम्तरीहरु आएर कान्लामा थपक्क बसेर असारे हाल्दिनु भो, मलाई कति हर्क । लु शिरिषले पनि उ त्यताड मेलो ल्याम्नु भो, चिटिक्क छ ल ।

भउते भाई, तपाई ख्याल मीठो कथा हाल्नु हुन्न, त्यसमा पनि तपाईको वाक्यहरुको बान्की देख्दा त यो मान्छे कुनै सिद्ध हुनुपर्छ हौ जस्तो लाग्ने । एकबाजी गजललाई चपक्क समात्नु, सात जनम त्यसले तपाईलाई छोडिछे भने मार्दिनु ।

यत्ति हो, गजलको प्रसुति पूर्ण हुने ठेगानै हुदैन र यसको प्रसव-वेदना पनि आफ्नै किसिमको हुन्छ । मेरा कुनै गजलहरु २० औं वर्ष भईसके पुरा हुन सक्या छैनन् । महिनौं नलाग्या त शायदै होलान् । गजललाई धेरै समय लाग्ने कारण यसको अनुप्रास-मात्रादि को कठोर नियमले दिलाउने न्यूनतम स्वतन्त्रता नै हो । तर यसो भनेर गजलसंग हच्कि हाल्न पर्दैन । अनुप्रासको स्थान र वाक्यांशहरुको छनौट गर्दा, अधिकतम अनुप्रासबाट आउने मीठासको लालच नगरी, न्यूनतम अनुप्रासमै सन्तुष्ट हुने हो भने खास्सै कठीन हुँदैन ।

न्यूयुजरजी, आमपाठकहरुको लागि समसामयिक सन्दर्भहरु जति अधिक विशिष्ट उत्रिन्छ कवितामा त्यो त्यति नै द्रुतताका साथ तिनीहरुको जिब्रोमा झुण्डिन पुग्छ । त्यसै गरी सार्वभौमिक, सार्वकालिक कथाहरु पनि पाठकहरुले छिट्टै टिप्छन् । बिचका कथाहरु, न सार्वकालिक न समसामयिक वालाहरु, चैं न घाटका न जिब्रोका हुन्छन् शायद । मेरो पहिलो शेर कतै त्यस्तै त भएन भन्या ?

अरु शेर थप्दै गएपछि अलिक स्पष्ट आकार लेला त्यस्ले । हुन त गजल परम्परा/नियमले नै बहुकविता हो । हरेक शेर एक स्वतन्त्र (अनुप्रास बाहेक) र पूर्ण कविता हो । त्यसो हुँदा एक शेरले आर्को शेरलाई कमै मद्दत गर्छन् । तर पनि अक्सर शेरहरुले सामुहिक रुपमा एउटा distinct atmosphere को निर्माण गर्न पुग्छन् र त्यो माहोलमा हरेक शेरहरुले अभिव्यक्तिको थप आयाम भेट्छन् । हेर्दै जाम कस्तो माहोल बनाउलान् आगामी शेरहरुले ।

 
Posted on 07-05-05 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे ज्‍यू,
हो त, धेरै पो भाथ्‍यो तपाईको गजल, कविताहरू पढन नपाको । हुन त म साझामा नआकै धेरै भो ।
जे होश, अर्को किस्‍ता कहिले होला?

साँच्चै तपाईको गजलले त लोकगायक बुद्घीसागर बस्‍यालको नयां गीतको पो याद दियो त
...डाँफे नाँचेर
फूल कहाँ फुल्‍छर, हाँगै भाँचेर...


 
Posted on 07-05-05 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Emodus र पुराना बन्धुहरु, लौ दिश्रो किस्ता सेवामा हाजिर छ-


केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट
केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट

मानौं हाँगालाई नै थामेर बसेको भ्रममा थिए
हेर्दाहेर्दै केहि चमेरा थाकेर झरे रुखबाट

केवल बलिष्ट पञ्जाहरु पर्याप्त छैन जङ्गलमा
केहि बाँदरहरु हाँगा भाँचेर झरे रुखबाट


नेपे
 
Posted on 07-05-05 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त निदाएँछु
अघिल्ला २ पाँजाको अर्थ खोज्ने क्रममा
फेरि ४ पाँजा थपिएछन्
ब्याजदर महंगो छ गौँडे काजीको
यो साँवा असुलीकन नाफा कमाउनु छ
ढकरक्क ढकरक्क ढाकर बिसाउने फुर्सद कहाँ छ र चौतारैपिच्छे?
पसिना पुच्छदै फेरि अगाडि बढ्छ
रात परे पनि
आँधिको तिरमा पाटीमा बसेर
कविता कोर्छ
.. ... ...
पसिना ओबाउन नपाउँदै अर्को पाँजो फुर्छ
फुर्यो फुर्यो .. ... ...
केटा हो कविता फुर्यो, शेर फुर्यो, विन्यास मिलेर
लामो सास फेर्दै फेरि पल्टिन्छ
हैन
यसो गर्दा अझ राम्रो होला
.. ... ...
निद्रामै कविता, सपनामै कविता
भानुभक्त कता गो भन्नु परेको छैन
.. ... ...
धन्य छ साझा तँलाई।
तैँ छस् आँधिको पाटी।
तैँ छस् सिस्नेको चौतारी।



 
Posted on 07-06-05 6:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्रयाजिडी...

अङ्कमाल सुन्दरीको, स्पर्श प्रियसीको
फरक बुझनेलाई था छ, सुन्दरी र प्रियसीको
माया मायालुको, रन्को तर सधैं उनको
बाजि हराएर जित्नेको हैन, हारेर जित्नेको
भन्दा भन्दै म त उनैको, तर उनी पो खै कस्को?


 
Posted on 07-06-05 6:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के हो यो भनेको?

ए नेपे ज्यू,

नेपाली पनि बुझ्न छोडेँछु मैले? हरे ! अब मैले बूझ्ने भाषा केहि पनि बाँकि नहुने भो।

अब भाषा नपढी बाँच्न नसकिने भो बा!!!
----
ओके
 
Posted on 07-06-05 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँढे उघ्राउँदै छ भन्छन डुक्रेको सुन्छु खै म त
गाई धपाउनेहरु नत्र तर्सेका यो बिघ्न किन त?
 
Posted on 07-06-05 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK

"Poetry is what is lost in the translation."

Asti bhakkar pakheko.
 
Posted on 07-06-05 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओकेजी,

दुर्बोध कविता कहिल्यै नलेख्ने भिष्मप्रतिज्ञा गरेर बसेको म यो गजलमा आएर फसें कि क्या । न्यूटन महाशयको टाउकोमा ट्वाक्क स्याउ खस्दा उनलाई गुरुत्वाकर्षणको अवधारणा फुरे भाँति मलाई पनि कलेजको गोरेटोमा हिंड्दा हिड्दै एउटा चराको गुहु फ्यात्त टाउकामा झर्दा फुरेको यो कविताले मेरो जात फाल्ने भो कि क्या हो ।

'पाकेका फल', 'चिचिला फल', 'चमेरा', 'बाँदर' जस्ता विम्बहरु हाम्रा समसामयिक ईतिहासका कुन पात्रविशेषका लागि होलान् भन्ने अडकलाजी गर्दा ठ्याक्क मिलान हुने पात्रहरु नभेट्दा यो कविता दुर्बोध हुन पुगेको होला भन्ने मेरो अडकलबाजी छ ।

तर मैले भने यी विम्बहरु पात्रविशेषको लागि कम र चरित्रविशेषको लागि अधिक चाहेको हुँ । अर्थात एकै चरित्र भिन्न भिन्न पात्रमा र एकै पात्रमा भिन्न भिन्न चरित्र हुन सक्ने यथार्थवादको आँखाले हेरेमा यो कविता अधिक बोधगम्य होला भन्ने लाग्छ मलाई ।

अनि बिर्सन नहुने कुरा के छ भने बिम्वविधानको तात्पर्य नै पाठकहरुलाई अनुवादका अधिक स्वतन्त्रता र असिम सम्भावनाहरु दिनु हो । कविताको बल भने पनि कमजोरी भने पनि त्यहि हो ।

उदाहरणार्थ, मेरो पहिलो शेरको यस्ता असिम वैकल्पिक अनुवादहरु मध्ये एउटा यसो हुन सक्ला,

केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट
(पेन्सन पकाएका जागिरे/लाहुरेको जिवन्तताको अक्सर अन्त्य)

केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट
(हृदयहिन पुँजीवादले के सम्म गराउन सक्छ भन्ने कुरा)

ईत्यादि, ईत्यादि

 
Posted on 07-06-05 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँढे उघ्राउँदै छ भन्छन डुक्रेको सुन्छु खै म त
गाई धपाउनेहरु नत्र तर्सेका यो बिघ्न किन त?


बेजोड शेर, वाह !
 
Posted on 07-06-05 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साँढे उघ्राउँदै छ भन्छन डुक्रेको सुन्छु खै म त
गाई धपाउनेहरु नत्र तर्सेका यो बिघ्न किन त?


स्वस्ती भन्छन मुद्रा जदौ को देख्छु म त
ख्वामितको चाल नत्र यो बिघ्न बिचलित किन त?
 
Posted on 07-06-05 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिश,

हैन कबिताको Definition नै तेस्तो हो भने त अब म पनि आफ्नै हिसाबले Translate गर्न तिर लाग्छु।

धन्यबाद नेपेजी। हो यसरी अलिअलि अर्थ्याउँदै जाने हो भने त बुझिने रछ क्यारे गाठेँ। तपाईँले In general को कुरा गर्नु भएछ, मैले चाहिँ बर्तमान सँग जुधाउन खोजेँ, अनि के भेउ पाउँथेँ त?

दीपजीको गजल चाहीँ मैले राम्रैसँग बुझेँ। समयासापेक्ष छ। जाओस् है अरु पनि।
----
ओके
 
Posted on 07-06-05 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सानो राशिको किस्ता नयाँ . . .


केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट
केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट

मानौं हाँगालाई नै थामेर बसेको भ्रममा थिए
हेर्दाहेर्दै केहि चमेरा थाकेर झरे रुखबाट

केवल बलिष्ट पञ्जाहरु पर्याप्त छैन जङ्गलमा
केहि बाँदरहरु हाँगा भाँचेर झरे रुखबाट

भुर्र उडेर भाग्नु चराको नियति नै थियो, के भो ?
आज चराहरु गुलेली ताकेर झरे रुखबाट


 



PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters