[Show all top banners]

columbiauniversity

More by columbiauniversity
What people are reading
Subscribers
:: Subscribe
Back to: Movies / Entertainment Refresh page to view new replies
 खुमबहादुर भन्छन्
[VIEWED 3786 TIMES]
SAVE! for ease of future access.
Posted on 03-01-16 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । तर, तपाईंं अनपेक्षित रूपमा मौन हुनहुन्छ ? स्वास्थ्यका कारण म घरमै छु । अर्को, पर्ख र हेरको अवस्थामा छु । देशभरिको परिणाम कस्तो आउँछ, त्यसलाई नियालिरहेको छु । अहिले सबै साथी जिल्ला–जिल्ला पुग्नुभएको छ । म सबै साथीसँग सल्लाह गरेर अघि बढ्छु । सही समय आएपछि निर्णय गर्छु । १३औं महाधिवेसनमा मुख्य तीन धार देखिएका छन्, एउटा संस्थापन, अर्को रामचन्द्र पौडेल र तेस्रो शेरहबादुर देउवा । तपाईंंको समर्थन कतातिर छ ? सबै ठाउँको निर्वाचन परिणाम आइसकेको छैन । सकेसम्म शेरबहादुरजीसँग मिलेर जाने भन्ने मेरो मनस्थिति हो । तर, उहाँले कसरी सोच्नुभएको छ, कुरा भएको छैन । जिल्लाको निर्वाचन भर्खरै सकिँदै छ । मेरो टिमभित्र पनि कोही संस्थापनसँग, कोही रामचन्द्रजीसँग कोही शेरबहादुरजीसँग मिल्दा हुन्छ भन्नेमा छन् । हामी आफैं जित्न सक्ने अवस्थामा छैनौं । आदर्शको कुरा गरे पनि धाक लगाए पनि आखिर राजनीति भनेको सत्ताकै लागि हो । त्यसैले साथीहरूलाई कसरी ‘एडजस्ट’ गर्ने भन्ने छ । त्यो विषयमा छलफलपछि कता समर्थन गर्ने भन्ने कुरा निर्धारण हुन्छ । तपाईंं पनि महामन्त्रीको दाबेदार भनिन्छ नि ? हो । मेरा इच्छाचाहिँ महामन्त्री बन्ने नै हो । तर, अहिलेसम्म निर्णय भएको छैन । मेरो इच्छाले केही हुन्न । सकेसम्म शेरबहादुरसँग मिलेर जाने भन्ने हो । तर, उहाँले कसरी सोच्नुभएको छ, त्यसमा भर पर्ने कुरा हो । एकपटक स्वास्थ्य बुझ्न आउनुभएको थियो । त्यसपछि कुरा भएको छैन । सल्लाह गर्नुपर्नेछ । तपाईंलाई गिरिजाबाबुको विश्वासपात्र भनिन्थ्यो । संस्थापन छाडेर देउवातिर आउनुका कारण ? शेरबहादुरजी प्रधानमन्त्री हुनुहुँदा म गृहमन्त्री थिएँ । हाम्रो पार्टीमा संकटकाल लगाउने वा नलगाउने भन्ने विषयमा पार्टीमा विवाद भयो । संकटकाल लगायौं पनि । संकटकालअघि सुरक्षा समितिको बैठक भयो । अरू पार्टीका नेतालाई पनि बोलाइएको थियो । माओवादीको समस्या भएका बेला प्रधानसेनापति प्रज्ज्वलशमशेर जबराले हामीलाई जिम्मा दिने हो भने ६ महिनामा समस्या समाधान गर्छौं भन्नुभयो । सबै सहमत भए । तर, जब संकटकाल सुरु भयो, सेनाको भूमिका प्रहरीलाई अघि लगाउने, आफू पछि बस्ने देखियो । त्यसपछि मैले पार्टी सभापति गिरिजाबाबुलाई अब संकटकाल थप्न हुँदैन भनेर सुझाएँ । उहाँलाई पनि चित्त बुझेको रहेनछ । मैले गृहमन्त्रीका रूपमा भनेपछि उहाँ खुसी हुनुभयो । त्यसपछि गिरिजाबाबुलाई शेरबहादुरजीले पनि भेट्न जानुभएको रहेछ । उहाँले मन्त्रिपरिषद्मा गिरिजाबाबुले संकटकाल थप्न राजी हुनुभयो भनेर सुनाउनुभयो । प्रधानमन्त्रीले हुन्छ भन्नुभएपछि हामीले नमान्ने कुरा भएन । संकटकाल ६ महिना थप्यौं । ‘मैले थप्नु भनेकै छैन । तिमीहरू आफैँ थप्ने ?’ भन्दै गिरिजाबाबु कड्किनुभयो । संकटकाल थपेपछि झगडा सुरु भयो । गिरिजाबाबुले प्रस्टीकरण माग्नुभयो । पार्टीको केन्द्रीय समिति बैठक बोलाइयो । प्रधानमन्त्रीनिवास बालुवाटारमै बैठक बोलाइयो । छलफलपछि कुरा मिल्यो । सबै खुसी भए । कुरा मिल्यो भनिएपछि म घर फर्कन लागेको थिएँ । प्रधानमन्त्रीका पीएले भन्नुभयो, ‘प्रधानमन्त्रीले बस्नु भन्नुभएको छ ।’ सबै गइसकेपछि शेरबहादुरजीले बोलाउनुभयो । त्यसपछि साँझ शेरबहादुरजीले पहिले चिरञ्जीवी वाग्लेलाई बोलाउनुभयो । त्यसपछि मलाई । भोलि नै गिरिजाबाबुले अविश्वासको प्रस्ताव ल्याउनुभयो भने पनि हामीसँग बहुमत छ । किन गर्ने मध्यावधि ? भनेर मैले सुझाएपछि सबै घर फक्र्यौं । राति १२ बजे मध्यावधि घोषणा भयो । त्यसपछि गिरिजाबाबु रिसाउँदै देउवालाई पार्टीबाट निकाल्नुभयो । म गिरिजाबाबुसँग नजिक थिएँ, गएर कुरा गरेँ । गिरिजाबाबुभन्दा पनि शैलजा र नोना कोइराला शेरबहादुरजीसँग आगो हुनुहुन्थ्यो । मैले भनें– म गृहमन्त्री छु । मध्यावधि घोषणा भइसक्यो । अब पछाडि हट्ना सकिँदैन । निर्वाचन हुन्छ । अब म मिलाउँछु । मैले हार्दिकतापूर्वक आफ्नो धारण राखेपछि उहाँ अलि ‘कुल डाउन’ हुनुभयो । पार्टी फुटेको बेला हाम्रो बहुमत थियो । त्यतिबेला उहाँको गल्ती चुनाव चिह्न नलिनु हो । कांग्रेसको निर्वाचन रूख लिनुपर्छ भनेर हामीले भन्यौं । तर, उहाँले भइहाल्छ भन्दाभन्दै अन्त्यमा हामीले चुनाव चिह्न रूख पाएनौँ । गिरिजाबाबु धेरै बाठो । तर, कोइराला परिवारको कुरै बुझ्न गाह्रो । म बाल्यकालदेखि उहाँहरूसँगै बसेकाले त बुझिनँ अरूले के बुझ्लान् ? म गृहमन्त्री थिएँ । मैले मिलाउन खोजें । तर, सकिन । रामचन्द्र पौडेलजीले तपाई गृहमन्त्री हुँदा निर्वाचन गराए राम्रो हुन्छ भन्नुभएपछि भन्ने मैले राजीनामा दिइनँ । अन्ततः राजनीतिक चलखेल ठूलै भएपछि पार्टी फुट्यो । त्यसबेला मैले शेरबहादुरजीलाई सहयोग गरें । मैले सहयोग नगरेको भए उहाँले पार्टी फुटाउने स्थिति थिएन । मैले र विजय गच्छदारले देउवालाई पूर्ण रूपमा सहयोग गरेका थियौं । पछिल्लो समय तपाईंं पार्टीको नीतिविपरीत खुलेर हिन्दु राष्ट्रको समर्थनमा निस्कनुभयो । देउवाले पनि सार्वजनिक कार्यक्रममा हिन्दु राष्ट्रको पक्षमा बोल्नुभयो । तपाईंंको मिलनविन्दु त्यही हो कि ? शेरबहादुरजीले दाङमा गएर हिन्दु राष्ट्रको पक्षमा बोल्नुभएको हो । तर, उहाँसँगको निकटता यो कारणले होइन । २०२७ सालको नेविसंघको पहिलो अधिवेशनदेखि नै उहाँसँग मेरो राम्रोे सम्बन्ध हो । शेरबहादुरजी मभन्दा धेरै सिनियर हुनुहुन्छ । म पढाइ र उमेर दुवैमा उहाँभन्दा कान्छो हुँ । २०२७ पुस १ गतेलाई हामी कालो दिवस भन्छांै । म भूमिगत भएर वनारस गएँ । त्यसपछि हाम्रो चिनाजानी राम्रो भयो । म दाइ भन्थें । उहाँले मलाई भाइ भन्नुहुन्थ्यो । उहाँ गृहमन्त्री हुँदा म यातायातमन्त्री थिएँ । पार्टी फुट्दा मैले उहाँलाई सहयोग गरे पनि पार्टी फुटेपछि मलाई उहाँको कार्यशैली मन परेन । त्यतिबेला म महामन्त्री थिएँ । पार्टी फुटेको बेला हाम्रो बहुमत थियो । त्यतिबेला उहाँको गल्ती चुनाव चिह्न नलिनु हो । कांग्रेसको निर्वाचन रूख लिनुपर्छ भनेर हामीले भन्यौं । तर, उहाँले भइहाल्छ भन्दाभन्दै अन्त्यमा हामीले चुनाव चिह्न रूख पाएनौँ । गिरिजाबाबु धेरै बाठो । त्यतिबेला राजाको धेरै चल्थ्यो । निर्वाचन आयोग देखाउनका लागि मात्र थियो । राजालाई फकाइफुलाइ उहाँले रूख चुनाव चिह्न लिनुभयो । म संस्थापनमै फर्केपछि एकैपटक गत महाधिवेशनबाट हाम्रो फेरि निकटता बढ्यो । भारत भ्रमणक्रममा शेरबहादुर देउवाले हिन्दु राष्ट्रको विषयमा केही सम्झौता गर्नुभएको छ भन्ने कुरा बाहिर आएको छ । तपाईंंहरू मिल्नुमा दिल्ली र बीजेपीको हात छ भन्ने सुनिन्छ नि । म भारतका कुनै पनि नेतासँग सम्पर्कमा छैन । (हाँस्दै) भारतसँग सम्पर्क भएको भए मेरो स्थिति यस्तो हुँदैनथ्यो । २०५१ सालमा शेरबहादुरजी होइन म प्रधानमन्त्री हुन्थें । तपाईंं हिन्दुराष्ट्रको पक्षमा एकताका धेरै कार्यक्रम गर्नुभयो । नाकाबन्दीपछि तपाईं किन चुपचाप ? म बिरामी परें । मिर्गौलामा समस्या आयो । आर्थिक अभाव आदि–आदि । मिर्गौला प्रत्यारोपण गरें । चार/महिना भयो मिर्गौला प्रत्यारोपण गरेको । बिरामी परेकै कारण म चुप लागेको हुँ । शेरबहादुरजीलाई समर्थन गर्ने मानसिकता बनाउनुभएको छ । समर्थनमा पदको मात्रै बार्गेनिङ छ कि, कांग्रेसको नेतृत्व शेरबहादुरजीलाई हस्तान्तरण गर्नुपर्छ भन्नेमा अरू कारण पनि छन् ? मेरो निकटता सुशीलजीसँग थियो । उहाँको र मेरो एउटै क्षेत्र पर्यो । उहाँ विराटनगरको मान्छे नेपालगन्ज गएर बस्नुभयो । तर, उहाँ छाती चौडा नभएको व्यक्ति हुनुहुन्थ्यो । अहिलेको स्थितिमा रामचन्द्रजी उठ्ने भन्नुभएको छ । उहाँ लेख्न, पढ्न, खट्न सक्नुहुन्छ । बेलैमा उहाँले माहोल बनाइदिएको भए यसपटक उहाँले नै जित्नुहुन्थ्यो । राजनीतिमा निर्णय क्षमता महत्वपूर्ण मानिन्छ । तर, उहाँसँग निर्णय गर्ने क्षमता थिएन । आसन्न महाधिवेशनमा जो–जो उम्मेदवार बन्छु भनेका छन्, कसैको ‘भिजन क्लियर’ छैन । म अझै बीपीकै पक्षमा छु । म १२बुँदे सहमतिको समर्थक होइन । गिरिजाबाबुलाई यो विषयमा धेरै कुरा गरेको पनि थिएँ । त उहाँले सबै मिल्छमात्रै भन्नुभयो । आखिर के मिल्यो त ? मधेसी दल बलियो हुँदा गिरिजाबाबुले नै सबैको सहमतिमा सम्झौता गर्नुभयो । हिजो मधेसवादी बलियो हुँदा जेमा पनि हस्ताक्षर गर्ने । अहिले मेधसी कमजोर भयो उनीहरूको कुरा किन मान्ने भन्ने हाम्रो पहाडिया मनस्थिति बनेको छ । अरूमा नभएको क्षमता शेरबहादुरजीमा के छ ? ‘भिजन’ कसैसँग केही छैन । सुशीलजी पार्टीको लोगोमात्रै हुनुहुन्थ्यो । रामचन्द्रजीसँग बोल्न र लेख्न सक्ने खुबी छ । शेरबहादुरजीसँग भएको भनेको अनुभवमात्रै हो । उहाँ तीनपटक प्रधानमन्त्री भएको मान्छे । सरकारको नेतृत्व गर्न सक्ने अनुभव छ । तर, अहिले कांग्रेससँग विचार भने छैन । राजनीतिक विचारधारा कसैसँग छैन्, न एमाले न माओवादीसँग छ । एमाले–माओवादीमा विचार भएको भए हिन्दु राष्ट्र र राजसंस्थाको कुरा गर्ने कमल थापा सरकारमा हुन्नथे । संघीयताको विरोध गर्ने चित्रबहादुर केसी उपप्रधानमन्त्री हुन्नथे । विचार छिन्नभिन्न भयो । खालि सत्तामा कहिले जाने र पैसा कसरी कमाउने भन्ने ध्याउन्नमात्रै छ । योभन्दा त पञ्चायती व्यवस्था राम्रो भन्ने भइसक्यो जनतालाई । कांग्रेस महाधिवेशनमा भारतको भूमिका हुन्छ भन्ने धेरै चर्चा छ । होला त ? मेरो भारतीय नेतासँग सम्पर्क नै हुँदैन । यस विषयमा मलाई थाहा छैन । गएको अधिवेशनमा भए भन्ने सुनें तर आफूले भोगेको छैन । भारतको त्यति ठूलो चासो हुन्छ जस्तो मलाई लाग्दैन । पछिल्लो राजनीतिक घटनाक्रम– संविधान, नाकाबन्दी, मधेस आन्दोलन, नाकाबन्दी खुल्नु र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई तपाईंले कसरी लिनुभएको छ ? सर्वसाधारणले राजनीति त्यति धेरै बुझ्दैनन् । तर, हो के भन्दा माओवादीसँग १२बुँदे सम्झौतापछि मधेस आन्दोलन भयो । पहिलो मधेस आन्दोलनपछि सातबुँदे सम्झौता भएको छ । त्यो सम्झौतामा मधेस स्वायत्त प्रदेश रहने भन्ने भएको छ । अन्य प्रदेश पनि भन्ने भएको छ । आत्मनिर्णयको अधिकारमा पनि सहमति भएको थियो । त्यो हुनै हुँदैन भनेर हामीले भनेका थियौं । तर, त्यतिबेला सम्झौता भयो । त्यही कुरालाई आज मधेसवादी दलले समातेर बसेका छन् । मधेसी दल बलियो हुँदा गिरिजाबाबुले नै सबैको सहमतिमा सम्झौता गर्नुभयो । हिजो मधेसवादी बलियो हुँदा जेमा पनि हस्ताक्षर गर्ने । अहिले मेधसी कमजोर भयो उनीहरूको कुरा किन मान्ने भन्ने हाम्रो पहाडिया मनस्थिति बनेको छ । मधेसमा बस्ने पनि त नेपाली हुन् नि । कसैको इमानदारीप्रति शंका गर्न हुँदैन । कांग्रेस, एमाले र माओवादीले पनि त्यसमा हस्ताक्षर गरेका छन् । हिजो जे सम्भौता भयो, त्यसैलाई नमान्दा आजको स्थिति सिर्जना भएको हो । यसको जिम्मेवारी सबैभन्दा ठूलो दल र तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले लिनुपर्छ । हामीले केन्द्रीय कमिटी बैठकमा अहिल्यै संविधान नल्याउन र मधेसवादी दललाई मिलाएर ल्याउन भन्ने कुरा राखेका हौँ । एक्लाएक्लै गएर पनि भनेकै थियौं । उहाँले सुन्नुभएन । शेरबहादुर र रामचन्द्रजीलाई पनि भनेका थियांै तर सुनुवाइ भएन । सर्वोच्च पदमा जो रहन्छ ऊ नै बढी जिम्मेवार हुन्छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड अहिलेको स्थितिका लागि मुख्य जिम्मेवार हुन् । त्यति कुरा नमान्दा आर्थिक हालत यस्तो भयो, उद्योगत हसनहस भए, जनताले दुःख पाए । आफूले गल्ती गरेर भारतलाई दोष लगाएर हुँदै हुँदैन । भारतले नाकाबन्दी गर्यो भनेर मोदीको पुत्लासम्म जलाइयो । संविधान जारी नहुँदै संविधान संशोधन गर्नुपर्ने भए, पहिले नै संशोधन गरेको भए आन्दोलन नै हुँदैनथ्यो । अहिले फेरि सबैले त्वम शरणम् गरिसके । हिन्दु राष्ट्रको विषयमा चाहिँ राजेन्द्र महतोजी सकारात्मक हुनुहुन्छ, त्यसमा कुनै शंका छैन । मसँग पनि कुरा भएकै हो तर उहाँलाई मधेस आन्दोलनले सबै कुरा भ्याउँछ भन्ने लाग्यो । मैले त त्यतिबेला नै भनेको थिएँ– मिलेर आन्दोलन गरौं । मधेसवादीले पनि ‘एक्स्ट्रिम’ बाटो लिएका थिए । अहिले मधेसवादी त्यही बाटोमा हिँडे । बरु जुलुस गर्ने, दबाब दिने गरेको भए हुन्थ्यो । अहिले काठमाडौँमा तस्करी मौलायो । इमानदारले दुःख पाए । यहाँकाले भन्दा मधेसकाले दुःख पाए । उहाँहरूले नाकाबन्दी गर्न हँुदैनथ्यो । बन्द भनेको एक÷दुई दिन पो हुन्छ । सधैं सम्भव छैन । वास्तवमा उहाँहरूलाई साथ दिने नै भएनन् । उहाँहरू निर्वाचनमा हार्नुभएको छ । महन्थ ठाकुरले कांग्रेस छाडेर गएपछि निर्वाचन हार्नुभयो । राजेन्द्र महतोले पनि हार्नुभएकै हो । उपेन्द्र यादवले कति भोटले जित्नुभएको छ, आफैं हेर्नुस् । उहाँले पनि कांग्रेसकै दयामायाले जितेजस्तो लाग्छ । त्यसकारणले ‘एक्स्ट्रिम’ बाटोमा हिँड्नाले हाम्रोजस्तो देशलाई भलो हुँदैन । मधेसी मोर्चाभित्र पनि अहिले बहस चलेको छ नि राजेन्द्र महतो राजतन्त्र फर्काउने खेलमा लागे भनेर । उपेन्द्र यादवले त आफ्नै पीएमार्फत सो अभिव्यक्ति सार्वजनिक गर्न लगाउनुभयो नि ? जसरी उपेन्द्र यादवको पीएले राजतन्त्रको विषयमा उहाँलाई आरोप लगाइयो, त्यो बेकार हो । हिन्दु राष्ट्रको विषयमा चाहिँ राजेन्द्र महतोजी सकारात्मक हुनुहुन्छ, त्यसमा कुनै शंका छैन । मसँग पनि कुरा भएकै हो तर उहाँलाई मधेस आन्दोलनले सबै कुरा भ्याउँछ भन्ने लाग्यो । मैले त त्यतिबेला नै भनेको थिएँ– मिलेर आन्दोलन गरौं । म यता गर्छु, तपाईंहरू उता गर्नुस् । त्यो भएको भए आजको स्थिति आउँदैनथ्यो । हिन्दुको पनि सफल हुन्थ्यो, भारतलाई पनि यत्रो गाली गर्नु पर्दैनथ्यो । देशको स्थिति अर्कै हुन्थ्यो । कांग्रेसको आसन्न महाधिवेशनमा म पार्टीमा हिन्दुराष्ट्रको प्रस्ताव दर्ता गराउँछु । अहिले नै छलफल नहोला तर जहिले हुन्छ, त्यस विषयमा बहस चलाइन्छ । अब तपाईंं, कांग्रेस र देशको राजनीति कता जाला ? कांग्रेसको राजनीति जस्तो छ, टालटुलपाराले चलिरहन्छ । जहाँ विचार हुन्न, त्यो पार्टी अगाडि बढ्दैन । अहिलेको राजनीति सत्ताको राजनीतिमात्रै हो । कांग्रेसको विचार के हो ? बीपीले प्रतिपादन गरेको विचार के हो ? हामीले त्यसलाई हेर्नुपर्छ । हामीले त्यो बाटो छाडिसक्यौं । बीपीले कम्युनिस्टसँग मिल्नै हुँदैन भन्नुभए पनि हामी उनीहरूसँग मिलिसक्यौं । चुनावै नलडेका मान्छेलाई गिरिजाबाबुले टीका लगाएर ल्याइदिनुभयो । कांग्रेसमा संघर्ष नगरेका मान्छे हाबी भए । अहिले संघर्ष गरेका मान्छेमध्ये रामचन्द्र र शेरबहादुर देउवामात्रै हुन् । सुशीलजी पनि प्रधानमन्त्री हुनुभयो तर उहाँ धेरै संघर्ष गरेको मान्छे होइन । रामशरण महत त पार्टीलाई अप्ठ्यारो परेको बेलामा विश्व बैंकमा जागिर खाएर बस्नुभयो । अर्जुननरसिंह केसीजी त पञ्चायतमा हुनुहुन्थ्यो । संस्थापनमा एउटा विमलेन्द्र निधी मात्र नेविसंघमा काम गरेको मान्छे हो । कांग्रेसको मर्म बुझेका मान्छे नेतृत्वतहमा छैन । यो अधिवेशनले झन् खत्तम पार्ने देख्दै छु । यहाँ त जोसँग पैसा छ, गाडी छ, चहलपहल छ, त्यसैले जित्ने भयो । राम्रा र इमानदार कार्यकर्ता पछि परे । तेस्रो शक्तिको कुरा पनि छ नि । मधेस आन्दोलनले त्यसैको बीउ छर्ने काम गरेको भनिन्छ । के भन्नुहुन्छ ? त्यो होइन । त्यो बेकारको कुरा हो । अहिले त्यसको सम्भावना म देख्दिनँ । - 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters