[Show all top banners]

Nepal patriotic
Replies to this thread:

More by Nepal patriotic
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Another Crisis in Nepal
[VIEWED 9828 TIMES]
SAVE! for ease of future access.
Posted on 02-26-10 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली पासपोर्टमा बंगलादेशी


- kantipur news








नेपाली राहदानी किनेर रोजगारीमा आउनेहरू कतारमा मात्र छैनन्, साउदी अरब र कुबेतमा पनि उत्तिकै छन्


[Disallowed String for - ] type=text/javascript>


[Disallowed String for - ] type=text/javascript src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">


[Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/expansion_embed.js">

[Disallowed String for - ] src="http://googleads.g.doubleclick.net/pagead/test_domain.js">

[Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/render_ads.js">

[Disallowed String for - ]>google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);

दोहा (कतार), फाल्गुन १४ -
 रोजगारीका लागि कतार आएका एक युवक दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा तीन दिनसम्म अलपत्र परे । उनी काम गर्न आएको कम्पनी लिन नआएपछि विमानस्थलमै कहिले यता त कहिले उता गरेर बसे ।

 


 

 

 

त्यही विमानस्थलमा काम गर्ने नेपालीहरूले तिनको हालत देखेर सोधखोज गरे । युवक धनुषाका रहेछन् तर उनलाई न नेपाली भाषा आउँथ्यो न मैथिली न त हिन्दी नै ।

पछि उनलाई नेपाली दूतावासले उद्धार गर्‍यो । बुझ्दै जाँदा थाहा भयो, उनको त राहदानीमात्र नेपाली रहेछ । उनी रहेछन् बंगलादेशी । 'मेरो नाम नजरुल मण्डल, घर बंगलादेशको पप्ना जिल्ला हो,' एक दोभाषेमार्फत यी २८ वर्षे युवाले भने, 'मैले राहदानी नेपालमा व्यापार गर्ने आफ्नै गाउँका दाइ पर्नेमार्फत नेपाली एजेन्टबाट किनेर ल्याएको हुँ ।' उनी धनुषा, सिनुरजोडा ५ का सञ्जीवकुमार मण्डलको २१६१३२५ नम्बरको राहदानीमा फोटो परिवर्तन गरेर आएका हुन् । राहदानी खरिदसहित एजेन्टलाई २ लाख ३० हजार टाका रकम बुझाएको उनले बताए ।

मण्डलले आफूलाई मेसिनको काम गर्ने भनेर पठाएको जनाएका छन्, तर उनको पेपर भिसामा लेबर काम भनेर उल्लेख छ । 'मलाई कम्पनीले महिनाको २० हजार टाका बराबरको तलब दिन्छ भनेर पठाएका हुन्,' उनले सुनाए, 'म एक साता काठमाडौं बस्दा मेसिनको काम गर्न पनि सिकाएका थिए ।'

आठ दिनदेखि दूतावासको आश्रयस्थलमा रहेका मण्डल त्रिभुवन विमानस्थलको अध्यागमनबाट फागुन ३ गते दोहा उत्रेका थिए । नेपालका कुनै पनि भाषा नजान्ने व्यक्ति नेपाली राहदानीमा कसरी त्रिभुवन विमानस्थलबाट दोहा आए भनेर उनलाई भेट्नेहरूले आश्चर्य मानेका छन् । 'त्रिभुवन विमानस्थलमा नेपाली राहदानी देख्नासाथ नानाथरि प्रश्न सोधेर हैरान पार्छन्, उनी (बंगलादेशी) लाई कसरी आउन दिए ?'

१२ वर्षदेखि दोहामा काम गर्दै आएका महोत्तरी गौशालाका राजकुमार ठाकुरले कान्तिपुरसँग भने । उनले यसअघि अर्का एक बंगलादेशी कंगाल सिंह (तपन) भन्ने व्यक्ति झापाका कुलवीर लिम्बूको राहदानीमा कतार आएको बताए ।

दूतावासले नेपाली राहदानी किनेर विदेशी कामदार आउनाले नेपालीको भिसा कोटा र रेमिट्यान्स गुम्ने चिन्ता व्यक्त गरेको छ । राहदानी बिक्री गर्न पठाउने एजेन्ट वा एजेन्सीलाई कारबाही नगरे अन्तर्राष्ट्रिय रूपमा यस्ता घटनाले नेपालको प्रतिष्ठामा समेत आँच पुग्ने दूतावासका अधिकारीहरूको भनाइ छ ।

नेपाली राहदानी किनेर वैदेशिक रोजगारीमा आउने समस्या कतारमा मात्र छैन । साउदी अरब र कुबेतमा उत्तिकै छ । साउदी अरेबिया दूतावासले विशेष गरी भारतीय युवतीहरू नेपाली सीमा क्षेत्रका जिल्लामा पासपोर्ट किनेर आउने गरेको बताउँदै आएको छ ।

Who did this National crimes and corruption?

 

Who are responsible?

 

Why this Nepali national and international criminal are living and having lavish life in Nepal?

 

This is the root cause of all Nepal problems like Political, Social and Law-order?

 
Posted on 02-26-10 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho aba dhoti ko ma passport print bhaya pachi ta mero passport tetai bata Quatra, Saudai ma pugcha hola.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters