[Show all top banners]

kp dhungana
Replies to this thread:

More by kp dhungana
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 उद्योगीलाइ जनताले लोप्पा ख्वाए
[VIEWED 5903 TIMES]
SAVE! for ease of future access.
Posted on 10-17-06 4:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरकारलाइ तर्साउनका लागि अदालतको आदेशको अवज्ञागर्दै आम हड्ताल गर्न पुगेको उद्योगि व्यवसायिहरु आखिर फ्लप भएका छन् । उनीहरुले राजनीतिक दलले आव्हान गरेको आम हड्तालको प्रभाव देखेर उनीहरुले आन्दोलनको घोषणा गरिहाले तर, राष्ट्रको अरावौ ऋण नतिरेर मोटाएका ब्यपारिले घोषणा गरेको आन्दोलन राजनीतिक दल र विद्यार्थी संगठनको जस्तै प्रभाव कहां पर्थ्यो र ।

सधै राजनीतिक दलको आन्दोलन हेर्नेगरिन्थ्यो आज व्यापारिको पनि कस्तो रहेछ भनेर हेर्न मन लाग्यो । चुच्चेपाटी सडकमा आएको सडक त बाक्लै रहेछ । प्राय यातायातका सबै साधन चलेका थिए अनी पसलहरुपनि प्राय खुलेका नै थिए । सायद अलि टाढाको भएर होला भनेर चावलिह चोक पुगे त्यहाको दृष्य पनि उस्तै थियो । भएन अब मुल व्यापारिक थलोमा नै जानु पर्यो भनेर पुतलि सडक आएको त्यहाको माहौल पनि उस्तै नै थियो । सडकमा सवारीसाधनको चाप नै थियो अनी पसलका सटरहरु पनि खुल्ला नै थियो ।

एकैछिनमा सडकमा उम्भिएको ट्राफिक केही सक्रिय भए् गाडिहरु रोक्न थाले । के भयो भन्ने जिज्ञासा लागेर एउटालाइ सोधेको व्यापारिको जुलुश आउंदै छ रे । लौ जुलुश पनि हेरौ भनेर बसे केही छिन । करिव १० मिनेटमा प्रहरी भ्यान आयो । भ्यानको पछाडि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल सहित करिव २० जनाको समुह थियो । जुलुश त्यही रहेछ । उनीहरु सडकमा चलेका सवारीको चापको विचमा बन्दको आब्हान गर्दै हिडिरहेका थिए । विचार कम्ति निरीह देखिएका थिएनन् त्यो बेलामा ।

ब्यापारिको बन्द किन असफल भयो त - यो विचरणिय पक्ष हो । उनीहरुले माआवादीको चन्दा आतंक लगायतका केही विषय उठाएर आन्दोलनको घोषणा गरेका भएपनि वास्तवमा राज्य आफ्नो डुवेको ऋण उठाउन सक्रिय रहेको बेलामा राज्यलाइ असहयोग गर्न आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले यसका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसंग पनि भेट गरेका थिए । तर, सहमति हुन सकेकन ।

सहमति कसरी गर्ने । उनीहरु राज्यको पैसा डुवाएर बनेका कथित व्यापारी न ठहरिय । उद्योग बाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले करिव एक अर्व ऋण तिरेका छैनन् । तयारी पोशाकका व्यापारीका रुपमा चिनिएका ढकालको अमेरिकामा पेट्रोल पम्प रहेको खुलासा भइसकेको छ । आफ्नो देशसंग ऋण लिएर अर्को देशमा गएर व्यापार गर्ने तर ऋण नतिर्ने ढकाल नै उद्योगिको नेता बनेर सडमा आन्दोलनमा उम्भिएपछि कस्को के लाग्छ र ।

उनी मात्र हो र नेपालमा गनेचुनिएका जत्तिपनि ब्यापारी छन् उनीहरु ब्यापार गरेर मात्र टिकेका छैनन यहां । अधिकांशको व्यापार भनेको उद्योग खोल्ने, वाणिज्य बैंकवाट ऋण लिने अनी ऋण नतिरेन् उनीहरुको सबैभन्दा राम्रो धन्दा हो ।
Souece : www.hamroblog.com
 
Posted on 10-17-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१६ आना सहमत!

चण्डी ढकाल भनाउदो एन आर एन को सम्मेलनमा आउँदा स्वदेसमा लगानी गर्न पर्छ भनेर ठुल्ठुला स्वरले करा'थ्यो। अनि त्यही मान्छेले अरबौंको नेपाली पैसा फसा'को भन्नी सुन्दा मलाई खुब टीठ लाग्या थ्यो। यसचोटी जनताले ठीक गरिदिए जस्तो लाग्छ। अब मेडिया र जनताले मिलेर झन उठिबास गराइदिनु पर्छ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters