[Show all top banners]

thopa

More by thopa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 को सामन्ती, को सामन्तवादी?
[VIEWED 6793 TIMES]
SAVE! for ease of future access.
Posted on 01-27-10 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


किन हो कुन्नि अचेल एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का
अध्यक्ष पुष्पकमल दाहालले, सामन्तवादी र सामन्तवाद शब्द धेरै दोहोर्‍याउन
थाल्नु भएको छ। सामान्यतः अघि जमीनदारलाई सामन्त भनिन्थ्यो। जमीन र
उत्पादनका साधनमा एकाधिकार हुने व्यवस्थालाई सामन्तवाद भन्ने चलन थियो।
मालिकले किसान मजदुरमाथि गर्ने शोषणका सम्बन्धमा मध्ययुगमा प्रचलित शब्द
हुन् यी। केही सीमित व्यक्तिले बिनामिहिनेत बढी फाइदा लिने र मिहिनेत
गर्नेलाई कम फाइदा हुने व्यवस्थाको विरोधमा उठेको असन्तोष प्रकट गरिएका
शब्द हुन् सामन्त र सामन्तवादी। नेपालका सन्दर्भमा औद्योगिक विकास
भइनसकेको हुनाले जमीनदारी र बिर्ताप्रथालाई सामन्त भनिएको भएपनि २०२१
सालमा भूमिसुधार ऐन लागू भएर जमीनको हदबन्दी तोकिएपछि जमीनमा आधारित शोषण
धेरै कम भयो। यसको अर्थ शोषणै छैन भन्ने होइन। तराई र भित्री मधेशका केही
भागमा केही न केही बाँकी भएपनि समयअनुसार शोषणका अरू तरीकाको विकास
भइरहेको छ।



शोषणको प्रकृति बडो विचित्र हुन्छ। शोषण ठूलाबडा, धनी, सामन्तले मात्रै
गर्छन् भन्ने छैन। प्रत्येकले हैसियतमा आफूभन्दा सानाको शोषण गरिरहेको छ।
अर्थात् शक्ति र स्तरअनुसार जेठाले माहिलाको, माहिलाले साहिँंलाको र एवं
क्रमले सक्नेले नसक्नेको शोषण गरिरहेकै छ। यो शोषण राजनीतिक क्षेत्रमा अझ
चर्को छ। माओवादी अध्यक्ष दाहालले आफ्नै पार्टीभित्र आफैँलाई हेर्नुभए पनि
हुन्छ। हेर्दै जाँदा व्यापारी, उद्योगपति, ठेकदार, म्यानपावर कम्पनी,
घरजग्गा कारोबारी आदिलाई शोषण गर्नेमा लिन सकिन्छ। कमिसनखाने बिचौलीया,
एजेन्ट, विभिन्नखाले दलालले त बिनालगानी झन् ठूलो शोषण गरिरहेका हुन्छन्।
त्यस्तै बिनालगानी करोडौं अर्बौ कमाएका नेता यस देशमा छन्। उनीहरूको
हिजोको स्थिति संझदा तिनलाई माओवादी अध्यक्षले सामन्ती मान्नुहुन्छ कि
हुन्न? रातारात चुलिएको सम्पत्तिको छानबिन र कार्बाही हुनुपर्ने नपर्ने के
हो? जिज्ञासाकै विषय छ।


लेखको उठानकै प्रसङ्गमा जाऊँ। दाहालको जोड प्रत्येक भाषणमा सामन्तवाद र
सामन्तीविरुद्ध नै केन्द्रित छ। अपवादबाहेक मान्छे पुगिसरी नआउन्जेल
मात्रै कम्युनिस्ट हुन्छ रे। त्यसै भएर हो कि कुन्नि, कम्युनिस्ट पनि यहाँ
प्रत्यक्षरूपमा हुनेखाने र हुँदाखानेमा विभाजित छन्। अझ सम्पन्नताको
शिखरमै पुगेका नवअभिजात कम्युनिस्ट पनि छन्। अध्यक्ष कमरेड कुनस्तरमा
हुनुहुन्छ, आफै विचार गर्न सक्नुहुन्छ। अरू बिग्रेको त्यति वास्ता नहुने
रहेछ कि कुन्नि, कम्युनिस्ट बिग्रेको (अति सम्पन्न बनेको ) सबैले ट्वाक्कै
देख्दारहेछन् भनेर कसैले भनेको म संझिरहन्छु।


अध्यक्ष दाहाललाई आफ्नो पूर्वस्थिति कत्तिको संझना छ कुन्नि? माथि
पुगेपछि धेरैले विगतलाई बिर्सेका हुँदारहेछन्। जेहोस्, सत्ताको तलतलबाट
छटपटिएका अभिव्यक्ति उहाँले दिइरहनु भएको छ। आजको उहाँको रहनसहन, खानपानको
स्तर र तडकभडकले के संकेत गर्छ? आफूलाई उहाँले जुन स्तर र हैसियतमा राख्नु
भएपनि जनताले मूल्याङ्कन गरिरहेकै हुन्छन् भन्ने ख्याल त होला नि। उहाँको
पार्टीको नामका पछाडि माओवादी गाँसिएको छ। त्यसको आशय माओवादी विचारधारा
हो भने जनताको स्वीकृतिबेगर सियो पनि नलिनू भन्ने माओको उपदेशको पालन कति
भएको छ? अथवा त्यसको उपहास भएको छ?


उहाँ म्ााओवादीका शिक्षाअनुसार गाउँमा आन्दोलन गर्दै शहर र केन्द्र
घेर्ने सूत्र कार्यान्वयनका प्रसङ्गमा गिरिजाप्रसाद कोइराला र माधव
नेपालका बुद्धि भुटेर, पखँेटा काटेर इण्डियन एयर लाइन्सको १२ बँुदे यानबाट
गणतन्त्रको मैदानमा उत्रत त सफल हुनुभयो तर सत्ताका लागि अगाडिको बाटो अझै
निरापद नहुँदा आत्तिएर हो कि, बारम्बार सामन्ती शासन भनेर तिनै बुद्धि
भुटिएकालाई घोचिरहनु हुन्छ। तिनलाई सराप्दा आफूलाई पनि हेर्नुभए हुन्थ्यो
कि? हजारौं फूल फुल्न देऊ र लाखौं विचारधाराले प्रश्रय पाउन् भन्ने माओका
उपदेशविपरीत आफूसँग सहमत नहुनेले बोल्नै नपाउने, अरूका कुरा सुन्नै
नचाहने, अरूलाई आफ्ना विचार राख्नै नदिने, मिलेर बसेका जनताबीच जातीय
विभाजनको रेखा कोरेर विखण्डन र द्वन्द्वको बाटोतिर डोर्‍याउने, तपाईंका
लाइनमा नहिंड्नेमाथि आक्रमण गर्ने, बलजफत सम्पत्ति कब्जा गर्ने, आफूसँग
वैरभाव भएकासँय हैसियतभन्दा बढी चन्दा माग्दा दिन नसक्नेको वासै खेद्ने
जस्ता काम परम्परागत सामन्तका शोषणभन्दा डरलाग्दा र अप्रजातांत्रिक होइनन्
र?


विगत दशकमा तपाईंहरूले पूर्वकालका अत्याचारी शासक, जमीनदार, विर्तावाल,
ठूलाठालू-बावुसाहेबहरूले गर्नेगरेका शोषण, दमन, उत्पीडन र जंगली
व्यवहारलाई पनि माथ गर्ने सीमाहीन अत्याचारका शृंखला निर्धानिमुखा
गाउँलेमाथि चलाउनु भयो। तिनको सम्पत्ति कब्जा गर्नुभयो, अर्काको परिश्रमको
कमाइ लुटेर सित्तैमा खानुभयो, कतिको ज्यानै लिनुभयो। सामन्ती, अत्याचारी
शब्दले पनि अर्थ्याएर नपुग्ने काम आफूले गरेर पनि अरूलाई सामन्ती भन्नु
कत्तिको सुहाउँदो ठान्नु भएको छ? के यो आत्मविश्लेषणको विषय होइन?


आफ्ना लालाबालाका मुखमा माड लगाउन पनि धौधौ हुनेका घरमा रातबिरात गएर
१०-१२ जनालाई भात पकाउन भन्ने र खान बस्न नदिएमा सामन्तीको सिआईडी भन्दै
छपनीमाथि सुताएर रोलरले सडक पेलेजस्तै सिलौटाले बेलेर हात खुट्टाका हाड
कप्टेरा पारिदिनु भयो। रिस उठेकाले कुरा लगाएकै भरमा (छाला तरेर नूनचूक
लगाई दिने या बाँसमा उल्टो झुण्ड्याएर कुट्ने र जबर्जस्ती अपराध कबुल
गराउने आदि) गरिएका आततायी व्यवहारलाई कसरी माओवादी विचारधाराअनुसारका काम
भन्ने? यस्तो क्रूर पाशविकताको पराकाष्ठा देखे भोगेका जनतालाई तपाईंको
सामन्तको परिभाषा बुझ्न गाह्रो भएको छ। समाजमा सामन्ती पूँजीपति नभएका
होइनन् तर उनीहरूले तपाईंलाई मागेको चन्दा दिएका हुनाले तिनलाई चोख्याएर
समानुपातिकबाट सांसद्समेत बनाइदिनु भयो। तपाईंको यो गुणग्राहितालाई कसरी
प्रशंसा गर्ने? यसबाट पनि तपाईंप्रति जनतामा अनास्था पैदा भएको छ भन्यो
भने तपाईं रिसाउनु होला। त्यसैले भयो भो, अरू नकोट्याऊँ।


तपाईंहरूले बुद्धि पुर्‍याएका भए बरु ठूलाबडाबाट शोषित पीडित जनतालाई
साथ सहारा दिएर पो आफ्नो पक्षमा पार्नुपर्थ्यो। तर उल्टै जबर्जस्ती जनताका
घरमा पसेर खाने बस्ने गरिदिँंदा जनता सरकारी फौजको समेत निसानामा परे।
खोरबाट बाघले बाख्रा थुतेर लगेझैं घरघर र स्कुलस्कुलबाट जबर्जस्ती
केटाकेटी लगेर छापामार बनाउन थालेपछि कतिले पढाई नै छोडेर विदेशिए भने कति
द्वन्द्वमै बेपत्ता भए। यता तेरा छोराछोरी माओवादीमा छन् भनेर सरकारी
फौजले सास्ती दिन थाले। जनताका लागि काम गर्छौं भन्नेले जनतामाथि नै उल्टो
गरेको देख्दा मध्ययुगीन बर्बर दास प्रथाको झझल्को आयो। सम्राट् अशोकले झैं
पश्चाताप र प्रायश्चित गर्नुपर्ने अध्यक्ष प्रचण्डले आज आफूलाई
नवअभिजातवर्गका रूपमा उभ्याएर जनतामाथि सत्रौं शताब्दीको युरोपका सामन्ती
शासकले जस्तो व्यवहार गरेको दृश्य ज्यादै नसुहाउँदो भएको छ।


हो, संविधानसभा निर्वाचनमा माओवादी पार्टी बहुमतमा आयो। तर त्यो त्यही
विगत दशवर्षको बर्वर व्यवहारको डरले गर्दा हो भन्ने बुझिराख्नु भविष्यका
लागि राम्रो हुनेछ । सधैं त्यही व्यवहारले कसरी चल्ला र? अब त राजनीतिक
परिचालनकै आवश्यकता पर्नेछ। तपाईंहरूका गतिविधिमा थप प्रश्न चिन्ह नलागुन्
भन्ने खोजेको मात्रै हो। अध्यक्ष जी! आगे तपाईंकै मर्जी।


nagariknews.com


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters