badarkta

More by badarkta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गोली कुर्सी र मतपत्रको जमरा
[VIEWED 3542 TIMES]
SAVE! for ease of future access.
Posted on 03-08-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा यसपालीको अर्थात २०६४ सालको दशैंको हो । दशैं लागेपछि नवदुर्गा भवानीको पुजाआजा ब्यापक रुपमा प्रारम्भ भयो । राजनीतिक दलहरुलाई पनि दशैं नलाग्ने कुरै भएन । मज्जासँग दशैं लाग्यो । घटस्थापनाका दिन राजनीतिक दलहरुले पनि आ आफ्नो गच्छेअनुसार यसरी जमरा राखे ।

नेपाली कांग्रेसले प्रधानमन्त्री निवास बालुवाटार अर्थात गिरिजाटारमा जमरा राख्यो । जमरा राख्ने समारोहमा कांग्रेसका बडे बडे नेताहरु उपस्थित थिए । प्रधानमन्त्री निवासको बुइँगलमा जमरा राख्ने समारोह सुरु भयो ।

‘म त प्रधानमन्त्रीको कुर्सीकै जमरा राख्छु, कुर्सीको जमरा राखेपछि कुर्सि नै उम्रन्छ’ यसो भन्दै गिरिजाले बालुवामा कुर्सी गाडे । उनले दुर्गा भवानीको प्रार्थना गर्दै भने-’हे दुर्गा भवानी, यो कुर्सीबाट कुर्सी नै उम्रियोस्, त्यसपछि म कहिल्यै कुर्सी विहिन बन्दिन ।’

एमालेले चाहिँ बल्खु दरबारमा जमरा राख्ने निधो गरेछ । बल्खु दरबारमा जमरा राख्ने समारोह सुरु भयो । दरबारको बुइँगलको हलमा जमरा राखिने भयो । एमाले स्थायी समितिले चुनावी मतपत्रको जमरा राख्ने निर्णय गर्‍यो । समारोहमा श्री दुर्गा भवानीको आराधना गर्दै माधव नेपालले भोट हाल्ने बाकसमा बालुवा भरेर त्यसैमा मतपत्र गाडे । माधवले दुर्गा भवानीको प्रार्थना गर्दै भने-’हे दुर्गा भवानी, हामी उहिले नास्तिक भए पनि अहिले आस्तिक हौं । यो मतपत्रको जमराबाट थुप्रै मतपत्र उमारिदेउ र चुनावमा हाम्रो विजय होस्, माओवादीको सिनिक्कै सफाया होस् ।’

उता माओवादीमा भने जमरा राख्ने चालचुलै थिएन । नेताहरु आ आफ्नो काममा ब्यस्त थिए । वाइसिएलले माओवादी हेडक्वार्टर अर्थात प्रचण्डको कानमा खबर ल्यायो-’कांग्रेस र एमालेले जमरा राख्न लागेका छन् ।’

खबर खतरनाक थियो । खबर सुनेर प्रचण्ड झसङ्ग भए । उनले तत्कालै पार्टीको बैठक राखे । कांग्रेस एमालेले जमरा राखेको खबर सुनेर माओवादीका सबै नेता सोचमग्न भए । त्यसपछि माओवादी नेताहरुले एकमतले आफूहरुले पनि जमरा राख्ने निर्णय गरे । पार्टीको हेडक्वार्टर अर्थात प्रचण्डको डेराको एउटा कोठामा जमरा राख्ने निर्णय गरियो । जमरा राख्न वाइसिएलको टोलीले तत्कालै एउटा कोठा खाली गर्‍यो । तर जमरा के को राख्ने ? यसमा विवाद सुरु भयो ।

अध्यक्ष प्रचण्ड र बाबुरामले चुनावी मतपत्रको जमरा राख्नुपर्छ भने । उता मोहन बैध, रामबहादुर थापा, नेत्रविक्रम चन्दहरुले बन्दुकको गोलीको जमरा राख्नुपर्छ भने । विवादले निकै चर्को रुप लियो । त्यसो भए जमरा नै नराख्ने कुरा पनि आयो । तर प्रचण्ड र मोहन बैध दुवैले एक स्वरमा भने-’कांग्रेस एमालेले जमरा राखिसकेको अवस्थामा हामीले पनि जमरा राख्नैपर्छ ।’

के को जमरा राख्ने भन्ने विवादका बीच एउटा सहमति भयो । सहमति अनुसार मतपत्र र गोली दुवैको जमरा राख्ने निधो भयो । घर घरमा धान, जौ मकै मिसाएर जमरा राखिए जस्तै मतपत्र र गोली मिसाएर जमरा राख्ने निर्णय भयो । त्यसपछि लेनिनशास्त्रका मन्त्र पाठ गर्दै प्रचण्डले जमरा राखे अनि लालसलाम गर्दै भने-’हे भगवान कमरेड, मतपत्रबाट मतपत्र नै उम्रियोस् है !’ मोहन बैधले पनि मुठि उठाएर लालसलाम गर्दै ‘भगवान कमरेड, गोलीबाट गोली नै उम्रियोस् है’ भन्दै स्टालिन वेदको ऋचा पाठ गरे ।

जमरा राख्ने विधि विधान सकिएपछि प्रचण्ड र मोहन बैध दुवैजना आफूले रोपेको चीज मात्र उम्रने दावी गर्दै थिए ।

दश दिनपछि

तीनवटै पार्टीले आ आफ्नो पुजा कोठामा जमरा काट्ने समारोह आयोजना गरे । तालीको गड्गडाहटका बीच गिरिजाप्रसाद पुजाकोठामा पसे । तर अचम्म ! पुजाकोठा रित्तै थियो । त्यहाँ माता दुर्गा भवानीले लेखेको एउटा पत्र मात्र थियो । पत्रमा लेखिएको थियो-’ए गिरिजा ! आफै बसेर थोत्रो पारेको कुर्सीको जमरा राखेर तिमीले यो के गरेको ? यो गाइजात्रा हो कि दशै‌ हो भन्ने पनि तिमी थाहा पाउँदैनौ ? तिमी यो कुर्सीमा धेरै बस्यौ । यता आएपछि पनि तिमीलाई एउटा कुर्सी नभइ हुँदैन । त्यसैले यो कुर्सी पनि मैले लिएर गएको छु ।’

उता एमालेले पनि जमरा कोठा खोल्यो । एमालेको पनि जमरा कोठा रित्तो थियो । एमालेलाई पनि दुर्गा भवानीले एउटा चिठी छाडेकी थिइन् । चिठिमा लेखिएको थियो-’नेपालमा संविधानसभाको चुनाव हुने छाँटकाँटै देखिन । हाम्रो देवलोकमा कहिल्यै चुनाव भएको छैन । हामीलाई पनि चुनावको अनुभव गर्न मन लाग्यो । त्यसैले देवलोकमा चुनावका लागि तिमीहरुको मतपत्र लगेको छु । मतपत्रको जमरा राखेकोमा धेरै धेरै धन्यवाद !’

कांग्रेस एमालेको जमरा कोठा रित्तै भएको खबर माओवादीमा पुग्यो । माओवादीका नेताहरु आफ्नो जमराले पनि हावा खायो होला भनी चिन्तित भए । उनीहरुले जमरा कोठाको ढोका खोले।

। तर कांग्रेस एमालेको जस्तो माओवादीको कोठा रित्तो थिएन । माओवादीका नेतागण र वाइसिएल गण ‘वास्तविक आस्तिक हामी हौं, भगवानले पनि हामीलाई नै साथ दिएका छन् भन्ने पुष्टि भयो’ भन्दै दंग पर्‍यो । वाइसिएल टोलीले ‘माता दुर्गा भवानीकि जय’ भन्दै नारा लगायो ।
जमरा छोपिएको डोको खोल्न भनी प्रचण्ड र मोहन बैध अगाडि बढे । प्रचण्ड बोले-’हेर्नुहोला, मतपत्रको जमरा मात्र उम्रिएको छ ।’
मोहन बैधले पनि भने-’मतपत्रको जमरा उम्रिएला भन्ने भ्रममा नपर्नुस्, डोको खोलैं, गोलीको मात्र जमरा उम्रिएको छ ।’
प्रचण्ड र मोहन बैधले एकसाथ डोको उघारे । भित्र गोली र मतपत्र जस्ताको तस्तै थियो, उम्रिएको थिएन । बरु दुर्गा भवानीको एउटा चिठि थियो । चिठीमा लेखिएको थियो-’तिमीहरुले मतपत्र र गोलीको जमरा किन राखेको ? यो कारणले यहाँ स्वर्गलोकमा लेनिन, माओ, स्टालिन र अन्य कम्युनिष्टहरुका बीच ठूलो विवाद भइरहेको छ । कोही भन्छन् मतपत्रको जमरा उमारिदिनुस्, कोही भन्छन् गोलीको उमारिदिनुस् । त्यसैले कि त्यहाँ विवाद मिल्नुपर्‍यो, कि यहाँ मिल्नुपर्‍यो । विवाद साम्य नभएसम्मका लागि यो जमरा निलम्बित गरिएको छ ।’

s : rakure
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters