[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बौलाहिको बिहे

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 19301 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-29-08 5:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनकुटा

बेलुकि ५ बजे

चुवा बोटमाँ चिया खाँदै गर्दा मैले फेरि देखे त्यसलाई ,एकदमै घिनलाग्दी ,नारी भन्न पनि असुहाउँदि ,जुम्रा परेकाले होला कपाल कन्याइरहेकी थीई ,नकन्याओस पनि किन?त्यस्तो खस्रो कपाल बालुवाको कण परै बाट देखिन्थे कपालमाँ ,ननुहाएको धेरै भयो होला ,फेरि काम पनि त बजार बजार धुलोमा चाहार्ने बाहेक अरु त छैन नि यस्को !"सुनकेस्रि "भन्थे क्यार नाम ,साँचै यहाँ नाम अनुसार को आवरण हुँदैन ।

"यस्को बारेमाँ सरहरु मध्ये कसैलाई केहि थाहा छ ?"

मैले सरकारि कर्मचारि हरुको अनौपचारिक चिया गफमाँ एउटा नयाँ विषय पस्केँ शायद ,कार्यालय पछिको यो समय धेरैजसो साथिहरु देशको बारेमाँ चिन्ता गरेर बिताउँछन् मधेशका जातिय संगठनको बन्द कहिले कहिले ?पहाडका को कहिले?पेट्रोल कहिले लाईन नलागि पाइने हो देशमाँ आदि इत्यादि ,उस्को विषय नितान्त नयाँ थियो ।एउटी बौलाहिको बिषय!

"पोइला जान नपाएर बौलाएकी रे! "भिँड मध्येकै कसैको उत्तर थियो ।हाँसोको फोहोरा छुट्यो ।

"यस्ति लाई कस्ले लान्थ्यो होला र?"अर्को हाँसो का लागि यी शब्द हरु पर्याप्त थिए।

अर्काको रुपलाई लिएर उडाएको हाँसो ।वास्तवमा नै सत्य सापेक्छिक हुन्छ ,तरल हुन्छ मैले नजिकैको होटेलवाला सँग माँगेर बुनियाँ कपाकप चबाइरहेकी उस्लाई हेर्दै सोचेँ ,के उ पहिले पनि नराम्रि नै थीई त ?उस्का औँलाहरु पर बाट लामा र  सलक्क नै देखिन्थे ,तर फुटेका होलान चरचरि ,कपाल लामै थियो तर खस्रो। त्यो त तेल नपुगेर न हो,अनुहार पनि गोलो ,नाक चुच्चो पेन्सिल ले तिखारेर बनाए जस्तो ,अङ्गमाँ भौतिक रुपमाँ काहिँ केहि कमजोरि छैन तर पनि आज उ नराम्रि छ ,यो पनि सत्य हो ।

"कता टोलाउनु भएको सर?"

"कतै होइन"मैले यसपालि भने विषय लुकाएँ ।

एकछिन पछिको आँखा डोहोर्याई ले त्यो होटेल अघि सुनकेस्रि लाई भेटेन ।शायद बुनीया चबाएर कतै लागि सकेकी थीइ ऊ !

 

 

धनकुटा ,म आएको धेरै भएको छैन तर सानै देखि "सुन्तला र बिस्कुटको शहर" भनेर सुनेको , त्यसैले नचिने पनि चिने झै लाग्छ ।पहिलो पोस्टिङ रमाईलै भइरहेको छ जे होस मेरो।चुवाबोट छेवैमाँ खाना खाने ठाउँ थियो मेरो ।आज खाना खान जाँदा सुनकेस्रिको नजिकै बाट गुज्रिएँ म ,पर बाट हुल्लड केटाहरु ढुङ्गा हान्दै रहेछन उसलाई जोगाइदिन नजिकै बाट हिँडेको ढुङ्गाले हान्लान र मलाई नै लाग्ला भन्ने पिर ।उ अनभिग्य थिइ ,धेरै कुरा बाट अनभिग्य छे नि उ ,लगाएको शर्ट पनि नधोएको त थियो थियो  पाखुरा माँ च्यातिएछ ,हुन त स्रिंगार अरुका लागि हो जस्का अरु नै हुन्नन् उस्लाई स्रिंगार के आवश्यक ।

खाना खाउन्जेल पनि उस्को स्म्रिति मानसपटल मा कुदिरह्यो !

 

"दाई यो सुनकेस्रि छे नि, बौलाहि कसरि भइ?"एकदिन मैले खाना खाँदा खाँदै होटेल वाला लाई प्रश्न राखेँ ।

"लामो कथा छ सर,म यसको पुरै परिवार चिन्छु ।"

"सुनाउनुहोस न त "आज उत्तर पाइने भइयो भनेर म खुशि र उत्सुक भएँ ।

"यस्को बिहेको कुरा थियो धेरै अघि देखि चलेको!"

"अनि?"

"बेहुला राम्रो थियो ,पढेलेखेको सुशिल ,जेठमा थियो कि क्या हो लगन!"

"अनि?"मेरो उत्सुकता बढ्यो ।

"त्यतिखेर खोइ पन्डितले के भने ,पहिला ग्रहशान्ति नगरे अनिष्ट हुन्छ भने कि क्या हो ,कि बेहुला को जिवनमाँ असर गर्छ भने जे होस बिहे जेठमाँ नगर्ने भए ।"

"अनि?"

"पछि त्यसैका घरपट्टिका छुस्के कसैले कुरा लाइदिएछन अर्को केटो छ भनेर ,अगाडि नै टाँस्सी टाँस्सि हिन्थि भनेर ,बिहे नभाको नभएको नभइ नै भयो , तर सुनकेस्रि त्यस्ती थीइन सर  ।त्यहि पिरले बाउ पनि मरे अनि सुनकेस्रि पनि बौलाहि भइ ।"

सुनकेस्रि बिहे नगरेर बौलाहि भई , म निराश भएँ । बेहुलीको जोडा सुहाउँथ्यो होला ,हरेक केटि हरु राम्रा देखिन्छन् त्यति खेर। त्यो पनि राम्रि नै देखीन्थि होला।

 खाना खाएर ओछ्यान माँ पल्टे पछि मैले सुनकेस्रि बेहुलीको पहिरनमाँ कस्ती देखिन्थि सम्झिन खोजेँ ।रातो घुम्टोमा अलौकिक देखिने रहिछे मोरी, सोचले मात्रै पनि मेरो मुहारमाँ मुस्कान ल्यायो ,म त्यहि मुस्कान काखी च्यापेर त्यो रात मिठो निन्द्रा निदाएँ ।

 

"सर सुनकेस्रिलाई त राती पल्लो गाउँका केटाहरु मिलेर बसस्ट्याण्ड छेउको झाडिमाँ **********"एउटा मेरो कानलाई अप्रिय लाग्ने कुरा सुनायो होटेलको साहुले । म थचक्क बसेँ ।

"साँच्चै हो?"बल गरेर सोधेँ मैले ,हुन त त्यो खबर दुई चोटि सुन्नु मेरो मनमाँ दोहोरो चोट पुर्याउनु हुन्थ्यो तै पनि कहिले काहिँ कान झुक्किने आशमा!

"पिशाच मोराहरु,बौलाहि सम्म लाई छोडेनन् ,चौध पन्ध्र जना थिए भन्छन् बाँच्दिन होला बिचरि ,हस्पिटल त बोकेर ल्याका रे होश सोस थिएन भन्दै थिए"

मलाई त्यो पछिको गाँस रुचेन ।भारी पाइलाले कोठा फर्किएँ।मनमाँ अस्ती सम्झेकी बेहुलि याद आइरही ।

 

बिहान होटेलमै थाहा भयो सुनकेस्रि रहिन अब यस संसारमाँ भनेर ।साथ साथै अर्को हल्ला पनि आएछ ,त्यो घटनाँ उस्कै बिहे भाँड्नेहरुले गराएका भनेर ।मलाई अरु हल्लाहरु सुन्ने रहर भएन ।आज बिदा लिनुपर्ला मनमनै सोचेँ । टाउको दुखे जस्तो भयो ,त्यसै त्यसै रिमोट खेलाउँदै थिएँ एउटा समाचारमाँ टक्क आँखा अडियो

"सम्बिधान सभाको चुनाव चैत्र २८माँ पनि नभए प्रतिक्रियावादी र बाहिरि तत्वको चलखेल यस देशमाँ बढ्न सक्ने ********द्वारा धारणा ब्यक्त"

 

यो कथा यत्ति नै।


 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-29-08 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well Done Fuchhe!!! Keep it up... Your writing is very good. The best thing of your story is          

"यो कथा यत्ति नै।" ...

Just joking, the whole story is good and touching!!


 
Posted on 02-29-08 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I was also working there in Dhankuta when the guys did this awful thing to this girl! They did get outta jail quickly tho! One of guy was working in that Suravi hotel!
Which project were u working on?? I used to work with HBFRP!
 
Posted on 02-29-08 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is this a true story???? Oh poor सुनकेस्री....

 
Posted on 02-29-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबजना एक-से-एक भएर निस्केका छन् !

फूचे केटाको लेखाई उच्चकोटिको छ !

बिषय बस्तु मन छुने छ !


 
Posted on 02-29-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चेकेटा, धेरै राम्रो र मन छुने प्रस्तुती। यो सुन्केश्रिको मात्र कथा होइन, हाम्रो समाजमा देखिने कैयौ बिक्रिती मध्धे एक हो। धन्यवाद प्रस्तुतिको लागि।   
 
Posted on 02-29-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow! 

समाज मा देखि राख्या, सुनिराख्या, तर बिर्सिएका कथा हरु -- फेरि एक्पटक आखा अगाडि जिबन्त भएर आए ।


 
Posted on 02-29-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाबुक बनाउने कथा रहेछ। लेखाइ राम्रो छ। अरु पनि लेख्दै गरम।  
 
Posted on 02-29-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चेकेटा ज्यु, कस्तो रुन मन लाग्ने कथा। आफ्नो मनको भाव छर्लङ उतार्नु भएको छ। आँफै नै त्यही भएको जस्तो अनुभब भयो।

 
Posted on 02-29-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनकुटा मैले पनि सम्झे, बस पार्क र एसो मास्तिरको बजार। र मन अझ माथि उकालो लाग्यो, हिलेतिर, तेर्सियो पाक्रिबास हुँदै, ओरालो लाग्यो, अरुण तर्यो, उकालो लाग्यो, फेरी तेर्सियो र अर्को उस्तै बजार पुग्यो, भोजपुर। र इस्कुले जीवनमा देखिएका २-४ यस्तै जीवन हरुको याद आयो, जो बिबिध कारणले बहुलाउन वाध्य भएथे, र तेस्ता २-४ नारी अनुहार हरुको पनि याद आयो जो यस्तै तिक्त दुर्घटनहरुका सिकार भएका थिए।

यथार्थ मा लुकेको यो भबुकता उत्क्र्सिठ छ। धन्यवाद बाड्नु भएकोमा। 


 
Posted on 02-29-08 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

juggy-thanx , म प्रोजेक्टमाँ हैन यार म खानेपानि तथा ढलनिकास बिभाग अन्तर्गत को खानेपानि अफिसमाँ हो।अहिले पनि धनकुटै छु ,

cheli-thanx ,fortunately its not true ..................

shirish -thanks दाई i m fan of ur gazals ................trying to write myself too ..............i dont know anything much about it ,सिकाउनुहुन्छ नि है?

norton-thanks तँपाइहरुकै मायाले त बाँच्या छ अहिलेसम्म

pjna007-thanks,अर्को कथामाँ पनि सकेसम्म मन छुने प्रयास गर्नेछु ।

dipika02-thanks,तँपाई र ज्यु ले चाहिँ वाक्क भइयो ,reading ur old stories ! कमेन्ट गर्नेछु ,

surnataal-दाई मेरो लेखाई बल्ल सफल भए जस्तो छ ,तँपाईको कमेन्ट पाइयो ,मैले indirectly सुनेको u r from IOE रे ! i m from there too 058-062/bce
i m fan of ur writting dai ....................


 
Posted on 02-29-08 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-29-08 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sirish dai...........thanks............... i will post as soon as possible tyasobhaye !


 
Posted on 02-29-08 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे भाई,

तिमी पहिले देखिनै राम्रो लेखक हौ र छौ। मैले तिम्रा सबै पोस्ट हरु पढेको छु, र रमाएको छु। कुनैमा पनि केही प्रतिकृया दिएको रहेनछु, आँफैलाई अप्ठेरो भो, कसरी छोडिरहें भनेर। Thanks for reminding.

र झापाली भाई र तिम्रो कुरा कानिले बुझ्दै थिएं तिमी पनि पुल्चोक को होला भनेर। जागिर खान थालेछौ, त्यो पनि सरकारी। बधाई छ। मलाई थाहा छ धेरैलाई सरकारी जागिर मन पर्दैन। तर मलाई किन किन तेस प्रती एउटा लोभ सदै बसी रह्यो, शायद मेरो बाबा र दाजुहरु तेही सेवामा हुनुको असर होला।

अलिक अघी सम्म मेरी बहिनी तेहीं थिन, अहिले त इटहरी तिर झरिन। तिमी सिभिलको रहेछौ, धेरै पछिको, केसभ अधिकारी वा माधव अधिकारी तिम्रो class met थिए होलान। उनिहरु मेरा भाई हरु हुन। सिला खनाल पनि थिन, मेरी बहिनी।

Anyway, लेख्दै गर, सबै राम्रो छ। मेरो प्रसंसाको लागि धन्यवाद।


 
Posted on 03-01-08 1:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sur na taal dai.............thanks for sharing..............madhab adhikari (sankhuwasabhako DTO?) चाहिँ क्लासमेट हो।शीला खनाल चाहिँ जुनियर हो दाइ ।अनि धन्यवाद,केहि नराम्रो लागे पनि खुलस्त भन्नु भए हुन्छ ,दाइ हरु बाट केहि सिक्न पाए हामीलाई पनि राम्रै हुन्छ ।
 
Posted on 03-01-08 4:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think this line was awesome

हुन त स्रिंगार अरुका लागि हो जस्का अरु नै हुन्नन् उस्लाई स्रिंगार के आवश्यक ।

 
Posted on 03-04-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई तिम्रो अहिले सम्मको उत्कृष्ट दुई मा यो एउटा लाग्यो ।

simply, great. बिषय, भाव, शैलि, लेखाई, सबै थोक ले!!

 
Posted on 03-04-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे, दामी छ लेखाइ, अत्यन्त मार्मिक विषयवस्तु, मुटु नै कुँडियो।
म नि निकै सानो छँदा बस्या थें धनकुटा २ वर्ष जति!


 
Posted on 03-04-08 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shuaikhan-thanks ,यस्तो सुछ्म रुपमाँ पढिदिनु भएकोमाँ

somewhereondearth-thanks दाइ तपाइँकै संगतको नतिजा होला ,झापा नजाने नै हुनुभयो हैन आज?म त चढ्छु डाँफेमा

world-map:thanks ,तँपाईले मेरो हरेक पोष्टलाई राम्रो भन्दिनु भएको छ ,फूलको आँखामाँ फूल नै संसार होला है? 


 
Posted on 03-04-08 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईको लेख्ने स्टाइल कता कता पारिजातको जस्तो लाग्यो, I am just wondering if you are a fan of hers.


 
Posted on 05-22-14 8:57 AM     [Snapshot: 2453]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे साथि,

पुरानो कथा तर अझै पनि कति धेरै सान्दार्बिक ..... यो घटना अझै हुन कहाँ रोकिएको छ र ...

मैले सानो मा येहीं काठमाण्डौ मा देखेको कथा हो यो .... अहिलेको झमेल यानकी झम्सिखेलमा यो कहानी पूर्ण यसै रुपले घटेको थियो ..... तर दु:ख भनु कि सुखको कुरो उनले चाहिं देह त्यागिनन तर अर्को आत्मा आफू भित्र हुर्काएर त्यो बच्ची जन्मदिएर एक बर्ष पछि बितिन ..... तेती बेला बच्ची बालमन्दिरमा लागिएको थियो अहिले त ठुली भई होलि ....

- थाने
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters