[Show all top banners]

infonews

More by infonews
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 नायक राज बल्लभ कोइराला संग अन्तरबार्ता
[VIEWED 7712 TIMES]
SAVE! for ease of future access.
Posted on 03-04-14 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  • विकास राज न्यौपाने -अमेरिका
    मार्च ३ २०१४ सोमबार

    -----------------------------------------------------------------------------------

    राज बल्लभ, ऋृतु र राघव

    नायक राज बल्लभ कोइराला राम्रो अभिनय गर्दछन, कविता लेक्छ्न, अनि मिठो बोल्चन अनि पढे लेखेका नायकको गिन्तीमा पर्छन । नेपाली सिने क्षेत्रमा आफ्नो पृथक् पहिचान बनाउन सफल नायक राज बल्लभ कोइराला लाई आम नायक भन्दा माथि राखेर हेर्ने गरिन्छ ।चलचित्र विषयमामै नै डिग्री हासिल गरेका नायक कोइरालाको पर्खी बसेबाट रजतपट यात्रा सुरु गर्नु भएको . उहाँले मसान, पल, छोडी गए गए पाप लाग्ला अनि अपबाद जस्ता सफल चलचित्र दिनु भएको छ । यी चलचित्रहरुमा उहाँको भूमिका को पनि धेरै चर्चा भएको थियो। पछिल्लो पटक '६ एकान ६' मा उहाँको कामको धेरै नै चर्चा छ साथै देश विदेशमा रहुनु हुने दर्शकले धेरै माया गर्ने कलाकारको रूपमा स्थापित छन् कोइराला । एउटा हलीवुड चलचित्रको छायांकन को क्रममा अमेरिका आएका बल्लभ गत वर्ष "ऋतु" र "६ एककान ६" मा अभिनय गर्नु भयो साथै आफ्नै होम प्रोडकसन कम्पनी "राज बल्लभ कोइराला फिल्म्स" बाट "राघव" निर्माण पनि गर्नु भयो जुनको छायांकन अमेरिकामा भयो र यो पनि प्रदर्शन को क्रममा छ साथै चलचित्र "ऋतु" फागुन २३ मा रिलिज हुने क्रममा रहेको छ । यही प्रसङ्गमा नायक कोइराला सँग विकास राज न्यौपानेले गर्नु भएको कुराकानी यहाँ हरू माझ :

     

    * चलचित्र ‘ऋृतु’ रिलिज हुँदैछ तर तपाईँ अमेरिकामा हुनुहुन्छ, तयारी कस्तो छ ?

    - "हाईवे टु धम्पुस" को रिलिज बाँकी नै छ अनि हाललाई अमेरिका मै छु। । फेरी केही नेपाली चलचित्रहरुको कुरा पनि छ । अनि मेरो स-परिवार नै यतै हुनुहुन्छ, त्येसैले अहिलेलाई म यतै नै छु । म नेपालमा नभए पनि निर्माता अपिल बिस्ट अनि नायिका पनि हुनुहुन्छ । निर्देशक मनोज अधिकारी अष्ट्रेलिया हुनुहुन्छ । ऋृतु नेपाल लगायत अमेरिका अष्ट्रेलियामा पनि प्रेमियर हुँदैछ अनि रिलीज पनि । त्यसैले जो जहाँ हुनुहुन्छ त्यसरी नै पब्लिसिटी गरी राख्नु भएको छ । अहिले सोसल मिडियाको जमानामा दर्शक सँग अनि मिडियाका साथीहरू सँग इन्टरक्सन अलि सजिलो छ र दैनिक जसो हुन्छ । अनि मैले पनि सक्ने गरेक छु । त्यसैले खासै फरक होला जस्तो लाग्दैन । तर उतै भएको भए राम्रो हुन्थ्यो ।

    * ऋृतुमा तपाईँले पूर्व मिस नेपाल मलिनासँग जोडी बनाउनु भएको छ, सहकर्मीको रूपमा कस्तो पाउनु भो मलिनालाई ?

    - मलिना एकदम क्षमतावान कलाकार लाग्यो मलाई। पहिलो चलचित्र भईकन पनि उनको काम पुरानो अभिनेत्रीको जस्तो छ। निकै प्रभावित छु उहाँको क्षमता देखि। निकै मेहनत गर्नुभएको छ अनि हामीले सोचेको भन्दा राम्रो काम गर्नु भएको छ। म विश्वस्त छु दर्शकले उहाँको कामलाई मन पराउनु हुनेछ। मलिना सँग काम गर्द रमाइलो लाग्यो । छिटो कुरा बुझ्ने र टीम सँग घुल्मिल हुन सक्ने क्षमता छ उहाँ मा । मलाई सम्भावना भएको कलाकार लाग्यो उहाँ । नयाँ भै कन पनि काम बुझेको र मेहनती लाग्यो । ऋृतु मा उहाँको काम मलाई लाग्छ सबैलाई मनपर्ने छ । ऋृतु को अगमन सँगै नेपाल चलचित्र उद्योगले एउटा राम्रो अभिनेत्री पाएको छ ।

     

    * ऋृतुमा तपाईँको भूमिका कस्तो छ छोटकरी मा बता ई दिनुस ? तपाईँको अपेक्षा कस्तो छ ?

    -मैले गरेको भुमिकाहरुमा मलाई मन परेको चरित्र छ ‘ऋतु’मा। धेरै चलचित्रमा पात्र काल्पनिक हुन्छन्। यो चलचित्रमा अलि यथार्थपरक छ। मैले खेल्ने चरित्र सुरजमा मैले मेरो केही अंश पाएको छु। एउटा स्तो पात्र हो जो मनलाई बढी सुन्छ, मनको सफा छ अनि भावुक छ। माया खोजी रहेछ अनि ‘ऋतु’ जत्तिकै सम्वेदनशिल छ। मैले गरेका हरेक चलचित्र मलाई मन पर्छ। कथा अनि चरित्र मन परेर नै म चलचित्रको एउटा हिस्सा बनेको हुन्छु। ‘ऋतु’ चलचित्रको कथा अनि पटकथाले मलाई रुवाएको छ। त्यस हिसाबमा मैले चलचित्र खेलेको हो। मलाई निर्देशक-निर्माता अनि छायाँकार सबैको जोसले जुर्मुराउन बाध्य बनाएको छ। आशा ठिकै छ, मैले मेहनत गरेको छु। मन देखि नै काम गरेको छु। काम गर्दा आशा हुनै पर्छ। सकारात्मक सोच र परिणाम को अभिलाषा हुनै पर्छ।

    * चलचित्र मा तपाईँ बाहेक निर्देशक र निर्माता पनि नयाँ छन् उहा सँग को सहकार्यता कस्तो पाउनुभयो ?

    - म मात्रै होइन अपिल विष्ट अनि सुशन प्रजापति पनि अनुभव भएका हुनु हुन्छ । निर्देशक अनि निर्माता ले पनि चलचित्र बुझ्नु भएको छ । धेरै कोसिस गर्नुभएको छ ‘चलचित्रको स्तर उकास्न विदेशमा भईकन चलचित्र बनाउन खोज्नु, नेपाल बाट जनशक्तिहरुलाऐ अष्ट्रेलिया उडाएर लैजानु चानचुने कुरा होइन। मनोज अधिकारी, सुरज प्रधान, अशोक गौतम, अपिल बिस्ट लगाएतको यो प्रयास सुन्दर छ अनि सह्रानिय छ। नयाँ हुँदाहुँदै पनि मन बाट कोसिस गरेका छन् अनि मैले पनि मन बाट प्रयास गरेको छु। मैले जानेको अनि बुझेको ‘ऋतु’लाई दिएको छु। राम्रो चलचित्र बनाउनलाई सबैको सहकार्य हुन जरुरी छ। निर्माता एक्लैले सक्दैन। खास अर्थमा निर्माता हुन धेरै गाह्रो छ। ‘ऋतु’ लेख्ने सन्दिप बादललाई पनि धेरै धन्यवाद। आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस् र अपिल विष्ट फिल्म प्रोडक्सनका साथीहरूलाई पनि धन्यवाद।

     

    * तपाईँ आफैँ पनि चलचित्र "राघव" सँगै निर्माता बन्नु भएको छ ? दर्शकले कहिले हेर्न पाउँछन् तपाईँको सिनेमा ?

    - हो राघव सँगै म निर्माता भएको छु । अब करीअरमा ग्रोथ पनि हुनुपर्छ र नयाँ टीम सँग नयाँ गर्ने सोच पनि । मलाई कथा मान पर्‍यो अनि निर्देशक भट्टराई को काम ले पनि प्रभाभित थिय. तेही अनुरूप राघव बनाए जस्को निर्देशन् भुपेन्द्र भट्टराईले गर्नुभएको छ र यस्तो अधिकांश छायाँकन USA मा भएको छ। अप्रिल २५ मा हामी नेपाल अष्ट्रेलिया लगायत अरू देशहरूमा रिलिज गर्दैछौ । देश बाहिर पनि प्रतिभासाली कलाकार अनि निर्देशक हुनु हुन्छ अनि राघव जस्ती चलचित्र ले उहा हरू लाई चलचित्र प्रेमी दर्शक हरू माझ पुर्याउने जमर्को गर्छ । वैशाख १२ गते हामीले राखेका छौ राघव को रिलिज डेट छ ।

    * राघव मा अभिनय किन नगर्नुभएको ?

    - राघव मा मेरो आबश्यक्ता कलाकारको हिसाबमा पटकै थिएन । अमेरिका कै पात्रको कथा । अमेरिका बुझेको अनि भोगेको मान्छे चहिने सबै कलाकार यतैको हुनुहुन्छ । फेरी आफूले निर्माण गर्दैमा आँफै खेल्नु पर्छ भन्ने जरुरी छैन । चाहनाले माग्नु भन्दा पनि कथा र डिरेक्टरको सोचले माग्नु पर्‍यो । सायद् नसुहाउने भएको भने निर्देशकले भन्थे होलान् ।

    * चलचित्र ‘ऋतु’ को बारे मा थप केही भनी दिनुस न ?

    -‘ऋतु’ हाम्रो जीवनमा हुने परिवर्तनको प्रतिबिम्ब हो। सम्बन्धमा हुने घाम र पानीको कथा हो। मायामा हुने उतार-चढावको यात्रा हो ‘ऋतु’। यसमा तपाईँले जिएको र कल्पेको प्रसङ्ग छ। तपाईँ नै हुनु हुन्छ एक अर्थमा कथाको परिवेश र पात्रमा। मिठो प्रेम कथा अनि उत्कृष्ट गीत-सङ्गीत अनि तपाईँकै साथी-भाइको कथा जस्तो लाग्छ। हामी चलचित्र विविध कारणले हेर्छौँ। यसका साथै विदेशमा भईकन पनि घाटामा गइरहेको चलचित्र उद्योगलाई केही गरौँ भन्ने भावनाका साथ अष्ट्रेलिया अनि नेपाल साथै युएसएका साथीहरूले एउटा आँट गर्नुभयो। त्यही आँटलाई साथ दिनको लागि, हौसला दिनको लागि हेर्नु पर्छ जस्तो लाग्छ। त्यस बाहेक राम्रो चलचित्रमा हुने सबै गुण छन् ‘ऋतु’मा। एउटा सुन्दर प्रयास हो नयाँ पिँढीको यो चलचित्र।

    * चलचित्र 'ऋृतु' र 'राघव' लाई दर्शकले किन हेर्ने ?

    - ऋृतु अनि राघव दुवै नयाँ पिडीले नयाँ सोच अनि नयाँ दृष्‍टिका साथ बनाएको चलचित्र हो । चलचित्र उद्योग अलि अस्त बय्स्त भएको बेलामा नयाँ पिडी देश बाहिर नयाँ केही गर्न खोज्दै छन् भने त्यो आँफैमा राम्रो प्रयास हो । त्यो प्रयासको लागि पनि चलचित्र हेर्न जरुरी छ । त्यो बाहेक कथा बस्तु गीत सङ्गीत अनि प्रोमोमा समेत मेहनत देखिन्छ । यी चलचित्रको व्यापारले भोलि देश बाहिर रहेर नेपाली फिल्महरु निर्माण गर्ने जमातलाई एउटा ऊर्ज दिन्छ, दृष्‍टि दिन्छ, सबै भन्दा ठुलो कुरा एउटा करण दिन्छ चलचित्र बनाउने । अनि उद्योग उथ्थानको लागि यो एकदम महत्वपूर्ण छ । यसको बाबजुत मलाई मनपराउनु हुन्छ अनि मेरो काम र प्रयास मन परेको छ भने त हेर्नै पर्छ ऋृतु र राघव ।

    * अन्त्यमा,दर्शकको लागि तपाईँका केही भनाई ?

    - म कृतज्ञ छु दर्शकको माया र साथको लागि। केही समयको अन्तरालमा फागुन २३ गते मेरो चलचित्र ‘ऋतु’ आउँदै छ। साँचो अर्थमा राम्रो बनेको छ चलचित्र ‘ऋतु’। आशा छ मन पराउनुहुनेछ। तपाईँको साथले मलाई मात्रै होइन ‘ऋतु’ बनाउने सबै नयाँ सोच, जोसलाई हौसला मिल्नेछ। राम्रो प्रयासलाई तपाईँको हौसलाको आवश्यकता छ। तपाईँको माया बिना हामी र हाम्रो उदयोग केही छैन। तपाईँहरू सबैलाई मेरो माया र शुभ-कामना छ। र साथसाथै विकास जी

    पनि धन्यबाद !




     


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters