[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Hamro Gaurab Nepal
[VIEWED 5343 TIMES]
SAVE! for ease of future access.
Posted on 07-03-08 6:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक युग मा आउने यो एउटा दिन

हुँदै हुँदैन भनेर असम्भव जस्तै मानेको संबिधानको चुनाव त जे जसरी भये पनि भएरै छाड्यो गिरजा बाबु (अब वहाँलाई भु.पु.प्रधान मन्त्री भन्ने कि बर्तमान प्रधान मन्त्री भन्ने मैले निधो गर्न सक्या छैन ) ले भन्नु भये जस्तै एक युगमा आउने त्यो दिन पनि आयो ,राजालाई भुतको रुपमा देखेकहरुले मात्र नभै राजा नभै हुन्न यो देशमा भन्नेहरुले पनि राजालाई नारायणहिटी बाट हटायर छाडे । राजा चाहिन्छ भन्ने आफ्नो अडानलाई कुन कुन सर्तमा छाडे होलान भन्ने कुरा पनि हामी सबैलाई थाहा भएकै कुरा हो। तर अब तेस पछी के त ?२४० बर्ष लामो ईतिहास बोकेको राजसंस्थाका राजा ले त जन आदेश मानेर चुपचाप राजगद्धी छाडेर हिंडे भने हिजो भर्खर जन नेत्रित्व लिई अगाडि आएकाहरुले देशको हित जनताको हित भनेर आफ्नो कुर्सिको मोह त्याग्नु हुँदैन?देशको बिकास कछुवाको तालमा नभै भ्यागुता को तालमा गर्ने छौ भनेर उफ्रिनेहरु ,अहिले सबै देश र जन हितको कुरा बिर्सिएर आफ्नै कुर्सि हितमा मात्र उफ्री रहने ? काम छैन काज छैन खाने बेलामा लाज छैन भने जस्तै तेत्रो सभासदहरुले सन्सद् भवन् भरिएको छ । जनही तिनिहरुको भत्ता र तलबमा देशको लाखौं रकम सकी रहेको छ। जनता दिनदिनै मरी रहेछ भोक ले रोग ले । भोक ,रोग र बाइ सि एल द्वारा नमरेका बाँकी जनता दिन दिनै को बन्दले मरिरहेका छन। पहिले पहिले नेपाल भन्ने बितिकै शान्त, सुन्दर हरियाली नेपालको सुन्दर छबी आँखा अगाडि आउथियो भने अचेल कालो टाएरको दुषित धुवा उडिरकेको जता ततै हत्या हिँसा रक्ताम्मे नेपालको काहाली लाग्दो स्वरुप देखा पर्दछ । खगेन्द सङ्रौला जस्ता पर्बुद्ध गनिएकाहरु माधव नेपालहरुको खैरो खन्नुमानै आफ्नो बुद्धी खियाएर देशप्रती ठुलो कर्तब्य पालन गरेको ठानी रहनुभए को छ भने कुनै इमान धर्म नभएका बिजय गच्छेदार जस्ता पाङदुरे नेताहरु रोस्टम् घेरेर तमासा बनाइ रहेछन देशको गरिमामये पदको । (http://www.nepalplus.com )यस्तै तालले सरकार कहिले बन्ने हो? चुनाव कहिले हुने हो हाम्रा बालाबालीकाले उन्मुक्त हाँसो हाँसेर स्कुल जाने दिन कहिले आउने हो? सबैको चुलोमा आगो कहिले बल्ने हो?स्कूल जान बस चडेका बालबालिकाहरु दिनभरी भोकै बसमा थुनिने ,बसमा उल्टि गरेर रुदै घर फर्किने दिनको अन्त कहिले हुने हो ?अस्ती सँसद्को बैठकमा गगन थापाज्युले एउटा राम्रो कुरा गर्नु भएको थियो अब कतै कसैले कुनै हालत मा पनि कुनै प्रकारको बन्द हडताल गर्नु हुन्न भनेर । तर त्यस्तो दिन कहिले आउने होला नेपालमा ?युवाहरुको नेता गगन ज्यु ले नै युवाहरुलाई आव्हान गरेर त्यस्तो कृयाकलाप लाई बन्दगर्न सडक नेत्रित्व गरिदिनु भये यि बाल बालिकले आफुले भोग्न परेको त्रसिदिबाट मुक्ती पाउने थिए होलान। नत्र एक युग मा आउने यो एउटा दिन नआएको भये हुन्थियो भनेर सबैले भन्न पर्ने हुन्छ अस्तु;-

 
Posted on 07-03-08 6:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters