[Show all top banners]

FiftyShadesOfBrown
Replies to this thread:

More by FiftyShadesOfBrown
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मामा को साली संग
[VIEWED 16574 TIMES]
SAVE! for ease of future access.
Posted on 10-06-16 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

७ क्लास देखि को गल्फ़्रेन लै एस एल सी नसकुन्जेल तंगकिस पनि ढंगले गर्न पाइएन. जाठी होस्टेल बस्थी. क्लास मा सबै जना निस्केपछि ढोका लगाएर एकछिन चुम्बन गर्न पाइन्थ्यो त्यो पनि कोहि आयो भने रेस्तिकेट हान्दिन्छ भन्ने डर ले काप्दै. एल एल सी सक्के पछि कुरा अलि अगाडी बढ्यो, चुम्बन बाट माड मुड, अनि "लेट मि टच यु डाउन देयर" सम्म. घण्टा बजाउनु बजाएर प्रसाद खान पाइने बेला मा हंगकंग मूव भई पुरै परिवार संग. वर्जिनिटी तोडिने खतरा पोसिबिलिती माटो मै खेर गयो.

११ को परिक्ष्या सक्के पछि मामा को बिहे भो. एक्लो छोरो, मावली ले धुम धाम संग बिहे गर्दिए तर बिहेमा दारु चाहिं राखेनन्. हामी कजन्स हरु बाहिर बाट दारु ल्याउदै खादै थियेउ. सानुममी को छोरा ले मामा को कान्छी साली संग चिनजान गरेदे पछि माइजु को कान्छी बहिनि ले जोइन गरि. मामा को साली सार्है राम्री, त्येस्मथी दारू अनि कुरकुरे बैंस चढेको बेला, स्वर्ग कि अप्सरा नै रैछे जस्तो लग्यो. लव यात फस्ट साइट भनेको यहि नै जस्तो लाग्यो. येत्तिकै मा अर्की केटि आइपुगी म नि खाने भन्दै. माइजु को ठुलोबा को छोरी रे. ब्यन्गलोर मा बि एस सि नर्सिङ्ग पढ़िराकी १ महिने बिदा लै आकी रे. जाठी पतर पतर गरेर बल्ल बल्ल पर्न लाग्य लव पनि भताभुङ्ग बनाइदि

पछि डी जे को गाना मा नाच्नु नाचियो. ताल को पानी, च्यान्ग्बा होइ च्यान्ग्बा अनि बीच बीच मा झलक दिख्ला जा. भोलि पल्ट साली लै NTC को पैसा खर्च गरि गरि तेक्ष्त गरियो "हिजो कस्तो खतरा डान्स गरेको तिमि ले" एक छिन पछि अर्को नम्बर बाट text आयो " यु डान्स रियल्ली गुड" साली को होला भन्या ब्यन्ग्लोर वली साली ले पो गर्या रैछे. अब फसाद मा ताक्छु मुदो, बन्चरो ताक्छ घुड़ो. फेरी साली ले चाहिं रिप्लाई नै गरिन. फ्री इन्कमिंग छोडेर किन महँगो आउत्गोइङ्ग मा मेहनत गरिराख्नु भनेर ब्यन्ग्लोर वली संगै गफ चुट्न थालियो.

ब्यन्ग्लोर फर्किनु अगाडी भेट्नु पर्छ है भनेर १० पटक भनि होला. एक दिन लन्च मा लगियो. लन्च पछि घर पुराइदेको भित्र जाम चिया खाएर जाम भनि.
ल हेर है त अब, के खोज्छस काणा आखो भन्या जस्तो भएन त? भित्र गएं अनि मज्जा ले
मामा को साली संग चिया पिएर घर फर्किएँ.



 
Posted on 10-06-16 2:03 PM     [Snapshot: 188]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Hait...sahi twist. Mero boka dimag, kaile pachharchha kurdai thyo. 😁
 
Posted on 10-06-16 2:32 PM     [Snapshot: 256]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

त्यो साथीको माइजु संग , बुढीको साथि संग , बुढाको साथि संग झैँ यो मोराले मामाको साली संग के के न गर्यो भनेर बोका दिमाग लिएर छिर्नेलाई मिठो ताजन दियौ |
Up Vote from me.
 
Posted on 10-06-16 2:44 PM     [Snapshot: 283]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

धन्न यो लेख चाहीं सादा मसला रहित तरकारी मात्र खाने हरू को लागी रै छ !!!
 
Posted on 10-06-16 2:58 PM     [Snapshot: 335]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Ke thaha? Chiya khane bhaneko double meaning hoki?
 
Posted on 10-06-16 3:04 PM     [Snapshot: 354]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यस्को भाग २ मा चाहीं केही होला जस्तो छ ।
 
Posted on 10-07-16 9:25 AM     [Snapshot: 875]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुरी मुरी धन्यबाद सबै जना लाई मन पराइदिनु भएकोमा. मैले त एक्स्पेक्त पनि गरेको थिईन. मेड माई डे.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters