[Show all top banners]

aman
Replies to this thread:

More by aman
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 FU Rubel
[VIEWED 12336 TIMES]
SAVE! for ease of future access.
Posted on 07-29-11 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शम्भु भारतीले अदालतमा भने- सुडान घोटालाका मुख्य योजनाकार रुवेल चौधरी

image

'मुख्य ठेकेदार रुवेल नै थिए, ठेक्काको आधा कमिसन मलाई रुवेलले नै दिएका हुन् । बाँकी पैसा पनि रुवेलसँग नमागी आफूसँग मागेको भन्दै राइडरले मलाई अश्लील शब्दमा गाली गर्दै आइन्दा सम्पर्क नगर्न भनेका थिए ।’- शम्भु भारती

 

नयाँ पत्रिका

काठमाडौं, १२ साउन

सुडान घोटालाका ठेकेदार शम्भु भारतीले कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरी नै मुख्य ठेकेदार भएको दाबी गरेका छन् । विशेष अदालतमा दुई दिनसम्म बयान दिँदै भारतीले रुवेलको सहायककै रूपमा मात्र आफूले काम गरेको बताएका छन् ।

सुडानमा खटिएको नेपाल प्रहरीको मिसनका लागि एपिसीलगायतका बन्दोबस्तीका सामान सप्लाइ गर्ने बेलायती कम्पनी एस्युर्ड रिस्कका नेपाली एजेन्टका रूपमा बयान दिन विशेष अदालतले भारतीलाई पुर्जी काटेको थियो । घरमा पुर्जी टाँसिएको ३०औँ दिनमा उपस्थित भारतीसँग अदालतले मंगलबार र बुधबार बयान लिएको थियो, बिहीबारदेखि थुनछेकको आदेशको बयान सुरु भएको छ ।

भारतीले दिएको बयानअनुसार बेलायती कम्पनी एस्युर्ड रिस्कका तर्फबाट सुजाताका ज्वाइँ बंगलादेशी नागरिक रुवेलले नै कारोबार गरेका थिए । कम्पनीको प्रतिनिधिका रूपमा रुवेलले काम गरेको र उनको निर्देशनमा आफूले काम गरेको भारतीको भनाइ छ । ठेक्कामा सुजाताका स्वकीय सचिव हरि ढुंगाना पनि सक्रिय भएको बयान उनले दिएका छन् ।

विशेष अदालतले एस्युर्ड रिस्कका तर्फबाट माइकल राइडरले भारतीलाई लेखेको इमेलको विषयमा पनि प्रश्न गरेको थियो । 'तपाईंलाई बेलायती ठेकेदार माइकल राइडरले सुडान प्रकरणको हिसाब रुवेल चौधरीसँग लिनू' भन्दै लेखिएको इमेलको अर्थ के हो भनी अदालतले सोधेको थियो । जवाफमा भारतीले भने, 'मुख्य ठेकेदार रुवेल नै थिए, ठेक्काबापतको आधा कमिसन मलाई रुवेल नै दिएका हुन् । बाँकी १२ हजार पाँच सय अमेरिकी डलर -करिब १० लाख रुपैयाँ) रुवेलसँगै लिनु भनेर मलाई राइडरले इमेल गरेका थिए । रुवेलसँग पैसा नमागी आफूसँग मागेको भन्दै राइडरले मलाई अश्लील शब्दमा गाली गर्दै आइन्दा सम्पर्क नगर्न भनेका थिए ।'

प्रहरीसँग भएकोे इमेलको प्रतिलिपिमा पनि राइडरले भारतीलाई गाली गर्दै 'जे माग्नु र भन्नु छ रुवेलसँग भन, मलाई अबदेखि इमेल नलेख' भनेका छन् । इमेलमा राइडरले अश्लील शब्द प्रयोग गर्दै लेखेका छन्, 'तिमी अनपढ गवार हौ, तिमीसँग व्यापारिक दक्षताको निकै कमी छ, तर यो व्यापार निकै जटिल छ ।'

सुडानमा खटिएका प्रहरीका लागि आवश्यक पर्ने सामान सप्लायर्स गर्दा फाराम र नाम बेलायती ठेकेदार राइडरको भए पनि नेपालमा सम्पूर्ण काम चौधरीले गरेको भारतीले बताएका छन् । इमेलपछि आफूले राइडरलाई फोन गरेको र उनले फेरि पनि रुवेलसँगै हिसाब किताब गर्न भनेको भारतीले अदालतलाई बताएका छन् । राइडरले 'हरि ढुंगानामार्फत' रुवेलसँग हिसाब किताब गर्न भनेको पनि उनले बताए । अदालतले को हुन् ढुंगाना भनी भारतीसँग प्रश्न गरेको थियो । जवाफमा भारतीले भने, 'पूर्वउपप्रधानमन्त्री सुजाताका स्वकीय सचिव ।'

विशेष अदालतले दुई दिन लगाई लिइएको बयानमा भारतीसँग ४२ प्रश्न सोधेका छ । बयानपछि बिहीबार थुनछेक बहस भए पनि समय अभावका कारण अदालतले शुक्रबारका लागि पेसी राखेको प्रवक्ता धीरबहादुर चन्दले बताए । भारतीको पक्षमा शम्भु थापासहित ६ जना कानुन व्यवसायी छन् ।

बिहीबार थुनछेकको बहस नसकिएपछि शुक्रबार सुरु गर्नेगरी उनलाई न्यायिक हिरासतमा पठाइएको छ । भारती तीन दिनदेखि महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा छन् । विशेष अदालतले बिहीबार पूर्वप्रहरी अधिकारीहरू शिव लामिछाने, नीरजबहादुर शाही र श्याम सिंह थापालाई न्यायिक हिरासतमा पठाएको छ ।

त्यसैगरी, बिहीबार बयान दिन अदालत पुगेका पूर्वएआइजी श्यामसिंह थापाले सुडान प्रकरणमा पूर्वआइजिपी ओमविक्रम राणाको ठाडो निर्देशनमा आफूले सामान खरिद प्रक्रियाको फाइल सदर गरेको बताएका छन् । 'तत्कालीन आइजिपीले ठाडो आदेश दिएपछि मैले हस्ताक्षर गरेको हुँ,' उनको भनाइ छ ।


 
Posted on 07-29-11 12:49 PM     [Snapshot: 72]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कुकुरलाई गोली ठोक्नु पर्छ अब नेपाल फर्क्यो भने| स्वदेशीले त बिगारे बिगारे, अब साला बिदेशीले पनि लुट्न थाले|


 
Posted on 07-29-11 1:22 PM     [Snapshot: 124]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 भर्स्त गिरिजा--->गिरिजा को  छोरी  सुजता---> तेसको बिदेसी ज्वाँई---> लुत्नु सम्मा लुटे नेपाललाई, आझै गिरिजा क पल्तु कुकुर हरु ले त कती लुत्ने बाँकी छ।  
 
Posted on 07-29-11 1:53 PM     [Snapshot: 190]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 yo mula Girija ko santaan lai kina kasailay k hi gardai naa.... Goli haan na jaathi lai... mula Nepal ko barbadi yeslay nai garya ho... Nepali janata lay kahilye aakhaa kholnay hola....


 
Posted on 07-29-11 4:07 PM     [Snapshot: 296]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Parasle euta kaam ramro garna sakthyo goli hanera tyo pani hawa ma hanera garena
 
Posted on 07-29-11 4:20 PM     [Snapshot: 322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo khate lai chyak chyak parera katnu parcha!

 
Posted on 07-29-11 4:21 PM     [Snapshot: 324]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Well said Aman. Paras le tehi bela ma thoknu parne.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters