[Show all top banners]

GauleSathi

More by GauleSathi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 खुब ठूलो काम गरेको भनेर दङ्ग परेको? थुक्क!, A simple man always find difficult to survive but see this criminal thug rides PAJERO
[VIEWED 5640 TIMES]
SAVE! for ease of future access.
Posted on 07-12-12 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुब ठूलो काम गरेको भनेर दङ्ग परेको? थुक्क!

फोटो साभारः कान्तिपुर


फोटोमा टोपी लगाएको बजिरसिंह तामाङलाई हेर्नुस् त- कति दङ्ग छ। मख्ख छ। हातमा हत्कडी छ तर निश्चिन्त छ। उसलाई अदालतले १७० वर्षको जेल सजाय सुनाएको छ तर पश्चताप वा चिन्ता त अनुहारमा रत्तिभर नि देखिँदैन। नेपालको न्यायिक इतिहासमै यो सबैभन्दा धेरै अवधिको सजाय हो। मान्छे यति धेरै समय बाँच्दैन। उनको उमेरै ३७ वर्षको छ। नेपालीको औसत आयु ६८ वर्ष हो। १०० वर्ष बाँच्यो भने पनि उसले ६३ वर्ष मात्रै सजाय भुक्तान गर्छ। १०७ वर्षको सजाय त बाँकी नै हुन्छ। पूरै सजाय भुक्तान यो जुनीमा संभव छैन। तर पनि उसले गरेको अपराधको स्तर हेरेर उसलाई यति ठूलो सजाय सुनाइएको हो। ग्वाटेमालामा त नरसंहार गर्ने सैनिकहरुलाई ६ हजार वर्षको सजायको फैसला सुनाइएको थियो। यस्तो फैसलाले त‍ैँले यति ठूलो अपराध गरेको छस् कि अब तँ जेलबाट निस्कन सक्दैनस्, जेलभित्रै मर्छस् भन्ने संकेत गरेको हो। तर उनी त मख्ख पो छन्। अझ क्यामेरा अगाडि ‘जति फोटो खिच्नुहुन्छ खिच्नुस्, मलाई कुनै पछुतो छैन’ भन्दै हाँस्दै जेल गएछन्।

केटी बेच्ने गिरोहका नाइके हुन् यी। भारतको आगराको सहिदनगरमा कोठीसमेत चलाएका छन् यिनले। कति केटी बेचेर उनले भारत पुर्‍याए त्यो लेखाजोखा छैन। यो सजाय भने उनले बेचेका तर भागेर आएका १४ देखि १९ वर्षसम्मकी छ जना किशोरीको उजुरीमा परेको मुद्दामा दोषी ठहर गर्दै सुनाइएको हो। मान्छे किनबेच गर्नु नै अपराध हो। यहाँ त उनले हेर्नुस् त १४ वर्षकी कलिलो उमेरका किशोरीहरुलाई समेत वेश्यालयको नारकीय जीवन बिताउन बाध्य पारेका छन्।

वयस्कले आफ्नो इच्छामा जीविकोपार्जन गर्न बाध्य भएर देहव्यापार गर्नु भनेको अर्को कुरा हो। उनले त जबर्जस्ती उनीहरुलाई त्यसमा लगाउँथे। त्यो पनि जागिर मिलाइदिन्छु, खाडी देशमा पठाइदिन्छु भन्दै झुक्याएर। मान्छेलाई मान्छेको रुपमा हैन, एउटा सामान र पशुको रुपमा किनबेच गर्ने यस्ता चेलिबेटी बेच्नेहरु मानवताविरुद्धका अपराधी हुन्। देशकै बदनाम गर्नेहरु भएकोले राष्ट्रका दुश्मन पनि हुन्।

‘प्रलोभनमा पारेर भारतमा ल्याइने हरेक चेलीको अस्मिता पहिले उसैले लुट्थ्यो। सुरुमा केही दिन आफैंसँग राखेर अघाउन्जेल खेलवाड गरेपछि मात्र कोठीमा लग्थ्यो। हामीलाई पनि यसैगरी खतम पार्‍यो। भनेको नमाने चिर्पट र रबरको कोर्रा खानुपर्थ्यो। रक्तमुच्छेल भइसक्दा पनि छाड्दैनथ्यो। राम्री लागेकी चेलीसँग नाटकी बिहे गरेर आठ-दस महिनापछि कोठी लगेर छाडिदिन्थ्यो। कतिपयलाई त बेचिदिउँ कि मसँग बिहे गर्छेस् भनेर धम्क्याउँदै सुत्न बाध्य बनाउँथ्यो,’ उनैले बेचेकाहरुले दिएको यस्तो बयानले पनि थाहा हुन्छ कुन हदसम्मका अपराधी थिए उनी।

अदालत मै उनी आफैले बेचेकाहरुलाई थर्काउँथे- ‘तिमीहरुलाई मैले जानेको छु। जेलबाट त निस्किउँ तिमीहरूलाई के गर्नुपर्छ मलाई थाहा छ । एक-दुई दिनमा छुट्दैछु, सबैलाई सिध्याउँछु। मेराविरुद्ध बयान दिने सबैलाई ठीक पार्न जानेको छु।’

मुद्दा हाल्ने छ जनामध्ये दुई जनाको मुद्दामा ४०-४० गरेर ८० वर्ष, अर्को दुई जनाको मुद्दामा २०-२० गरेर ४० वर्ष र अर्को दुई जनाको मुद्दामा २५-२५ गरी ५० वर्ष गरी कूल १७० वर्षको जेल सजाय उनलाई तोकिएको हो। २०६४ सालमा बनाइएको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ऐनले सजायलाई कडा बनाएको हो।

किन दङ्ग पर्दै हाँसेको होला ?
सामान्यतया सजाय सुनेपछि मान्छे निराश हुन्छन्। चार्ल्स शोभराज जस्ता कुख्यात अपराधी त सजाय सुनेपछि निराश देखिएका थिए। उनलाई त इतिहासकै बढी सजाय सुनाइएको थियो। मृत्युदण्डको प्रावधान नभएको हाम्रो जस्तो देशमा यो हदैसम्मको सजाय हो। तर पनि उनी किन यति प्रफुल्ल त? यस्तो लाग्छ मानौँ ऊ सजायको खिल्ली उडाउँदैछ, छुट्छु भन्ने आत्मविश्वास छ उनमा।

हुन पनि उनलाई सिन्धुपाल्चोकको जिल्ला अदालतले पो सजाय सुनाएको हो त। अब उनले पुनरावेदन गर्नेछन्। यो मुद्दा अञ्चल पुनरावेदन अदालतमा चल्नेछ। त्यसपछि सर्वोच्च अदालतमा मुद्दा चल्नेछ। पैसा प्रशस्त छ, त्यसैले नामी नामी वकिलहरुले शायद उनका मुद्दा लड्ने छन्। अदालतमा न्याय किनबेच हुनेगर्छ, छुटौँला घुस खुवाएर भन्ने आत्मविश्वास पो हो कि ! अथवा जेलभित्रै मज्जाले सुखसुविधा भोगेर बस्छु भन्ने पो हो कि।

पश्चिमी सिन्धुपाल्चोकका सामान्य किसान परिवार जन्मिएर सामान्य लेखपढ गर्न जान्ने उनी ट्याक्सी चालक थिए। भारतमा कोठी चलाएर बस्ने दिदी तारा तामाङले अह्राए अनुसार युवती लिएर पहिलोपटक भारत पुग्दा एक लाख भारु पाएपछि उनले यो काम थालेका रहेछन्। पहिला केटीमात्र बेच्थे, पछि कोठी पनि चलाउन थाले। पैसा त प्रशस्तै कमाएको हुनुपर्छ। पजेरो चढेर गाउँ पुग्थे उनी। शक्तिकेन्द्रहरुको आशीर्वादले उनको अवैध कामलाई कसैले अवरोध गर्न सकेका थिएनन्। अहिले पनि त्यही आशीर्वाद पाउनेमा निश्चित भएको पो हो कि।

यति सजाय पर्याप्त हो ?
कोही थाहा पाउनेले यकिन भनिदिए हुन्थ्यो, तर सुनेको- नेपालको कानुनमा सबैभन्दा ठूलो सजाय जन्मकैद हो। त्यो भनेको २० वर्षको हो। २० वर्षमा रात र दिनलाई दुई दिन र सार्वजनिक विदाका दिनलाई थप दिन मान्ने गरिन्छ रे। यो हिसाबले २० वर्ष जेल सजाय पाएको व्यक्ति त्योभन्दा अघि नै निस्कने स्थिति बन्छ रे। विभिन्न दिवस, पर्वमा कैदीहरुलाई बाँकी सजाय छुट पनि दिने गरिन्छ। जिल्ला न्यायाधीश अनन्तराज डुम्रेले सुनाएको १७० वर्षको जेल सजाय (पुनरावेदन र सर्वोच्चले त्यसलाई सदर गरे) को भुक्तान कसरी हुँदो रहेछ, स्पष्ट छैन।

जेल सजायबाहेक उनलाई जरिवाना र क्षतिपूर्तिको सजाय पनि सुनाइएको छ। हुनत ती किशोरीहरुको जीवनै बर्बाद पारेको क्षतिको के पूर्ति हुनसक्थ्यो र, तर पनि ६ जना मध्ये प्रत्येकले साढे एक लाख रुपियाँ उनले तिर्नुपर्नेछ। अनि जरिवानावापत १३ लाख गरी कूल २२ लाख रुपियाँ तिर्नुपर्नेछ।

मुद्दा हाल्ने चेलीहरु अहिले शक्ति समूहको संरक्षणमा राजधानीमा बस्छन्। शक्ति समूहकी संस्थापक अध्यक्ष चरिमाया तामाङ हुन्। उनी आफै पनि बेचिएर बम्बैमा नारकीय जीवन बिताएर फर्केकी थिइन्। अमेरिकाले हिरो एक्टिङ टु एण्ड मोर्डन डे स्लेभरी अवार्ड २०११ बाट सम्मानित गर्ने क्रममा विदेशमन्त्री हिलारी क्लिन्टनले अंगालो मारेपछि चरिमायाको चर्चा मिडियामा खुबै छाएको थियो।

Not only this , I have heard lots of civil engineers and overseer who are posted in village and are involved in INGO and NGO work sleeps with school childrenSCHOOL CHILDREN CAN YOU BELIEVE IT.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters