[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 यस्तो ब्यथा , कथा मै सीमित होस् ....

[Please view other pages to see the rest of the postings. Total posts: 58]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 54091 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 10-01-12 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

 यस्तो ब्यथा , कथा मै सीमित होस् ....

 

“ त्यो दिन सृष्टि संग कुरा गरे पछी यस्तो लाग्यो दाई जिउनु व्यर्थ रहेन छ , जिउनुको अर्थ पिउनु मात्र रहेन छ. अहिले सम्म  जिएको जिन्दगीमा बल्ल ज्यान आए जस्तो भयो”  उमेश भाई जिन को चुस्की संगै भन्दै थिए, म सुन्दै थिएँ  एउटा जीवन कथा एउटा भरिलो ब्यथा.

उमेश भन्दै गयो ....

त्यो भन्दा पहिला लाग्थ्यो जिन्दगीको कुनै रंग छैन, उराठ लाग्दो बगर जस्तो, नभ नभएको सगर जस्तो . सानैमा देखि बाबाले बोर्डिंग त्यो पनि कालिंपोंगमा राखी दिनु भयो . प्रिन्सिपल र अरु टिचरहरुको तानाशाही शासनमा दास बनियो. पेट भरिन्जेल खान नपाएको भन्दा नि ठेस लाग्दा “ के भयो बाबु ?” भन्दै फु..फू गरिदिने मायाका हात र सास केही थिएन . मम्मीलाई सम्झन्थे, एकान्तमा रुन्थे .. बाबालाई सम्झन्थे , एकान्तमा सुक्कसुक्का गर्थें .... लाग्थ्यो मलाई कसैले माया गर्दैनन्. २-३ महिनामा बाबा आउनुहुन्थ्यो, कहिले काहीं मम्मी . २-३ महिना पछी फुल्थें, त्यो पल लाई कैद गरेर अर्को २-३ महिना सम्म राख्ने कोशिश गर्थें तर होस्टल को अमिठो खाना र भोको पेटले २-३ दिन मै घर सम्झिन्थे.

 

एवं रीतले १२ क्लास सम्म त्यतै पढियो . पढाईको हिसाबमा अब्बल नै नभए नि कम्जोर बिद्यार्थी थिइन. बाबाले इन्जिनियर बन्नु पर्छ भन्नु हुन्थ्यो, आफ्नो पनि म्याथ राम्रो भएकोले इन्जियारिंगको प्रवेश परिक्षा दिइयो. सहजै निस्कियो.

चार बर्ष पुल्चोक क्याम्पस र होस्टल ओहर दोहर गर्दै बित्यो . साथी संगी संग रम्दै, कहिले काहीं दुख मा गम्दै ... इन्जिनयर पनि भैयो . धेरै केटी साथीहरु संग संगत गरें. कसैमा बिशेष आसक्ति थिएन. कुनै बिशेष लागेन . तर सबै जसो संग सुमधुर सम्बन्ध रह्यो सिर्फ त्यो काली पूनम संग बाहेक.

पुल्चोक होस्टलबाट निस्के पछी त सुकुम्बासि भैयो . मामा माइजु को घर थियो काठमाडौमा . केही दिन शरण लिएँ . गोजीको पैसा रित्तिनु अघी जागिर खोजीमा निस्कें. सबै जसो इन्जिनियरहरु विदेश जाने चक्करमा हुने भएको ले कि कुन्नि एउटा मझुला खालको कनसल्टेनसीमा जागिर मिल्यो . साइट गरिरहनु पर्ने झन समाइलो लाग्यो . साइट प्राय जसो पूर्बी नेपाल .. आफ्नो घर गाउँ . महिनामा एक पल्ट जसो घर जान पाउने . खुशी सुस्त सुस्त आए आए जस्तो चाही भयो.  लक्का  जवान एक्लो छोरो, मम्मीले अब तेरो बिहे धुमधाम संग गर्नु पर्छ बुझिस ... केटी आफै रोज्या छस कि हामी खोजम ... भन्नु हुन्थ्यो .

मम्मी आफै खोजिसियोस न हजुर जस्तै .. लाटो हुन खोज्थें .. हुन त आफुलाई जीवन जगत संग बाँधिनु अघि करियर लाई आकार प्रकार दिनु पर्छ भन्ने दिव्यज्ञान कसैले दिए जस्तो र त्यहि नै ठुलो काम जस्तो लाग्थ्यो .

अलि २-४ बर्ष काम गर्छु,  पैसो नि जोगाड गर्छु अनि धुमधाम संग बिहे गरुला नि हुन्न मम्मी?

हैन अर्को जेठ मै गर्नु पर्छ बाबु, २-४ बर्ष सम्म बाचिएला न बचिएला के थाहा ? काल को के भर ?

कस्तो स्याड कुरा गरिबक्स्या हजुरले. हजुर जस्तो हेल्थी र  एक्टिभ लाई नि केही हुन्छ ?

अर्को महिना काम कै सिलसिलामा बुद्ध इअर् बाट बिराटनगर गएँ . घरदैलो सम्म प्लेन जाने .. भाग्यमानी नै छु जस्तो. घर पुग्दा मम्मी खाटमा देखें . झसंग भए . बाबा नि घर मै हुनहुन्थ्यो. बिजिनेस मा फुर्सद कहिलेइ नहुने बाबा संगै हुनु ले “केस: अलि सिरियस जस्तो लाग्यो.

मम्मी के भयो हजुर लाई ? मेरो बाल शुलभ प्रश्न .

"खै जरो आएको २ हफ्ता जती भयो . ओम मेडिकल स्टोर को बाबु काजी दाइ ले भाइरल हो सिटामोल ले ठिक हुन्छ २-३ दिन मा भन्थ्यो . जरो घटेन . ड्याडी ले घरमै डाक्टर भण्डारी बोलाएर देखाउनु भयो . भण्डारी डाकसाहेब ले नर्सिंग होम मै थ्रु चेक अप गर्नु पर्छ भन्नु भयो . नर्सिंग होममा चेक गरेर आइसकें . डाक्टरले आराम गर्नु भन्नु भएको छ . जरो घटेको छ . तर कम्जोर फिलिंग भैराख्या छ . बाबालाई थाहा होला के भाको मलाई भनेर . डाक्टरी भाषा बुझ्दिन म ."

 

बाबा भान्सामा आमाको लागि खाना तयार गर्दै हुनु हुन्थ्यो .

बाबा, मम्मीलाई के भाको ? डाक्टर अंकल के भन्नु हुन्छ . सम्भावित दुर्घटनाबाट बेखबर मैले सोधी हालें . बाबाको मुहारमा कुनै चमक थिएन . सधैं को हँसमुख बाबाको तेजमा ग्रहण देखिन्थ्यो. तँ आफै हेर भन्दै दराजबाट नर्सिंग होम को रिपोर्ट फाइल दिनु भयो .

Stage III Uterine Cancer देखे पछी म त्यहीं को त्यहीं ढलेछु ....

 

क्रमश:

 


 
Posted on 10-01-12 10:42 AM     [Snapshot: 14]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अहा आज दिल खुस भो भनेर कथा पढ्न बसेको त क्या स्याड कथा सुरु भएछ...... ठुल्दाई क्रमश लै झट्टै अर्को भाग ले पुर्नुस न .... waiting for another part...
 
Posted on 10-01-12 11:36 AM     [Snapshot: 74]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 धन्यबाद ठुल्दाई, बोलि को पक्का भएको मा अनि मिठो खुराक पस्केको मा.... लहरे ले त ठुल्दाई को गफई हो भन्थ्यो त......
 
एक छिन नरोकी एकै सास मै पढियो , 
अति उत्तम तर ठुदाई लै लास्ट मा आएर अति स्याड बनाइदिनु भयो......अर्को भाग को ब्यग्र पर्तिक्ष्या मा ......छिटो छिटो लेखु ठुल्दाई, बोक्सी बुढी नभएको बेलामा 

 
Posted on 10-01-12 1:04 PM     [Snapshot: 153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो प्रस्तुती, मात्र रक्सी पानको समयमा भनिएका कुराहरुलाई यसरी मार्मिक रुपमा प्रस्तुतीकरण गर्ने ठुल्दाईको कलालाई सलाम
तर हतारो ले हो या अन्य कारणले कथा बिना सम्पादन गरी प्रकाशित भए झैँ लाग्यो, भन्नुको तात्पर्य पूर्ण बिराम हुनु पर्नेमा फुलस्टप छ, र अरु केहि शब्दहरुमा त्रुति छन्, र ती त्रुतिहरु मैले यहाँ लेखिराख्नु पर्दैन होला ।
अर्को भाग सम्पादन गरी प्रकाशित होला भन्ने आशका साथ कुर्दैछु । 

 
Posted on 10-01-12 2:00 PM     [Snapshot: 221]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कथा भक्खर शुरु भा' जस्तो थियो सकिएछ बाग १ त !!

दाइ अरु पनि लेखम् !!

 
Posted on 10-01-12 7:17 PM     [Snapshot: 377]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thul dai ko katha padera mann nai aananda vayera aaucha!!!!!
can't wait for next part...
chito paskanu paryo thuldai !!!!
 
Posted on 10-02-12 10:35 AM     [Snapshot: 599]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि त्यसपछि के भयो रे -

आज अर्को भाग आउछ हैन

 
Posted on 10-02-12 11:17 AM     [Snapshot: 631]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 भाग २

 

चक्करले ढले छु. उज्यालो दिन निस्पट्ट अँध्यारियो. एउटा सिंगो जिन्दगी निमेषमै चकनाचुर भएको दृश्य देखिरहें.

गलेको मन, भिजेको आँखालाई सम्झाउने निकै बेर कोशिश गरें. क्यान्सर निको नै नहुने त हैन नि.  घर खेत बेच्न परे नि बेचौला, विदेश लान परे पनि लैजाउला तर निष्ठुरी काल लाई चाहिं लान दिन्न . यो वाचा भो एक पुत्रको .

खाना खाइवरी, मम्मी एक छिन निदाएको बेला पारी हामी बाबु छोरा घडेरीको पछाडी को बारी मा गयौ.

“मम्मी लाई जसरी भए नि बचाउनु पर्छ, देशमा उपचार नहुने भए विदेश लान्छौ.” जागिर सागिर भांड मे जाए ... जागिर त अर्को पाइन्छ, मम्मी फेरी... “ भन्दा भन्दै गला अबरुद्ध भए, आँशु को भेल ले परेलीको बाँधलाई भत्काए , मन पहिरो को गहिरो मा धस्सिए.

“ अब केही हुन्न उमेश, डाक्टर साहेबले मिती तोकी सक्नु भयो. भागवानको चमत्कारको आशा गर्नु र पुकार गर्नु बाहेक अरु कुनै उपाय छैन रे “  हारेको बाबा मलाई सम्झाउने असफल प्रयास गर्दै हुनुहुन्थ्यो.

अहँ, म मान्दिन , केही त अबश्य उपाय हुन्छ होला . काठमाडौमा संगै पढेका डाक्टर साथीहरु छन् ,  सल्लाह लिन्छु . काल त के महाकाल संग पनि लड्छु, हार मान्दिन बाबा , हार मान्न सिकेको छैन मैले . 

बिराटनगर कै प्रतिष्ठित डाक्टरहरु लगायत काठमाडौका  सम्बन्धित स बिशेषज्ञहरु संग कुरा गरें. सबैको एउटै कथंन थियो- यो अन्तिम अवस्था हो, बिरामीलाई सके सम्म  बिना कष्ट प्रस्थान गर्न दिनु पर्छ, इच्छाहरु पुरा गरि दिनु पर्छ. कुनै उपाय छैन. शरीर भरि क्यान्सरका कोशिकाहरु फैली सकेको छ .

कींकर्तब्यबिमूढ बाबा र म , काल हांसी हांसी जन्ती लिएर आएको पर क्षितिजमा हेरी रह्यौ. दैबको निष्ठुरीपन हात जोडेर स्विकार्दै थियौं. आफैले आफैलाई धिकार्दै थियौं.

डाक्टरले दिएको समय सीमा नजिकिदै थियो. काल घर वरिपरी महशुश हुन थाल्यो. मम्मीको स्वस्थ स्थिति एक्स्पोनेंसियाल्ली खराब हुदै गयो. पीडा नहोस भनेर पेन किलर र निद्रा को ओखती दिएका थिए डाक्टरले. हामी सकेसम्म मम्मी को समीप मै रह्यौ. बेहोश मै केहि बर्बराउनु हुन्थ्यो . सम्भवत काल संग लडिरहनु भएको हुनु पर्छ . होश खुल्दा आशुको सागर बग्थ्यो . कहिले बाबालाई  हेर्नु हुन्थ्यो- केही भने जस्तो गर्नु हुन्थ्यो कहिले मलाई ...

अन्तिम अन्तिम अवस्था थियो, छिमेकी ले घाट लिएर जाने सल्लाह दिए , जिउदो मान्छेलाई घाट लगेर मार्ने कपुट थिएनौ . नर्सिंग होम लिएर गयौं. परिणाम थाहा पाएर पनि अन्तिम लडाई र दैबी चमत्कारको आशा लिएर सलाइन पानी चढाउन दियौं. सलाइन पानी मा केही बूँद अमृत मिसाई देउ भगवान ....... निष्ठुरी संग अन्तिम बिन्ति पत्र चढाएँ. 

 

नर्सिंग होम लागेको  रात, मध्यरात .... छिमेकी र आफन्तहरु आ-आफ्नो घर गैसकेका थिए. बाबा र म  नर्सिंग होमको महँगो क्याबिन भित्र ...  सलाइन पानी टप्प टप्प .... आवाज कान मा कर्कश बनि गुन्जियो रह्यो. साढे १२ तिर हुदो हो .  सलाइन पानी को त्यो कर्कश आवाज बन्द भो... झल्यास्स  ब्यूउझिए जस्तो ...मम्मी को मुहारमा दिब्य चमक देखियो. सधैं मम्मी भनी सम्बोधन गर्थें आज मुखबाट ...आमा.... निस्क्यो.... . शायद आमा शब्दको तरंगले जति टाढा पनि वात्सल्यता सुनिने रहेछ .  धेरै दिन पछी आँखा खोल्नु भयो र धीत मरुन्जेल हेरे जस्तो गर्नु भयो र ................. सदाको लागि आँखा बन्द गर्नु भयो .................................................................

 

क्रमश:

 


 
Posted on 10-02-12 11:26 AM     [Snapshot: 634]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भेरी स्याड -

केहि भन्नै आएन -

अर्को भाग

 
Posted on 10-02-12 11:33 AM     [Snapshot: 655]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.........मन चसक्क दुख्यो, आँखा रसाए........

अर्को भाग चांडै आउने आशामा |

- फत्ते


 
Posted on 10-02-12 12:30 PM     [Snapshot: 709]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-02-12 1:16 PM     [Snapshot: 752]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ठुल्दाई ... अघिल्लो पार्ट स्याड भनेको त ....यहाँ त झन् मन खिस्रिक्क भो..... कस्तो खल्लो लग्यो ....
 
अर्को भाग को प्रतिक्ष्यामा .......

-थाने

 
Posted on 10-02-12 1:26 PM     [Snapshot: 763]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 आँखा रसाए........आँखा रसाए........
 
Posted on 10-02-12 2:05 PM     [Snapshot: 818]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिर्षक पढ्दै ब्यथा कथा मै सिमित होस् भन्नु भएको छ, निकै दु:खद पूर्ण घटनाहरु समेटेको कथा जस्तो लाग्यो ठुल्दाई।
 


 
Posted on 10-02-12 11:15 PM     [Snapshot: 974]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन सुत्नु अगाडि धेरै पछी ठुल्दाइ को कथा देखेर मन्न थम्नै नसकेर पदेको त अत्यन्तै दुखित राइछ । आसा छ यो ठुल्दाइ को आफ्नै जीवन को कथा चै नहोस् । जधौ ठुल्दै ।
 
Posted on 10-03-12 8:29 AM     [Snapshot: 1064]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सदभावी मित्र ... कर्णाली ब्लूज, दीपिका, को हो -को हो , थाने, पिया , फत्ते , सेरिल , नेपालि लभर, भक्ते दाई, भुन्टे, बाह्रमासे, बलर मिरर , बेहूबे , रिडल अनि वासुदेव ..
 
क्षमा चाहन्छु , कथाको सुरुवात दुखान्त र पिडादायी घटनाको वृतान्त भएको मा . यो कथा मेरो आफ्नै न भए पनि नजीक को मित्रले भोगेको  तीतो सत्य हो.  त्यो पीडाको वास्तविक घोचाइ त त्यै मित्रलाई बढी थाहा होला. मैले त सके सम्म शब्दमा उतारेको मात्र हुँ. उनको दुखद भाव कति सम्म उतार्न सकें वा सकिन यो यहाँहरुको मुल्यांकन मा भर पर्छ . 
 
आउँदा अंकहरुमा कहानीले " अग्रगामी " छलांग लगाउने नै छ . आशा छ - अब दुख पिडाहरु यसरी लाम लागेर आउने छैनन् , आए पनि स्वरूप बदलेर आउने छ . 
 

 
Posted on 10-04-12 7:44 AM     [Snapshot: 1193]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 धेरै  पाछि राहुल्भाई को कथा पढ्न पाइएको छ , प्राय  सबै नेपाली को कथा भित्र व्यथा लुकेको हुन्छ.व्यथा नलुकेको कथा त के कथा 
 
Posted on 10-04-12 8:29 AM     [Snapshot: 1203]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन पछी राहुल दाई को कथा पदे। साह्रै दु:खद कथा परेछ !!!!

सलाइन पानी मा केही बूँद अमृत मिसाई देउ भगवान ....... निष्ठुरी संग अन्तिम बिन्ति पत्र चढाएँ.
शायद आमा शब्दको तरंगले जति टाढा पनि वात्सल्यता सुनिने रहेछ

best lines from Story!!!!!


 
Posted on 10-08-12 10:32 AM     [Snapshot: 1373]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 भाग ३ 

आफ्नै आँखा अगाडी आफ्नै आमाको प्राण पखेरु उडेको दृश्य हेर्नु पर्ने श्राप प्रारब्धको पाप हुनु पर्छ. बिबश बाबु छोरा ....... अश्रुधारा मै बगे .... जिन्दगीका सबै आधारहरु पहिरो मै पुरिए.

कर्म धर्मका काम सकिए. घर घर जस्तो लागेन. मशान बीच ठिंग उभेको टहरो जस्तो लाग्यो.  एउटा सिङ्गो लाश जस्तो. जीवन हराएको बास जस्तो . बाबा टोलाएको टोलाइ .... बिजिनेस सिजिनेस सब चौपट...

बिपत्ति कहिलेइ एक्लै आउदैन रे भन्थे ... डिप्रेशनको शिकार भाको बाबा को बिजिनेस कर्मचारीको अप्रेशन ले खोक्रो  भैसक्यो पत्तो भएन. साझेदारको बेइमानीमा ऋणमात्र थपियो.

जस्तो सुकै बिपत्तिमा नि हार नमान्नु भन्नु हुन्थ्यो मम्मी. मुश्किलले जसो तसो टुक्रिएको मनलाई सिउदै जिउदै फेरी कर्मथलो फर्किएँ. कम्पनीको डारेक्टर साहेबलाई फोनबाटै यावत दुर्घटनाको जानकारी दिईसकेको हुनाले प्रशासनिक कठिनाइ भएन पुन: काम गर्न. तर मानसिक रुपमा अझै तयार थिइन. मम्मीको अन्तिम दृश्य झल्झली याद आइरह्यो. जीवन र मृत्युको त्यो अन्तिम लडाई, अमुक आँशुको भाषा... र सम्बोधन .... बिबश बाबु छोरा .... मस्तिष्क कम्पित भैरहने....  कहिले काहीं लाग्थ्यो... यो अलिछिनी हात ... आमाको लाशमा दाग बत्ती .... स्याउँ स्याउँति किरा परोस जस्तो ....

 

समय सबै भन्दा ठुलो मल्हम भन्छन. बिस्तारै नर्मल हुने क्रम मा थिएँ . कामको परफोरमेन्स पहिलेइ कै गतिमा प्रगति हुदैथियो. हाम्रो अफिसले ठुलै ठेक्का सरकारी काम लिएको थियो. त्यै काम को सिलसिलामा सिलवाल सर हाम्रो अफिसमा आउने जाने गर्नु हुन्थ्यो .

सिलवाल सर मन्त्रालय हो कि बिभागको सहसचिब सर . डाइरेक्ट फिल्डको काम संग सरोकार राख्ने भएकोले होला सर संग मेरो भेटघाट र छलफल हुन्थ्यो. कहिले काहीं फिल्ड पनि संगै गइन्थ्यो.

 

एक दिन सिलवाल सर ले “ तपाईं ले माइन्ड गर्नु हुन्न भने एउटा व्यक्तिगत कुरा सोध्छु “ भन्नु भयो .

सोध्नुस न सर जे सोधे नि हुन्छ, सर त  मेरो अभिवावक सरहको मान्यबर .

“बिहे भो ?”

मेरो बारेमा यावत कुरा थाहा पाए  पनि कुटनैतिक सवाल थियो उहाँको.  

"भाको छैन सर, बिहे गर्ने बेला पनि भाको छैन नि सर  र सोचेको पनि" 

"येह येह, उमेर त भयो नि उमेश, घर भनेको समय मै बसाउनु पर्छ, जवानी मै गर्नु पर्छ."

" त्यो त हो सर तर अर्को २-३ बर्ष को लागि तामेलीमा राख्ने बिचार छ ."

"गर्ल फ्रेन्ड त होला नि ?" अर्को करेन्ट छोड्नु भयो सरले.

"गर्ल फ्रेन्ड ...." अक्मक्कीएँ .

"यस्तो हट्टाकट्टा, होनहार ठिटो को गर्लफ्रेन्ड नहुने कुरै भएन नि , हैन र ...?"

"त्यसो हैन सर,  सरलाई के ढाट्नु  एउटी थिई ... तर ब्रेक अप भएको नि धेरै भैसक्यो."


"सो स्याड ..."

लौ त उमेश जी, बोर नमान्नु पछी कुरा गर्दै गरौला, अहिले मन्त्रालयमा मिटिंग छ. त्यो फिल्ड को प्रोग्रेस रिपोर्ट अर्को हफ्ता सम्म तयार गर्नु होला .

सर जानु भयो तर सर ले एउटा घाउ को खाटो उप्काएर जानु भयो ................... “सुष्मा !! प्राण भन्दा प्यारी "सुष्मा" ........

एक छिन सुष्मा को संसारमा विचरण गर्न पुगेछु . एक्लै फत्फताए छु .

"सर..........., येह सर ... डाइरेक्टर साहेबले बोलाउनु भएको छ ..... "रिसेप्सनिस्ट बन्दना को मसिनो स्वरले कान मै ढ्यांग्रो ठटायो.

"किन बोलाएको सुष्मा ??"

बन्दनालाई अनायासै सुष्मा भने छु. म सुष्मा हैन सर , बन्दना .... भन्दै हाँसो रोक्ने क्रममा मुख छोप्दै आफ्नी डेस्कमा गईन..


क्रमश: 


 
Posted on 10-08-12 1:36 PM     [Snapshot: 1465]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या छोटो कथा ...छोट्टा ठुल्दाई ....तर रामो कथा.... झट्ट अर्को पार्ट हलम त पाट ..(मार्ने भ्ये ठुल्दैले पाट भन्यो भनेर अब हेहे ) 
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters